चलचित्र ‘जात्रा’बाट दर्शकमा छाप छाडेका अभिनेता विपिन कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्। लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायत चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।
सुनको मूल्यमा सोमबार फेरबदल भएन। मंगलबार प्रतितोला एक लाख चार हजार रुपैयाँ कायम भएको छ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहमा महामन्त्रीसमेत रहेका सांसद् गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाउने समझदारी जुटेको छ।
निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ।
संसद् सचिवालयले राप्रपाका पशुपतिशमशेर राणालाई प्रतिनिधिसभाको ज्येष्ठ सदस्य ठहर गरेको छ।
धानबाली लगाउने समय असार–साउनदेखि नपाइएको मल हिउँदे बाली लगाउँदा पनि आइपुग्दैन। मल ल्याउने कबुल गरेर ठेक्का पाएका कम्पनीले आयातै गर्दैनन्। किन किसानले वर्षौंदेखि मलको हाहाकार भोग्दैछन्?
कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो दुईदेखि तीनबजेसम्मको समय तोकिएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट–१ का किसानले परम्परागत खाद्यबाली छाडेर काँक्रोखेती गर्न थालेका छन्। उनीहरूलाई गाउँपालिकाले पनि सहयोग गरिरहेको छ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्।
एकै समयमा धेरैले राहदानीको ‘अपोइन्टमेन्ट डेट’ माग गर्दा सर्भरमा चाप देखिएपछि राहदानी विभागले समय परिवर्तन गरेको छ।
जलवायु परिवर्तनका असरहरू विश्वव्यापी रूपमै परिरहेका छन् तर यसबारे जति संवेदनशीलता देखिनुपर्ने हो, त्यति देखिएको छैन।
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
कोइराला समूहको भेलामा उपस्थित सांसदहरूले नेता शेखर कोइराला र गगन थापालाई तत्काल आपसमा सहमति गरी एक जनाले मात्रै संसदीय दलको नेताका लागि उम्मेदवारी दिन दबाब दिएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने भएको छ।
बादी समुदायका युवतीहरूले आफूहरूका लागि छुट्टै कोटाको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।
बागमती प्रदेशसभामा शपथग्रहणको मिति निर्धारण गर्न पुस ८ गते सर्वदलीय बैठकको आह्वान गरिएको छ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहको छलफल मंगलबार बिहान ८ बजे पुनः बस्ने गरी टुङ्गिएको सहमहामन्त्री जीवन परियारले बताए।
एक करोड ७० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताहरू मध्येबाट ५७.५ प्रतिशतले एलन मस्कको विपक्षमा मतदान गरेका थिए।
अघिल्लो प्रतिनिधिसभामा विजयी रेशम चौधरीलाई जेलमा भएकै अवस्थामा शपथ गराइएको थियो। यसपटक आपराधिक पृष्ठभूमि भएका नवनिर्वाचित पाँच सांसदको शपथ रोक्न उजुरी पर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
संसदीय दलको नेतामा आकांक्षा राखेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाउन संस्थापनइतर समूहले छुट्टै छलफल गरेको छ।