सार्वजनिक बाटोमा दाहाल परिवारले कब्जा जमाएपछि तीनै तहका अदालतबाट खुला गर्न आदेश आयो। गत वर्ष वडाले डोजर पनि चलायो, तर अझै अवरोध हटेको छैन।
सरकारले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ।
ऐतिहासिक ग्यालरी कक्षमा द्रव्य शाह, पृथ्वीनारायण शाह, सुरप्रताप शाहदेखि राणाकालीन समयमा प्रयोग भएका हातहतियार प्रदर्शनीमा राखिएको छ।
बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष धनबहादुर लामा ११ वर्षसम्म भक्तपुर–नगरकोट सडक निर्माणका नाममा जनताले धेरै दुःख झेलेकाले सैलुङ कन्स्ट्रक्सनसँगको सम्झौता रद्द हुँदा खुशी हुनुपर्ने बेला आएको बताउँछन्।
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापकीय पक्षलाई सबल बनाउन नयाँ ऐन आवश्यक भएको बताएका छन्।
अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रुसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ देखिएको युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सीले जनाएको छ।
आपराधिक गतिविधि गर्नेदेखि काठमाडौँलाई प्रस्थान बिन्दु बनाएर युरोप जानेसमेत सहजै नेपाल आइरहेका छन्। यही कारण अध्यागमन विभागले अन–अराइभल भिसा रोक्न १० वर्षअघि नै गरेको प्रस्ताव किन अघि बढाइएन?
आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिक परिचालन गर्ने तयारी भइरहेको अधिकारीले बताएका छन्।
यू१९ टोलीकी कप्तान पूजा महतोले विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाइन्। टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ।
सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागत स्थानबाट व्यापारी गुल्मीका बगैँचामा नै पुग्ने गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ।
हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन्।
लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेको छ। तर शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुन सकेको छैन।
स्पेनीस सुपरकप बार्सिलोनाले कीर्तिमानी १४ पटक र रियल मड्रिडले १३ पटक जितेका छन्।
गृहिणीका घरेलु कामलाई न त आर्थिक रूपमा मूल्यांकन गरिएको छ, न त औपचारिक रूपमा अभिलेख गरिएको छ। यसलाई हाम्रो घर र समाजले मात्र होइन, विश्व अर्थतन्त्रले समेत काम मानेको छैन।
सम्झौताअनुसार अस्पताल भवन निर्माणको म्याद २०८० पुसमा नै सकिएको हो। म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि मंसिरमा सकिएको छ।
दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ।
पूर्वगृहमन्त्री रवि लामिछाने सूर्यदर्शन सहकारी ठगी मुद्दामा अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने शर्तमा हिरासतमुक्त भएका छन्।
अदालतले सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ‘अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएको’ उल्लेख गर्दै ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।