सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ लिइएको ऋण अनुदानमा परिणत गरिदिन चिनियाँ पक्षलाई पत्रमार्फत आग्रह गरेको छ।
राष्ट्रियसभाबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक बिनासंशोधन पारित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितका लागि समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरे।
सर्वोच्च अदालतले प्रहरी अधिकृतहरूलाई ३० वर्षे सेवाअवधिका आधारमा अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उद्योगमा बिजुली नकाटी डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम एक रुपैयाँ पनि नछाडी उठाउने बताएका छन्।
बांग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्तालाई आवश्यक सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताए।
डिभिजन वन कार्यालय पर्वतका अनुसार एक वर्षको अवधिमा सात वटा चितुवा मृत अवस्थामा भेटिएका छन्।
नेपालगन्ज रंगशालामा निर्माण गरेको एक महिना नबित्दै ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठित उपसमितिले काम थालेको छ।
बिहीबारको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसबीएल डिवेन्चरमा नकारात्मक सर्किट लागेको छ।
राष्ट्रियसभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ।
इन्द्रावती नदीले तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ। डाँडाको माथिल्लो भाग खसे नदी थुनिन सक्ने र यसले ठूलो क्षति पुर्याउने भन्दै स्थानीय त्रसित छन्।
डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ।
श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ। पर्यटकलाई आकर्षण गर्नका लागि पनि यस्तो नियम लगाइएको हो।
अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा बुधबार दिउँसो विस्फोट भएको थियो।
निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको छ। वर्षा नरोकिएकाले व्यवस्थापनमा समस्या भएको छ।
गोठमा बाँधेको भैँसी घाइते र भैँसी नजिकै बाघ मृतअवस्थामा फेला परेको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
गाउँलेहरूले वर्षौंदेखि कालेखोलामा झोलुंगे पुलको माग गर्दै सरकारी निकाय गुहारेको भए पनि त्यसको सुनुवाइ हुन सकेको छैन।
देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आसपासमा वैकल्पिक सडक नहुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।
बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरमा अवैध रूपमा उत्खनन गरी बालुवा तथा ढुंगा संकलन गर्नेलाई कारबाही गर्न थालेको छ।
गिरिका अनुसार नेपालमा समाजवादको निर्माणका लागि नयाँ आधार निर्माण गर्नु आवश्यक छ। गाउँलाई केन्द्र नबनाई नेपालमा कुनै पनि स्वतन्त्र, समतामूलक र समाजवादी समाज बनाउन सकिँदैन।