AnonymousUser

Logout

अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापन गर्न सकस

विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले प्रक्रिया थालेपछि मूल्यका विषयमा विवाद सिर्जना भएको छ।

श्रीलंकामा आर्थिक मन्दीपछि पहिलोपटक राष्ट्रपतिका लागि मतदान जारी

श्रीलंकामा एक करोड ७० लाखभन्दा बढी मतदाता रहेका छन्। मतदान केन्द्र तथा गणना केन्द्रको सुरक्षाका लागि ६३ हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ।

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो। 

घटस्थापनाभन्दा अगाडि सडक मर्मत गरिसक्न निर्देशन

सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापनाभन्दा अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न विभागलाई निर्देशन दिएको छ।

बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु

शुक्रबार राति आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा बागलुङ निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनवलमा डेढ करोडभन्दा बढी लागतको पशु अस्पताल प्रयोगविहीन

ठेकेदारले काम सम्पन्न गरेर दुई वर्षअघि नै नगरपालिकालाई हस्तान्तरण गरेका थिए। अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेका छन्।

हेटौँडामा ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो। 

दक्षिण अफ्रिकामाथि आफगानिस्तानको ऐतिहासिक जित

शारजाहमा ३१२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अलआउट भएको थियो।

मेची भन्सारबाट ५२ प्रतिशतले बढ्यो चिया निर्यात

साउन र भदौमा एक अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।

बाल्नुपर्छ चाणक्यको सो बत्ती

आर्थिक अनुशासनले पैसाको सदुपयोग मात्र बुझाउँदैन, समग्रमा व्यक्तिको नैतिक मूल्य र जिम्मेवारी पनि जनाउँछ। यसले कुनै पनि समाज वा संस्थाको स्थिरता र समृद्धि कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।

बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   

पर्व

सन्ध्याकाल झलमल्ल धरहरा परिसर\r\n

९ वर्षपछि सर्वसाधारणका लागि पुनः खुलेको धरहरा चढ्नका लागि यति बेला सर्वसाधारणको भिड लागिरहेको छ। धरहरा हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो। धरहरा चढ्नका लागि अनलाइनबाट बुकिङ गरी चढेन सकिन्छ। शुक्रबार सन्ध्याकालमा वरिपरि बालिएको बत्तीले मनमोहक धरहरा परिसरको दृश्य। तस्वीरहरू– नेपाल फोटो लाइब्रेरी

यसपालिको दशैँ टीकाको साइत बिहान ११ः३६ बजे

पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ।

राष्ट्रिय सुरक्षामा ‘खतरा’ रहेको भन्दै युक्रेनी अधिकारीलाई टेलिग्राम चलाउन रोक

युक्रेनले राष्ट्रिय सुरक्षाका लागि ‘खतरा’ रहेको भन्दै सरकारी, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ।

संयुक्त अभ्यास गर्न सेनाको टोली चीन प्रस्थान

चीनको जनमुक्ति सेनाका फौजसँग सञ्चालन हुने अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’मा सहभागी हुन नेपाली सेनाको टोली चीन प्रस्थान गरेको छ।

सिरहाका स्थानीय तहविरुद्ध २ महिनामा २७० भ्रष्टाचारका उजुरी

चालु आर्थिक वर्षको दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी परेका छन्।

साताभर मनसुनी वायुको प्रभाव, पाकेको धानलाई असर पार्न सक्ने 

मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। 

उकालो साप्ताहिक ब्रिफिङ: तारागाउँ जग्गा प्रकरण, रविको ‘क्लिन–चिट’ किस्सा

यो साता उकालोमा रविले ‘क्लिन चिट’ पाए कि अनुसन्धानमा तानिए?, उपराष्ट्रपति कार्यालयका फुर्सदिला कर्मचारी, मानव अधिकार आयोगले लुकाइरहेको प्रतिवेदन, किन रोकियो टेरामक्स प्रकरण? लगायतका खबर चर्चामा रहे।

यस्तो छ सहकारीबारे संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

सहकारी संस्थाबाट गोर्खा मिडियाका अध्यक्ष जीबी राई र उनका आफन्तको नाममा सहकारी कानून विपरीत ऋण तथा पेस्की गरी दुई अर्ब ५८ करोड बराबरको रकम पठाइ अपचलन भएको प्रतिवेदनमा उल्लेख छ।

म्यानमारमा बाढीबाट २९३ व्यक्तिको मृत्यु, ८९ जना बेपत्ता

बाढी कारण आवासविहीन भएका ४७ हजार १९ घरपरिवारका एक लाख ६१ हजार ५९२ मानिसहरूले ४२५ राहत शिविरमा आश्रय लिइरहेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।