AnonymousUser

Logout

इतिहास बोकेको मेची रंगशाला : १८ वर्षपछि चमक ब्युँताउने प्रयास

१८ वर्ष अघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण भएयता मेची रंगशालामा फुटबलको कुनै प्रतियोगिता भएको छैन। भद्रपुर झापा गोल्डकप हुने भएपछि स्थानीय मैदानको जिर्णाेद्धारमा जुटेका छन्।

राजेन्द्र लिङ्देन भन्छन्– मन्त्रालयको संख्या बढाएर सरकारमा जाँदैनौँ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका छन्। 

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

दुई दशक अगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गएपछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।

रुद्रमती नदी किनारका सार्वजनिक जग्गाको खोजी गर्दै प्राधिकरण

काठमाडौँ उपत्यका विकास प्राधिकरणले दुई महिनामा बुढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका मिचिएका सार्वजनिक जग्गाको नाप नक्सासहितको प्रतिवेदन तयार गर्ने जनाएको छ।

तिल, आलस र भाङ्गो : अचारका साथी, आरोग्यका सिपाही

फरक-फरक हावापानी, उर्वरा क्षमता र माटो भएका हाम्रै नेपाली खेतबारीमा आलस, भाङ्गो  र तिल फलाउन र बजारीकरण गर्न सक्ने हो भने सिंगो समुदाय नै आर्थिक तथा स्वास्थ्यका हिसाबले लाभान्वित हुन सक्छ।

आजको मौसम : तराईमा हुस्सु, प्रदेश १ मा हिमपातको सम्भावना

पहाडी भागमा आंशिक बदली  रही तराईका धेरै ठाउँमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान : भारतीय समूहबाट नेपाल टी२० लिगमा 'स्पट फिक्सिङ'

बंगलादेश र श्रीलंकामा स्पट फिक्सिङ गर्न पुग्ने समूह नै नेपाल टी२० लिगमा पनि सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।

मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियारले हेर्न नपाउने व्यवस्थाविरुद्धको रिटमा कारण देखाउ आदेश

मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न नपाउने व्यवस्थाविरुद्ध परेको रिटमा संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

श्रीलंकामा फेब्रुअरीमा निर्वाचन हुने

महामारीका कारण एक वर्ष ढिला भएको स्थानीय तहको निर्वाचन आगामी फेब्रुअरीको अन्त्यसम्ममा हुने अधिकारीहरूले बताएका छन्।

श्रीलंकामा फेब्रुअरीमा निर्वाचन हुने

महामारीका कारण एक वर्ष ढिला भएको स्थानीय तहको निर्वाचन आगामी फेब्रुअरीको अन्त्यसम्ममा हुने अधिकारीहरूले बताएका छन्।

मन्त्रालय टुक्राउनेबारे सत्तागठबन्धनमा छलफल भएको छैन: गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई छुने किसिमका काम भएनन् भन्ने गुनासोलाई सम्बोधन गर्ने गरी न्यूनतम साझा कार्यक्रम आउने बताए।

सम्पदा जोगाउने अभियन्ता : पादरीले देखाएको त्यो रथ बल्ल चिने आलोकसिद्धिले

सेन्ट जेभियर्सका क्यानेडियन शिक्षक फादर बिल रोबिन्सले एकपटक आलोकसिद्धिलाई विद्यालयबाहिर बनिरहेको रथ दुई महिनासम्म हेर्न भनेका थिए। सम्पदाबारे बुझ्दै जाँदा तिनै शिक्षकले भनेको कुरामा उनले ज्ञान भेटे।

निजी क्षेत्रको चर्को दबाबपछि राष्ट्र बैंकले संशोधन गर्‍यो चालु पुँजी कर्जा मार्गदर्शन

बैंक तथा वित्तीय संस्थाहरूबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

प्रधानसेनापति वा रक्षामन्त्रीसँग भेट नदिएसम्म उपरथी शाही ‘भोक हड्ताल’मा बस्ने

उपरथी प्रेम शाहीलाई हिरासतमा लिएपछि सेनाले सैनिक मुख्यालयका तालिम प्रमुख उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति बनाएको छ। तर किन र के कारण छानबिन थालिएको भन्ने खुलाइएको छैन।

जिल्ला प्रशासनहरूलाई गृहको परिपत्र– अवैध क्रसर उद्योग तत्काल बन्द गर्नू

गृहमन्त्रालयले देशभरका सबै जिल्ला प्रशासनहरूलाई अवैधानिक क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ।

प्रधानमन्त्रीले मागे माधव नेपालसँग विश्वासको मत

सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए।

स्तम्भ बनाउने होड : ‘कुरूप’ बाघदेखि रूख काटेर कंक्रिटको जुनारसम्म

सुर्खेतमा बनाइएको 'कलाविहीन' बाघको मूर्तिबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। तर, यस्ता कलाविहीन मूर्ति बनाउन देशका धेरै स्थानीय तहमा होड नै भइरहेको छ।

सर्वोच्चको आदेश– ‘६ महिनासम्म प्रयोगमा नआएका सिम पुनः वितरण नगर्नू’

सर्वोच्च अदालतले ६ महिनासम्म प्रयोगमा नआएका सिम पुनः वितरण गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

प्रचण्ड गठबन्धन नतोड्ने प्रतिबद्धताबाट पछि हटे, निर्णय गर्ने समय पनि दिएनन् : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाए।

‘फुर्सदिला’ प्रधानमन्त्री, सिंहदरबारमा आफ्नै कार्यालय र भवन अवलोकन

प्रधानमन्त्री नियुक्त भएसँगै राजनीतिक भेटघाट, निर्देशन तथा अवलोकन-निरीक्षणलाई प्राथमिकता दिएका दाहालले बुधबार आफ्नै कार्यालयको अवलोकन गरेका छन्।