AnonymousUser

Logout

सुदूरपश्चिममा सिस्नुपानी छ्यापेर मनाइँदै ‘बिसु’ पर्व 

एकापसमा सिस्नुपानी छ्यापेर ‘बिसु’ पर्व मनाइन्छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ।

साझा संघर्षबाट आर्थिक र सामाजिक परिवर्तन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्रीका रूपमा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने उनको प्रतिबद्धता छ।

भक्तपुरमा बिस्केट जात्रा : ५५ हात लामो लिंगो उठाइयो

५५ हात लामो, नांलो जत्रो फेद भएको लिंगो तान्त्रिक विधिपूर्वक १० कर्म विधान गरी उठाइएको हो। लिंगोको कोखा (टुप्पो)मा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तान्ने गरिन्छ।

साबिक विजेता गुजरातसँग पन्जाबको हार

बिन्द्रा स्टेडियममा घरेलु टोली पन्जाबले दिएको १५४ रनको विजयी लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

८० को दशकका हाम्रा आर्थिक अभिभाराहरू

८० को दशक हाम्रो आर्थिक व्यवस्थाले दशकौँ झेल्दै आएका संरचनात्मक समस्या सुल्झाउने र द्रुत आर्थिक विकास 'अनलक' गर्ने दशक बन्न सक्छ।

विक्रम संवत् २०८० शुरू, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै 

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्छन्।

वित्तीय अनुशासन उल्लंघन बढ्दै, अर्थमै बढी बेथिति

सरकारले सार्वजनिक खर्च व्यवस्थापनमा कुशलता अभिवृद्धि गरी आर्थिक अनुशासन कायम गर्ने, चालु खर्चमा नियन्त्रण र पुँजीगत खर्च वृद्धि गर्ने नीति लिए तापनि सोअनुसार हुन नसकेको महालेखाको ठहर छ।

वर्ष २०७९ का प्रमुख घटना : बजेटमा तोडमोडदेखि गृहमन्त्री पदमुक्तसम्म

चुनावी वर्ष २०७९ मा राजनीतिक दलहरूको ध्यान सत्ता दाउपेचमा देखियो। यो वर्ष करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको घटनादेखि रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवाद चर्चा रह्यो।

'हामीलाई थकाउँदै कमजोर बनाइसकियो, तर बोल्न छाड्नु त भएन'

हामीलाई यसरी गलाइसकिएको छ कि हामी हैरान भइसक्यौँ। आफैँ कमजोर भएको अवस्थामा न्यायका लागि लडिरहेका हामी स्वयं थकित भइसक्यौँ।

लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी बोर्डको बैठकले ठूला आयोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको बताएका छन्।

'ए' डिभिजन लिग : थ्री स्टारसँग पुलिस पराजित

थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ। पराजय बेहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ।

एक वर्षमा थपियो १ खर्ब १९ अर्ब बेरुजु

कुल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड ७ लाख रुपैयाँ पुगेको छ। यसमध्ये ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ अद्यावधिक गर्नुपर्ने बेरुजु हो।

काठमाडौँ महानगरका मेयरको कदम राम्रो होइन : सञ्चारमन्त्री शर्मा

मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन्।

मूलपानी रंगशालामा मैदानलाई ठिक्क छ जग्गा, जबर्जस्ती प्यारापेट बनाए हुँदैन क्रिकेट

आईसीसीको नियमअनुसार मूलपानीमा निर्माणाधीन तल्लो मैदानमा ‘बाउन्ड्री लाइन’ ठिक्क हुन्छ। त्यसलाई समेत मिचेर प्यारापेट बनाइयो भने अन्तर्राष्ट्रिय क्रिकेटको मापदण्ड नै पुग्दैन।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिको वार्ता भंग, आन्दोलनलाई निरन्तरता दिने

सरकारसँग भएको वार्तामा सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ।

२०७९ सालको अन्तिम कारोबार दिन घटेर बन्द भयो सेयर बजार

बिहीबार ४९ लाख १३ हजार ७०२ कित्ता सेयर एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५.७७ मा कारोबार भयो।

१ हजार ४८८ जनामा परीक्षण गर्दा थपिए १०६ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा दिउँसो २ बजेसम्म संस्थागत आइसोलेसनमा २७ जना, आईसीयूमा १२ र भेन्टिलेटरमा तीनको उपचार भइरहेको छ।

महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ।

नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटक काठमाडौँमा

चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात् मन्त्री किराँतीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको प्रतिक्रिया दिए।