AnonymousUser

Logout

मोरङ–६ बाट कांग्रेसका शेखर कोइराला विजयी, एमालेका लालबाबु पण्डित पराजित

मोरङ–६ बाट नेपाली कांग्रेसका डा. शेखर कोइराला निर्वाचित भएका छन्। नेकपा एमालेका लालबाबु पण्डित पराजित भएका छन्।

पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

पाल्पा २ बाट एकीकृत समाजवादी पार्टीका सोमप्रसाद पाण्डेलाई हराउँदै नेकपा एमालेका ठाकुर गैरे निर्वाचित भएका छन्।

रूकुम पश्चिमबाट प्रतिनिधि र प्रदेशसभामा माओवादी केन्द्रका उम्मेदवार विजयी

रूकुम पश्चिमबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

कैलाली–५ बाट कांग्रेसका डिल्लीराज पन्त विजयी, एमालेका नारदमुनि पराजित

कैलाली-५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त १ हजार ७४ मतान्तरले निर्वाचित भएका छन्।

कास्की–१ बाट एमालेका गुरुङ निर्वाचित

निर्वाचित मनबहादुर गुरुङले २५ हजार सात सय आठ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत प्राप्त गरे।

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत?

अद्यावधिक मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ भने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

सरकार बनाउन स्वतन्त्र पार्टी र राप्रपाको साथ खोज्दैनौँ, प्रधानमन्त्रीमा देउवा निर्विकल्प: कांग्रेस प्रवक्ता

स्वतन्त्र पार्टीमा एउटा पात्र मात्रै नायक देखिएका छन्। अरू को–को छन्? कार्यकारी को हो? नीति, सिद्धान्त के हो? कुन जगमा उभिनु भएको छ? कतै उहाँहरू परिचालित त हुनुहुन्न? त्यसको कुनै स्पष्टता छैन।

गुल्मी–१ बाट चन्द्र भण्डारी विजयी, प्रदिप ज्ञवाली पराजित 

गुल्मी–१ बाट चुनाव लडेका एमाले उपमहासचिव प्रदिप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका छन्।

आर्थिक संकटले थलिएको घानाले सुनसँग तेल साट्दै

रुस-युक्रेन युद्धका कारण इन्धनको मूल्यवृद्धि हुँदा घानासँगै अधिकांश अफ्रिकी मुलुकमा आर्थिक संकट बढेको छ।

नेपालमै भेटियो ४८ वर्षअघि हराएको बुद्धको मूर्ति

काभ्रेबाट हराएको गौतम बुद्धको मूर्ति ४८ वर्षपछि नेपालमै भेटिएको छ। अष्ठधातुबाट निर्मित उक्त मूर्ति राष्ट्रिय संग्राहालय छाउनीमा फेला परेको हो।

काभ्रे–२ बाट गोकुल बाँस्कोटा निर्वाचित 

काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्।

धनुषा–३ बाट एमालेका जूली महतो विजयी

धनुषा–३ मा लोसपाका अनिलकुमार झालाई पराजित गर्दै एमाले उम्मेदवार जूलीकुमारी महतो विजयी भएकी छन्।

नेदरल्यान्ड्स र इक्वेडरको नजर अन्तिम १६ मा

नेदरल्यान्ड्स र इक्वेडर हालसम्म दुईपटक मात्रै आमनेसामने भएका छन्। सन् २००६ मा इक्वेडरविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्सले १-० को जित दर्ज गरेको थियो भने २०१४ को खेल १-१ को बराबरीमा सकिएको थियो।

पश्चिम नवलपरासी–२ मा राप्रपाका प्रधान विजयी

पश्चिम नवलपरासी–२ मा कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै राप्रपाका ध्रुवबहादुर प्रधान विजयी भएका छन्।

कास्की–३ (२) बाट कांग्रेसका बराल विजयी 

कास्की–३ को प्रदेशसभा (२) मा एमालेका राजिव पहारीलाई पराजित गर्दै कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन्।

रुपन्देही–२ मा मतगणना स्थगित

रुपन्देही क्षेत्र नम्बर २ मा मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित भएको छ।

पाँचथरबाट एमालेका नेम्बाङ विजयी, कांग्रेस सहमहामन्त्री आङदेम्बे ४७ मतले पराजित

पाँचथरबाट कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई ४७ मतले पराजित गर्दै एमालेका वसन्तकुमार नेम्बाङ निर्वाचित भएका छन्।

कास्की–३ बाट एमालेका दामोदर पौडेल विजयी

कास्की–३ मा माओवादीका रामजीप्रसाद बराललाई पराजित गर्दै एमालेका दामाेदर पाैडेल विजयी भएका छन्।

बारा–१ एमालेका मैनाली विजयी, कांग्रेस सहमहामन्त्री चौधरी पराजित 

बारा क्षेत्र नम्बर १ बाट कांग्रेस सहमहामन्त्री उमाकान्त चाैधरीलाई पराजित गर्दै एमालेका अच्युत मैनाली विजयी भएका छन्।

'स्वतन्त्र' र 'नयाँ'को वैचारिक अस्पष्टता : अस्थिरताको मियो

खासगरी शहरिया मध्यम वर्गका युवाहरूले राजनीतिमा हस्तक्षेप गर्ने भन्दै सक्रियता देखाए। शायद प्लेटोको उद्धरण स्मरण गरे र स्वतन्त्र तथा अन्य नाममा चुनावमै प्रवेश गरे।