AnonymousUser

Logout

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी घट्यो

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कर्णालीमा ३११ सहकारी, पुँजी १५ अर्ब

सहकारीको शेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख छ। सहकारीबाट एक हजार ५०० जनशक्तिले रोजगारी प्राप्त गरेका छन्।

नवलपरासी पूर्वमा ९३ प्रतिशत धान रोपाइँ

जिल्लाको १८ हजार ७१६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार ४०५ हेक्टरमा रोपाइँ सकिएको छ।

झापाको हल्दिबारीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु

हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

गोली लागेका रेगन, गोली लागेका ट्रम्प

रेगनको रंगभेदी अडियो सार्वजनिक भएपछि रेगनकी छोरी पट्टी डेभिसले वासिङ्टन पोस्टका लागि लेख लेखेकी थिइन्, “तपाईंहरूले मेरो बुवालाई क्षमा गरिदिनुहुन्छ भन्ने आशा छ। उहाँले एकदम गलत बोल्नुभयो।”

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, आइतबार भोटो देखाइने

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि शुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ। मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

पर्व

तानियो रातो मत्स्येन्द्रनाथको रथ

रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जाउलाखेल लगिएको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ। काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्राका रूपमा मानिने यो रथ जात्रा करिब १६ सय वर्षअघि शुरू भएको मानिन्छ। रातो मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

डडेलधुरामा वयस्क चितुवा मृत फेला

अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ। 

एमाले सचिवालय बैठक : उपाध्यक्षमा गुरु बराल मनोनीत, नेताहरूको जिम्मेवारी हेरफेर

एमालेको बिहीबारको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी दिएको छ। 

‘सिक्टर ग्रिनिङ भाइरस’बाट बचेका सुन्तलामा कत्लेकीराको प्रकोप

‘सिक्टर ग्रिनिङ भाइरस’बाट बचेका सुन्तलामा असिनालगायत प्राकृतिक विपद् तथा जंगली जनावरको आतंक झेल्दै आएका किसानले यस वर्ष पहिलोपटक कत्लेकीराको प्रकोप बेहोर्नुपरेको छ।

जेठ २८ गतेयता बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो, ४७ जना बेपत्ता

बाढी–पहिरोलगायत विपद्‍का घटनाबाट चार हजार ११२ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

हातले टेकेर तीन वटा विमान तान्दै बनाए कीर्तिमान

सानैदेखि खेलकुदमा सक्रिय उनले ढाडको चोटका कारण २४ वर्षको उमेरमा खेल्न छाडिसकेका थिए। डाक्टरले पनि आराम गरेर बस्न सल्लाह दिएका थिए।

चीनमा भारी वर्षाले निम्त्याएको विपद‍्बाट ३० जनाको मृत्यु, ३५ बेपत्ता

भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएका छन्।

मापदण्ड पुगेका नर्सिङ कलेजलाई सञ्चालन स्वीकृत दिन संसदीय समितिको निर्देशन

शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले कानूनी मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन निर्देशन दिएको छ।

‘एक प्रदेश, एक मेडिकल कलेज’ योजनाः बन्ने सुरसारै छैन, ६ वर्षदेखि आयोजना कार्यालयमा लगातार खर्च

​​​​​​​२०८० सम्म प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्ने लक्ष्यसहित सरकारले बजेट छुट्याउन थालेको ७ वर्ष बित्यो। डा. गोविन्द केसीसँग गरेको सम्झौताअनुसार ल्याइएको योजना अघि बढ्ने सुरसारै देखिन्न।

सिधाकुरा डटकमको विवादमा १५ दिनभित्र बहस नोट पेश गर्न आदेश, भदौ ६ गते निर्णय सुनाउने

सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा भदौ ६ गते निर्णय सुनाउने भएको छ।

ललितपुर महानगर

सातदोबाटोका अवैध टहरामा डोजर

ललितपुर महानगरपालिकाले सातदोबाटोस्थित चक्रपथ छेउमा रहेका टहरामा डोजर चलाएको छ। महानगर प्रहरी बलले बिहीबार बिहान सो क्षेत्रमा रहेका नक्सापास नभएका तीनवटा टहरा भत्काएको हो। तस्वीर: नेपाल फोटो लाइब्रेरी 

७ महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

पर्यटन बोर्डका अनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन्।

किर्ते दस्तखत गरी रकम झिकेको आरोपमा विद्यालय सहयोगी पक्राउ

प्रहरीका अनुसार बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गतेयता एक वर्षमा २० पटक किर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ।