इजरायल–इरानबीचको युद्ध रोकिए पनि पूर्णरूपमा जोखिम टरेको छैन। छिमेकी देशसँग इजरायलको शत्रुतापूर्ण सम्बन्ध भएकाले युद्ध कहिले भड्कन्छ थाहा हुन्न। तर त्यहाँका नेपाली युद्धकै अवस्थामा पनि फर्कन चाहँदैनन्।
कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईंलाई महिनावारी भएको समयमा आँगन छेउमा रहेको गोठमा सुतिरहेको बेला सर्पले टोकेको थियो ।
स्थानीय राजस्व परामर्श समितिको बैठकले आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरेको छ। आलु बिक्रीका लागि असार १८ गतेदेखि सुपथ मूल्यको पसल सञ्चालनमा लाइएको छ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन्। दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन्।
विद्यमान निराशा ठूलो समस्या होइन। निराशा पोखिरहने तर त्यसलाई चिर्न केही नगर्ने नागरिक निष्क्रियता बरु ठूलो समस्या हो।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
शनिबार साँझ नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा उनको निधन भएको हो।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत ढुंगा र माटोले बनेका घरहरूको मौलिकता जोगाउन अब भित्ता सेतो तथा छत, झ्याल र ढोका कालो हुनुपर्ने मापदण्ड तोकेको छ।
बाढी र पहिरोका कारण पाँच राजमार्ग अवरुद्ध भएका छन् भने केही स्थानमा यातायात आंशिक रूपमा मात्र सञ्चालनमा आएका छन्।
‘संगीत प्रवर्द्धन भनेको गरिखाने कुरा पनि हो। मनोविनोद वा गसिप मात्रै होइन। जस्तो, मैले सारंगीका भरमा गरिखाएको छु। हामीले हाम्रो माटोमा सिकेका र सिर्जना गरेका कुराबाट गरिखान सिक्नुपर्छ।’
चन्द्रागिरिका वडा नं १, २ र ३ अव्यवस्थित विकास निर्माणका कारण यस वर्ष पनि पहिरोको उच्च जोखिममा छन्।
उप्रेतीले किताबमा नेपाली आप्रवासन प्रणालीमा महिलाहरूलाई कसरी जानाजानी अदृश्य बनाइन्छ भनी उनीहरूलाई नियमन गर्न राज्यले प्रयोग गर्ने पितृसत्तात्मक र संरक्षणवादी तर्कहरूको विश्लेषण गरेर देखाउँछिन्।
मधेश प्रदेशसभाको बैठक बजेट छानबिन कार्यदलमा मन्त्रीको नाम राखिएको भन्दै प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ।
एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले उडानकै क्रममा दुवै इन्जिनको इन्धन आपूर्ति बन्द भएको खुलासा गरेको छ।
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको भन्दै टानले चीन सरकारसँग कूटनीतिक पहल गरी अन्य नाकाबाट यात्रा सहज बनाउन माग गरेको छ।
नेपालको एक मात्र रात्रिकालीन दौड ‘नेपालगन्ज नाइट रन’ एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एन्ड डिस्टेन्स रेसमा औपचारिक रूपमा आबद्ध भएको छ।
युरोपमा गएर धन कमाएको देख्नेहरूले त्यहाँका सडकमा भौँतारिएका हजारौँ सञ्जय अनि आफ्नो पहिचान र स्वाभिमान लुकाएर बसेका लाखौँ गैरकानूनी आप्रवासीको दुःख देखेनन् वा अनदेखा गर्दै थिए, खुट्ट्याउन सकिनँ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो। बाँकी बेपत्ता छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।
धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको जिप शनिबार बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ।