महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउनु राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने बताएका छन्।
सञ्चालक समितिमा रहेकै बेला एकाघर परिवारका सदस्यको नाममा रहेको सेयर किनबेच गरेको भेटिएपछि ज्ञानेन्द्रलाल प्रधान र गुरुप्रसाद न्यौपानेविरुद्ध सेबोनले कारबाही प्रक्रिया अघि बढाएको छ।
संघीय सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसक्दा दिगो विकास लक्ष्य हासिल हुनेगरी शिक्षाक्षेत्रको विकासमा काम गर्न कठिनाइ भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन्।
मलेसियाको सेलाङ्गोर राज्यमा गएको पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। ७० जनाको उद्धार गरिएको अग्नि तथा उद्धार विभागले जनाएको छ।
काभ्रेपलाञ्चोकको थानचोक गाउँपालिकास्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु तथा २१ जना घाइते भएको घटनाको इतिवृत्तिः
टीका प्रसाईंको गीत ‘आश छ र त’ सार्वजनिक भएको छ। प्रसाईंकै स्वरमा रहेको गीतको शब्द रचना र संगीत पनि उनी आफैँले गरेकी हुन्।
नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ शुरू भएको छ। अभ्यासमा विपद् व्यवस्थापन, उपचार, प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषय समावेश हुनेछन्।
संवैधानिक निकायका पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक परिषद्का सदस्यकै टुंगो नलाग्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश आउन ढिला हुने भएको छ।
धनुषाको छेडीपोखरीमा २००७ सालअगावै जंगल फडानी शुरू भएको थियो। फडानी नरोकिएपछि बस्ती उजाड मात्रै भएको छैन। स्थानीय विस्थापित नै भएका छन्।
भारतीय निर्देशक प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरीलगायतले अभिनय गरेका छन्।
संयुक्त राष्ट्रसंघले २०१९ पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई अंगीकृत गरेको थियो। सोही दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउने गरिएको छ।
करिब ४७ जिल्लामा क्रिकेट संघ गठन भएको छ। तर, कति जिल्लामा क्रिकेट भइरहेको छ भनेर क्यानले भन्न सक्ने स्थिति छ त? अलिअलि क्रिकेट हुने भनेको लुम्बिनीमा हो। अन्य प्रदेश र जिल्लामा क्रिकेट खेलाएको खै?
बागलुङमा सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ। तर, किसानले उचित बजार र मूल्य पाउन सकेका छैनन्।
जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् रुकुमपश्चिमको बाफिकोटस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोड्ने याेजना छ।
पाँचपोखरीमा भक्तजन र पर्यटकको संख्या बढेसँगै दुर्गन्ध पनि बढेको छ। त्यसैले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सफाइ अभियान सञ्चालन गरेको छ।
हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तिर्ण हुने गाडीलाई जरिबाना गर्ने वन तथा वातावरण विभागले जनाएकाे छ।
मलाई समाज र परिवारको अनावश्यक हस्तक्षेप स्वीकार्य छैन। मेरो जीवन मेरै मर्जी हो। मेरो जीवनमाथिको अनावश्यक चियोचर्चो बन्द गर।
शुक्रबार दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा प्रदेश–१ को पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
निगम व्यवस्थापन र क्याबिन क्रु संघबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनः सञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत रहेको छ।