AnonymousUser

Logout

बुधबार नेप्सेसँगै घट्यो कारोबार रकम

बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँबराबरको किनबेच भएको छ।

समर्थकको निशानामा फ्रान्सेली खेलाडी

कतारमा सम्पन्न विश्वकप फुटबलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि फ्रान्सेली खेलाडीमाथि रङ्गभेदी टीकाटिप्पणी भइरहेको छ।

रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिने बाटो खुला

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्न बाटो खुलेको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेरले राष्ट्रपतिबाट लिए शपथ

पशुपति शमशेर राणाले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्।

कसरी भयो नेपालको कृषि क्षेत्र नै बर्बाद पार्ने गरी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर?

मिथेन ग्यास उत्सर्जन घटाउने ‘क्लाइमेट एन्ड क्लिन एयर’ को प्रतिबद्धतामा नेपाल सहभागी भएपछि आगामी दिनमा कृषि र पशुपालन क्षेत्र बर्बादीतर्फ जाने विज्ञहरू बताउँछन्।

लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक पिटर नेपाल आइपुगे

नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक पिटर ट्रेगो बुधबार नेपाल आइपुगेका छन्।

अनामनगरको धोबीखोला किनारमा महानगरले चलायो डोजर

काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित धोबीखोला किनारका अतिक्रमित संरचना डोजर लगाएर भत्काएको छ।

पार्टीलाई व्यवधानमुक्त बनाउँछुः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले सबैको साथ लिएर पार्टीलाई अघि बढाउने बताएका छन्। 

मन्त्री नबन्ने गगनको घोषणा, कम मत पाएकोबारे समीक्षा गर्ने

गगन थापाले आफ्नो पराजयलाई शिक्षाका रूपमा ग्रहण गर्ने र दलको नेता बन्न संघर्ष गर्ने प्रतिक्रिया दिएका छन्।

६४ मत ल्याएर देउवा कांग्रेस दलको नेता निर्वाचित, गगनलाई २५ मत

बुधबार बिहान भएको निर्वाचनमा देउवाले गगन थापालाई पराजित गरेका हुन्। देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत मात्र पाए।

कांग्रेस संसदीय दलको निर्वाचन : मतदान सकियो, मतगणना शुरू हुँदै

कांग्रेस संसदीय दलको नेता छान्न बिहान ८ः३० मा शुरू भएको मतदान निर्धारित समयभित्रै सकिएको निर्वाचन समितिले जनाएको छ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी 

कांग्रेस संसदीय दलको नेता चयनका लागि बिहान ८ः३० बजेदेखि मतदान शुरू भएको छ।

२ नापी अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका दुई तत्कालीन नापी अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

देशभर चिसो बढ्यो, तराईमा बिहानैदेखि हुस्सु

देशका अधिकांश भागको तापक्रम घट्दै जाने हुँदा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

कठोर संविधान पाँचवर्षे सरकारको बाधक

हेर्दा जति नै उदार र लचिलो लागे पनि हाम्रो संविधान अति नै कठोर बनाइएको छ। र, संविधान र जनमतबाटै 'हङ पार्लियामेन्ट'को अवस्था सिर्जित भएको हो।

कांग्रेस संसदीय दलको निर्वाचन आज

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

बागमती प्रदेशमा दश प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७  महिला गरी कूल चार सय ८४ उम्मेदवारको धरौटी जफत भएको छ। 

के कांग्रेसमा पुस्तान्तरणको ढोका खुलेकै हो?

कांग्रेस संसदीय दलको नेतामा संस्थापनइतरबाट गगन थापा साझा उम्मेदवार बन्नु एउटा परिघटना मात्र हो। तर, यही एउटा घटनाले मुलुककै पुरानोमध्येको पार्टीमा पुस्तान्तरणको ढोका खुलेको चर्चा भइरहेको छ।

सामाजिक सुरक्षामा समेटिँदै अनौपचारिक, स्वरोजगार र बिदेसिएका श्रमिक

नयाँ योजना कार्यान्वयनमा आएसँगै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका करिब ८२ लाख श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिने आकलन गरिएको छ।

एमालेले भुल्नै नचाहेको पुस ५

नयाँ प्रतिनिधिसभा गठन हुने सुरसार भइरहँदा पनि एमालेले आफ्नो नेतृत्वको तत्कालीन सरकारले गरेको प्रतिनिधिसभा विघटनको औचित्य साबित गर्ने भरमग्दुर प्रयत्न गरिरहेको छ।