AnonymousUser

Logout

बाजुरामा मतगणना रोकियो

बाजुरामा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ। 

दोलखामा माओवादी केन्द्रका कार्कीकाे अग्रता

दाेलाखामा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्। उनलाई एमालेका बालकृष्ण शिवाकाेटीले पछ्याइरहे्का छन्।

विश्वकप फुटबलः समूह चरणका अन्तिम ४ खेल हुँदै 

विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।

स्याङ्जा–२ मा धनराजको अग्रता कायमै

स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन्। एमालेका पद्माकुमारी अर्याल शुरूदेखिनै पछि परेकी छन्।

बेल्जियम र क्यानडा विश्वकपबाट बाहिरिए

बेल्जियम र क्यानडा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएका छन्।

स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

स्पेनमाथि सनसनीपूर्ण जित निकाल्दै जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

जर्मनी फिफा विश्वकपबाट बाहिएको छ। समूह चरणको अन्तिम खेलमा कोस्टारिकामाथि जित निकाले पनि समूहकै अर्काे खेलमा जापानले स्पेनलाई हराएपछि जर्मनी अभागी बनेको हो। 

किन सुस्तायो नेपालको निर्यात व्यापार?

आयात र निर्यातको खाडल बढ्दै जाँदा चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ४ खर्ब ७७ अर्ब पुगेको छ।

आज देशभरको माैसम सफा रहने

हाल पहाडी भेगमा आंशिक बदली रहे पनि उल्लेखनीय मौसमी प्रणाली नभएका कारण अधिकांश स्थानको मौसम सफा रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

नवलपरासीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।

२०७९ मंसिर १५, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

प्रचण्ड र गृहमन्त्रीसँग सीके राउतको भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री बालकृष्ण खाँणसँग सीके राउतले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई शुरूआती अग्रता

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डले अग्रता लिएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र र कैलालीको वन व्यापारीलाई सुम्पने निर्णय

संवेदनशील संरक्षित क्षेत्र र वनजंगलसमेत पहुँचवाला व्यापारीलाई सुम्पन राज्यसंयन्त्र कसरी लाग्छ भन्ने बुझ्न अन्त जानै पर्दैन, वन मन्त्रालयका सचिव पेम कँडेलले अवकाश पाउने दिन गरेका दुई निर्णय हेरे पुग्छ।

एकीकृत समाजवादी : नेता छन्, कार्यकर्ता छैनन्!

अध्यक्ष माधव नेपालसहित झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपानेजस्ता पाका र रामकुमारी झाँक्रीजस्ता युवा नेता भएको पार्टीको उम्मेदवार नभएका क्षेत्रमा समानुपातिक मत माग्ने कार्यकर्ता नै भएनन्।

सरकारमा ल्याउन साना दलहरू फकाउँदै देउवा

देउवाले बुधबार र बिहीबार मधेशकेन्द्रित दुईवटा दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् भने अन्य साना दलहरूसँग पनि संवाद बढाइरहेका छन्।

दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए। उनले ५० प्रतिशत मत खसेको जानकारी दिए।

यू-१९ : लुम्बिनीको चौथो जित

बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रदेश-१ लाई ६ विकेटले हराउँदै लगातार चौथो जित निकालेको छ।

११ महिनामा साढे ५ लाख विदेशी पर्यटकले नेपाल घुमे

पछिल्लो ११ महिनाको अवधिमा साढे ५ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।

पराजयको जिम्मा लिँदै मेक्सिकोका प्रशिक्षक मार्टिनोले दिए राजीनामा

मेक्सिको विश्वकपबाट बाहिरिएसँगै प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएका छन्।