प्रतिपक्ष दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन्।
डिसेम्बरमा अवैधानिक रूपमा क्यानडा र मेक्सिकोबाट भागेर अमेरिका पुगेका भुटानीका कारण अमेरिकाले आफ्नो ट्राभल–एडभाइजरी नवीकरण गर्दै भुटानलाई रेड–लिस्टमा राखेको छ।
आगलागीमा फसेका तीन महिला र आठ पुरुषको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आगो निभाउने प्रयास जारी छ।
माओवादीका सांसद शक्ति बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं बिचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए।
‘मलाई यो आन्दोलनको नेतृत्व गरिदेऊ भनेर राजाले भनेको होइन। विभिन्न पार्टी, राजा चाहिनेवाला संघसंगठन सबैले भनेका कारण म स्विकार्य व्यक्तिको रूपमा आएको हुँ। तर एकदुई जनाले विवाद निकालिदिए।’
इटहरीको मुख्यचोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान नौ बजेदेखि आगलागी भइरहेको छ।
पाँचथरको तुम्बेवा र तेह्रथुमको छथर गाउँपालिकाबीचमा रहेको हाक्पाराघाट पुल सम्पन्न भएमा सिधुवा–शुक्रबारे–फाक्चामारा–हाक्पाराघाट सडक तमोर करिडोरमा जोडिनेछ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन्।
पन्जाबका कप्तान श्रेयस ऐरले अविजित ९७ रन बनाए। ऐरले ४२ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए।
चीनका अन्तिम सम्राट पुयीलाई १० वर्ष जेल हालेपछि उनकै पुरानो दरबार नजिकको बगैँचामा माली बनाइयो। बाँकी जीवन मालीकै काम गरेर बिताए।
छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा ५ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
एएफसी एशियन कप छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।
प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ।
बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
दलहरूबीच सहमति नजुट्दा मधेश प्रदेशसभा बैठक अनिश्चित बनेको छ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडकमर्मत नहुँदा स्थानीय र पर्यटकलाई समस्या भएको छ।
प्राविधिक र व्यवस्थापकको रूपमा हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणभित्र कुलमान घिसिङभन्दा कमसल ठानिँदैनन्। तर सरकारको विवेकरहित र जनभावना विपरीतको निर्णयले शाक्य जनताको नजरमा खलनायक हुने खतरा छ।
अख्तियारले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध ६ लाख ४४ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
भारतले आयात हुने सामान बीआईएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनको निर्यात अवरुद्ध भएको छ।