२००७ सालको क्रान्ति सफल भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ।
धरानका लागि दोर्जे तामाङ र विवेक राईले समान एक–एक गोल गरे। चर्च ब्वाइजका अनन्त तामाङले एक गोल फर्काए।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
कलिंगा विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण र त्यसपछि सिर्जित घटनाबारे सत्यतथ्य पत्ता लगाउन उडिसा राज्य सरकारले गृहविभागका अतिरिक्त मुख्यसचिवको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको छ।
प्रकृतिको न्यायका लागि उभिएका विद्यार्थीमाथि भएको दुर्व्यवहार, रातारात उनीहरूलाई घर फर्किन बाध्य पारिएको देख्दा आफूहरूलाई झन् पीडा भएको प्रकृतिका हजुरबुबा देवनाथ बताउँछन्।
काठमाडौँ महानगरले तयार पारेको टुँडिखेलको ‘मास्टर प्लान’ कार्यान्वयनमा गयो भने काठमाडौँवासीको फोक्सो मानिने अहिलेको टुँडिखेल यस्तै रहने छैन। किन ल्याइयो टुँडिखेललाई खण्डीकरणमा लैजाने यस्तो योजना?
सशस्त्र प्रहरीले संगठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेका १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ।
सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो। तर सांसदहरू हाजिर गर्नासाथ बाहिरिँदा जनप्रतिनिधिको न्यूनतम संख्या नपुगेर संसद् बैठक स्थगन हुनेक्रम बढ्दो छ।
मंगलबार नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को बिन्दुमा कायम भएको छ।
नेपाली विद्यार्थीको अवस्था बुझ्न र उनीहरूको सुरक्षाको वातावरण मिलाउन कलिंगा विश्वविद्यालयमा नेपाल प्रहरीको टोली पुगेको परराष्ट्रमन्त्रीको भनाइ छ।
सिरहाको नवराजपुरकी किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणबारे अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा जारी भएको स्कुल बस निर्देशिका २०७४ लाई पूर्ण पालना गराउन आग्रह गरेको छ।
सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका थिए।
भुवनेश्वरस्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विश्वविद्यालयले निस्कासन गरेका नेपाली विद्यार्थीलाई २४ घण्टा नबित्दै फिर्ता बोलाएको छ। तर विद्यार्थी अझै त्रसित छन्।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई दन्त उपहार प्रदान गर्ने भएको छ।
पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको विस्तृत विवरण संकलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ।
छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।