इजरायली सेनाले चलाएको गोली लागी ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
सात दलीय गठबन्धन बन्यो, सरकारमा चार दल मात्रै थिए। फेरि, रास्वपा बाहिरियो। परिस्थितिमा आएको यो परिवर्तनमा व्यापक छलफल अघि बढेको हो। यसकारण नै राष्ट्रिय सहमतिको विषय अघि बढेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले फागुन १ गते मनाएको ‘जनयुद्ध दिवस’ हिंसा दिवस भएको बताएका छन्।
राष्ट्रपतिको उम्मेदवार र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न फागुन १३ गते बिहानका लागि बैठक बोलाइएको एमालेले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्।
आवाससम्बन्धी नियमावली नबन्दा राज्यका निकायहरूले स्वेच्छाचारी ढंगले पटकपटक सुकुमवासी बस्तीमा ज्यादती गर्ने गरेका छन्।
बुधबार नेपाल बार एशोसिएसनले पूर्वन्यायाधीश वा प्रधानन्यायाधीशलाई राष्ट्रपति नबनाउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको थियो।
परम्परागत लैंगिक भूमिकाबाट माथि उठेर छोरीलाई भविष्य निर्माणको अवसर दिँदै गर्दा कतै छोराहरूको पालनपोषण परम्परागत तरिकाले भइरहेको त छैन?
सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ।
धौलागिरि गाउँपालिका–२ लमसुङ मरेनीमा कृषक समूहले ४४ रोपनीमा २० मुरी आलुको बीउ रोपेका छन्। २० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक खेती गरिएको हो।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको थियो।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित राष्ट्रिय प्राविमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ।
जहाजमा जडित प्रणाली चालक दलले उपयोग गर्न नसक्दा पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ।
नयाँ वर्ष २१५०
तिब्बती ग्याल्पो ल्होसार २१५० का अवसरमा परम्परागत भेषभूषामा सजिएका विद्यार्थी
सन् २०२२ मा चार करोड ६० लाख पर्यटक भित्र्याएको साउदीले सन् २०३० भित्र वार्षिक १० करोड पर्यटक भित्र्याउने लक्ष्यसहितको बृहत् र खर्चिलो परियोजना अघि सारेको छ।
तीन जना निःशस्त्र, गरिब र दलित महिलालाई १७ जना सेनाले नियन्त्रणमा लिई गरेको हत्यालाई भण्डारीले ‘सिकार गर्न गएकाहरू मारिएको’ भनेर चरम् संवेदनहीनता देखाएकी थिइन्।
प्रदेश १ र गण्डकीमा आंशिक बदली भई वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कांग्रेस र माओवादीबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको छ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउनेबारे औपचारिक निर्णय नभएको बताएका छन्।
दक्षिणी छिमेक, ‘भारतको दूत’ बनेर आएका विदेश सचिवको मन्त्रणापछि राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे अन्योल बढिरहँदा उत्तरी छिमेक, चीनका राजदूत पनि सक्रिय बनेका छन्।