AnonymousUser

Logout

धर्म निरपेक्षतामाथि प्रहार र कारण

संविधानको ‘धर्म निरपेक्ष’ प्रावधानउपर हुँदै गरेका प्रहार धार्मिक आस्थाको कारणले नभएर तात्कालिक राजनीतिक लालचले भएको हो।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको हो।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

पाकिस्तानमा मनसुनी विपद‍्बाट १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

पाकिस्तानमा जुनको अन्त्यदेखि शुरू भएको मनसुनका कारण देशभर ५३ जना बालबालिकासहित १११ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले जनाएको छ।

मधेश प्रदेशसभाबाट प्रतिपक्षी दलको बहिष्कारबीच बजेट पारित

प्रतिपक्षी दलको बहिष्कारबीच मधेश प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ।

काम नसकिँदै सकियो मुग्लिन–पोखरा सडकको पूर्वी खण्डको तेस्रो म्याद

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले कालोपत्रेबाहेकका काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरेको छ।

दाङस्थित बबई नदीमा बगेर २ किशोरको मृत्यु

दाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा बगेर दुई किशोरको मृत्यु भएको छ।

कञ्चनजंगा पदमार्गको पुल बाढीले बगायो

पुल बगाएपछि तत्कालका लागि कञ्चनजंगा साउथ बेसक्याम्प जाने बाटो अवरुद्ध भएको छ।

सभामुखको मनमौजीः सांसदलाई दिइएको समय चिन्दैन नियमावलीले

भिजिट भिसा प्रकरणमा संसद्मा विरोध जनाइरहेका रास्वपा र राप्रपा सांसदलाई सभामुख देवराज घिमिरेले बैठकको शुरूमै बोल्न समय दिन्छन्। त्यसपछि अरू सांसदले पनि पाउने यो समय सभामुख आफैले सिर्जना गरेका हुन्।

सरकारको १ वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम?

सरकारको १ वर्षको अवधिमा अर्थतन्त्रका बृहत् सूचकमा सुधार देखिए पनि बजेट वक्तव्य र एनडेकका तथ्यले वित्तीय स्वास्थ्य, निजी लगानी, रोजगारी सिर्जना र पूर्वाधार निर्माणमा चुनौती यथावत् रहेको देखाएका छन्।

करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर रुकुम पश्चिम र नवलपरासीमा गरी दुई जनाको मृत्यु भएको छ।

चीनको निर्यात पूर्वानुमानभन्दा बढी, अमेरिकातर्फको व्यापारमा सुधार

कर घटाउने सम्झौता र व्यापार युद्धविरामपछि जुनमा चीनको अमेरिकातर्फ निर्यात पूर्वानुमानभन्दा बढी भयो। यद्यपि, विज्ञहरूले आगामी दिनमा निर्यात वृद्धि सुस्त हुने अनुमान गरेका छन्।

मौद्रिक नीतिपछिको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा उच्च गिरावट

सोमबार नेप्से परिसूचक ३५.०९ अंक अर्थात् १.२७ प्रतिशतले घटेर २७२५.७१ को विन्दुमा कायम भएको छ।

झ्याप्लेखोलामा यसरी हुँदै पहिरो रोकथाम (तस्वीरहरू)

नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत झ्याप्लेखोलामा गत वर्ष असोज १२ गते गएको पहिरोले पुर्‍याएको क्षतिपछि अहिले सडक पुनर्निर्माण र पहिरो रोकथामको काम सँगसँगै भइरहेको छ।

भारतमा आँप बोकेको लरी पल्टिँदा ९ जनाको मृत्यु, ११ घाइते

प्रहरीले ओभरलोडिङलाई दुर्घटनाको कारण बताएको छ भने चालकले विपरीत दिशाबाट आएको कारबाट जोगिन खोज्दा लरी अनियन्त्रित भएको बयान दिएका छन्।

गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण

प्रतिनिधिसभामा सांसदले गण्डक सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी उपलब्ध गराउन, सिँचाइको अभावले तराई/मधेशमा रोपाइँमा आएको कमी र खाद्य अभावको जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बाजुरामा बुढीगंगा नदीले बगाउँदा १ जनाको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिकास्थित बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ।

‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

ड्रोनको सहायताले १० किलोमिटर वनक्षेत्रको निगरानी सहजै गर्न सकिएको र वन संरक्षणमा ठूलो टेवा पुगेको वन अधिकृतको भनाइ छ।

पानीको हाहाकारले तिर्खाएको वीरगन्ज, के छ समाधान?

चापाकल छन्, पानी आउँदैन। महानगरले ट्यांकरबाट बाँड्छ, छिनाझपटी हुन्छ। डिप बोरिङबाट निकालिएको पानी पहुँचवालाले मात्र पाएको स्थानीय गुनासो गर्छन्। पानीको हाहाकार भइरहेको वीरगन्जमा के छ समाधान?

अल्काराजलाई हराउँदै यानिक सिनरले जिते विम्बल्डन उपाधि

इटालीका सिनरले स्पेनिस खेलाडी कार्लोस अल्काराजलाई हराउँदै पहिलो पटक विम्बल्डन उपाधि जितेका हुन्। यो हारसँगै अल्काराज विम्बल्डनमा उपाधि ह्याट्रिक गर्नबाट चुकेका छन्।