AnonymousUser

Logout

काठमाडौँको आकाशमा हुस्सु, बिहानैदेखि उडान अवरुद्ध

भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेपछि उडान तथा अवतरण हुन सकेको छैन।

काठमाडौँमा कौसी खेती र कृषिसहित दर्जन क्षेत्रमा उद्यमको सम्भावना

राष्ट्र बैंकको एक प्रतिवेदनले बागमती प्रदेशमा कृषिसँगै विद्युतीय साधनका ‘सर्भिस स्टेशन’ र ‘चार्जिङ स्टेशन’जस्ता सेवामूलक उद्यमको विस्तार तथा रोजगारीमा सम्भावना बढेको देखाएको छ।

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएसँगै नीजि अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ।

तराईमा बिहानैदेखि हुस्सु, पहाडमा पनि बदली हुने

हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

एकजना शिक्षकका भरमा विद्यालय    

वालिङ नगरपालिकाले अन्य शिक्षक नपठाउँदा सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय वर्षदिनयता एकजना शिक्षकका भरमा चलिरहेको छ।

अबको आवश्यकता : माओवादी दलहरूको एकता

दस वर्षे भूमिगत जीवन र सशस्त्र युद्धमा प्रचण्डले जसरी आफ्नो छुट्टै राजनीतिक छवि बनाएका थिए, संसदीयकालमा त्यसलाई माटोमा मिलाए।

ज्येष्ठ सदस्य राणाले सांसदलाई शपथ गराउँदै, शपथअघि सर्वदलीय बैठक

ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाका पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराउँदै छन्। सभामुख चयन नहुन्जेल संसद् बैठकसमेत उनैले सञ्चालन गर्नेछन्। 

आयल निगमले कुन आधारमा बढायो पेट्रोलियम ढुवानी भाडादर?

साबिकको ढुवानी भाडादरमा अहिले औसत आठ प्रतिशतले बढाएर लागू गरिए पनि व्यवसायी भने बढेको भाडादर अपुग रहेको बताइरहेका छन्।

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय प्रवेश निषेध, चौतर्फी विरोध

तालिबानी सरकार औपचारिक रूपमा स्थापित हुन चाहने हो भने महिलाको शिक्षासम्बन्धी नियममा सुधार ल्याउनुपर्ने पश्चिमा मुलुकहरूले बताएका छन्।

चार्ल्स शोभराजबारे पुस्तक लेखेका अनन्तराज लुइँटेल भन्छन् : उनी आफ्नै देश फर्कने सम्भावना छ

चार्ल्स शोभराज जुन ढंगले अन्तर्राष्ट्रियस्तरमा ‘सिरियल किलर’का रूपमा चिनिएका व्यक्ति हुन्। उनले जुन अपराध गरेको भनिएको छ, त्यसमा कहिल्यै साबित भएनन्।

रासायनिक मलको अनुदान कटौती गर्ने तयारी, किसानलाई दोब्बर भार पर्ने

कृषि मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्बाट निर्णय भए सरकारले मलमा गर्ने खर्च घट्ने छ तर कृषकले मल किन्न करिब दोब्बर रकम खर्चिनुपर्ने हुन्छ।

चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले १५ दिनभित्र शोभराजलाई आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश दिएको छ।

एमालेमा नयाँ विकासक्रम, दाहाललाई प्रधानमन्त्री स्वीकार्न ओलीलाई फकाउँदै नेताहरू

सत्ता गठबन्धन कायम रहन्छ कि रहन्न भन्ने अन्योल यथावत रहँदा ‘शान्त’ देखिएको एमालेभित्र गठबन्धन फुटाउन र माओवादीको नेतृत्वको सरकार स्वीकार गर्न ओलीलाई मनाउन नेताहरू सक्रिय बनेका छन्।

म्याकार्थीको कप्तानीमा विराटनगरको टोली घोषणा

विराटनगर सुपर किङ्समा म्याकार्थीबाहेक सिकन्दर राजा, गौरन्शु शर्मा, कियोन जोसेप, हुसेन टलट र राज रोक्की नानन विदेशी खेलाडी छन्।

म्यानपावर कम्पनीसँगै सरकार पनि गैरजिम्मेवार : फर्कन पाएनन् साउदी अरबमा फसेका नेपाली कामदार

साउदी अरब पुगेका कामदारले सम्झौतामा भनिएअनुसार तलब र सुविधा नदिएको तथा जोखिमको काममा लगाएको भन्दै उद्धार गर्न आग्रह गरे पनि म्यानपावर कम्पनी र रियादस्थित दूतावासले भाग्न सुझाव दिने गरेका छन्।

गाब्बाको पिचलाई औसतभन्दा कम रेटिङ

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट दुई दिनमै सकिएपछि आईसीसीले द गाब्बाको पिचलाई एक ‘डिमेरिट’ अंक दिएको छ।

संसद् अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने

राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ।

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर

लोसपा, नेपालले प्रतिनिधिसभा संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चयन गरेको छ।

अबको आवश्यकता : माओवादी एकता

अब माओवादीले आफूलाई सशक्त बनाउने हो र नम्बर एक पार्टी बनाउने हो भने २०६९ सम्मका सबै माओवादीलाई एकताबद्ध गरेर अगाडि नबढी सुखै छैन।

ट्विटरको प्रमुख कार्यकारीबाट राजीनामा दिने मस्कको घोषणा, को बन्ला नयाँ सीईओ?

एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिने घोषणा गरेसँगै नयाँ सीईओ को बन्ला भन्ने चर्चा भइरहेको छ।