पर्वत अस्पतालसँगै निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा पनि डेंगीका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन्।
श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५.२९ अंकले घटेर २७५५.६२ मा सीमित भएको छ।
प्रदर्शनका क्रममा उनीहरूले ‘सहकारीले दुःखको कमाइ लुटिदिँदा जिन्दगी नै अप्ठ्यारो भयो, ओखती र खाना खान नपाएर बाँच्नै गाह्रो भो’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।
नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीका संस्थापक ‘लक–इन’ खुलेलगत्तै शेयर बेचेर बाहिरिन्छन्। मेन्छियाम हाइड्रोपावरका अध्यक्षसमेत रहेका उर्जामन्त्री दीपक खड्काले त लक–इन अवधि छँदै त्यस्तो प्रयास गरेका थिए।
तत्कालीन माओवादीबाट लडेका बहिर्गमित लडाकुलाई द्वन्द्व प्रभावितका रूपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमति भएको छ।
अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो।
बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ४९ हजार ४०० निर्धारण भएको छ।
यसवर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ।
म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा ५० करोड रुपैयाँ लागतमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरिएको छ।
प्रिन्ससँगै जारी ओलम्पिकमा ६ खेलाडीको चुनौती समाप्त भएको छ। टेबलटेनिसका श्यान्टु श्रेष्ठ, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, जुडोकी मनीता श्रेष्ठ प्रधान तथा सुटिङकी सुस्मिता नेपाल बाहिरिइसकेका छन्।
भाँडा माझेर गुजारा गर्ने आमाको छोरा मोदी राजनीतिको शिखर चढेपछि धनाढ्यको सम्पत्ति बढाउन योगदान गर्छन्। सर्वहारा वर्गको उत्थानका लागि सशस्त्र विद्रोह गरेका प्रचण्ड सत्ता पाएपछि ठेकेदार पोस्छन्।
नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।
दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १४५ जनाको मृत्यु भएको छ।
झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको हो।
निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ।
छैटाैँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजतसहित दोस्रो भई स्वदेश फर्किएका नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकको निर्णय एवं सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेशप्रमुख नियुक्त गरेका हुन्।
दमौली सबस्टेसन निर्माणको सम्झाैता भएसँगै तीन वटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।