AnonymousUser

Logout

किन अनिश्चित भयो प्रिमियम मूल्यको आईपीओ निष्कासन?

कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई पनि महँगोमा आईपीओ निष्कासन गर्न दिएको भन्दै सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि रोकिएको प्रिमियममा आईपीओ निष्कासन अनिश्चित बनेको छ।

भूमिसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन्।

रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा लामिछानेलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो।

कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

नेता कोइरालाको निजी सचिवालयका अनुसार मार्टिनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए।

सामान्य बढ्यो शेयरबजार, ५ अर्ब ८२ करोडको कारोबार

आज नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार ५९५.९६ को बिन्दुमा कायम भएको छ।

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा भएन सुनुवाइ

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिप्रसाद फुयालले उक्त मुद्दा आफूले हेर्न नमिल्ने भनेर घोषणा गरेपछि आजका लागि तोकिएको सुनुवाइ हुन नसकेको हो।

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

वि.स. २०३७ सालमा निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार पनि जीर्ण भएको छ।

कर्णालीमा उत्पादित  महको बजारीकरण गर्न  मेला

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ।

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

आगलागीबाट करिब ५० करोड रुपैयाँ बराबर क्षति भएको र २९ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

तान्जानियामा मारबर्ग भाइरसका कारण ८ जनाको मृत्यु

डब्लूएचओले तान्जानियाका छिमेकी देशलाई सतर्क रहन र सम्भावित संक्रमणको व्यवस्थापनका लागि तयार रहनसमेत आग्रह गरेको छ।

प्रतितोला १ लाख ५५ हजार ४०० पुग्यो सुनको मूल्य

नेपाली बजारमा छापावाल सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बेलायतको राजनीतिमा एलोन मस्कको चर्चा

बेलायतमा यौन दुर्व्यवहार र बलात्कारका ठूला काण्डमध्येका यी श्रृंखलाबद्ध घटनालाई सामसुम पार्ने प्रयास भएको थियो। तर मस्कले संकेत गरेजस्तो यो मुद्दा विगतमा नउठेको होइन।

संसद् अधिवेशन बोलाउन सरकारलाई संयुक्त दबाब दिने प्रतिपक्षी दलको निर्णय

सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्नेसमेत निर्णय भएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ। सडकमा सवारीसाधन कम चलेका छन्। ज्यालादारी काम गर्ने बढी मारमा परेका छन्।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

राष्ट्रपति युनले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए। तर यसको विरोध भएपछि केही घण्टापछि फिर्ता लिएका थिए।

भूकम्प सुरक्षा दिवस: पूर्वतयारीका लागि संकल्प जरुरी

भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने विज्ञले बताएका छन्।

सैद्धान्तिक महासंकटमा महासचिव शंकर

जबजले नेपाली सापेक्षतामा अनेक पार्टीको अस्तित्वलाई स्वाभाविक ठानेको छ। जबजका अभियन्ताका रूपमा परिचित शंकर पोखरेल भने पश्चिमा देशको उदाहरण दिँदै दुई दलीय व्यवस्थाको वकालत गरिरहेका छन्। 

सुनसरीमा कार दुर्घटना, उच्च अदालत पाटनका न्यायाधीश रेग्मीसहित २ जना घाइते

बराहक्षेत्र नगरपालिका–३ मा भएको दुर्घटनामा न्यायाधीश नारायणप्रसाद रेग्मी र कारमा सवार मोरङ विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

स्वास्थ्य बीमाका लागि अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

स्वास्थ्य बीमा ऐन, २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले हरेक तहमा कम्तीमा एउटा सेवाप्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।