AnonymousUser

Logout

जब चिडियाखानाबाट चितुवा गायब भयो!

नोभा नाम गरेको करिब ११ किलोग्राम वजनको चितुवा शुक्रबार एकाएक चिडियाघरबाट हराएको थियो।

सम्झना

विमान दुर्घटना: सम्झनामा दीप प्रज्वलन

पोखरामा विमान दुर्घटनामा परी निधन भएकाको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। सोमबार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि क्याबिन क्रु एशोसिएसन अफ नेपाल एयरलाइन्सले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो। आइतबार यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार विमानमा अहिलेसम्म ६९ जनाको मृत्य भएको छ ३ जनाको खोजी कार्य जारी छ।

सचिनको कीर्तिमान पछ्याउँदै विराट कोहली

कोहली तिनै खेलाडी हुन्, जसले ३ वर्षसम्म लगातार सम्झनलायक रन बनाउन सकेका थिएनन्। तर, निरन्तर संघर्ष र अभ्यासले उनी पुनः लयमा फर्किन थालेका छन्।

पछिल्लो समय नेपालीमा बाँझोपन बढ्दै गएको छ : डा. सिंह

असन्तुलित खानपान, बढ्दो वायु प्रदूषणजस्ता कारणले पनि नेपाली महिला तथा पुरुषमा बाँझोपन देखिने गरेको छ।

कांग्रेसले शुरू गरेको दाउपेच एमालेले असफल गराउँछ : विष्णु रिमाल

राष्ट्रपति या सभामुख निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा त गर्न सक्छ, तर उपलब्धि हाम्रो हातमा पर्ने निश्चित हो। कांग्रेसले सात दलको भोट चोर्न खोज्दैछ, त्यो सफल हुनेवाला छैन।

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

पोखरामा आइतबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये २६ जनाको सनाखत भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने कार्यक्रम भएपनि आकस्मिक बिदा परेकाले कार्यक्रम स्थगित भएको हो।

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ। 

नवलपरासी सुस्ता पश्चिमका थप ६ क्रसर उद्योग बन्द

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न गरेको परिपत्रअनुसार थप छ क्रसर उद्योग बन्द भएका हुन्।

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ।

आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गरिँदै

पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो।

पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत

दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

प्रधानमन्त्रीको ३० बुँदे निर्देशनको अर्थ

प्रधानमन्त्रीले ३० बुँदामा पेस गरेका समस्याको सम्बोधन कर्मचारीतन्त्रले गर्नुपर्छ। हिजोका दिनमा राजनीतिक नेतृत्व बस्नेबाट बोल्ने काम धेरै भयो, अब भने काम गरेरै देखाउनुपर्‍यो।

दिवंगत श्रीमानको सपना साकार पार्न पाइलट बनेकी अञ्जु

पोखराको उडान सफल भएको भए को-पाइलट अञ्जु पाइलट बन्ने थिइन्। त्यसैले प्रशिक्षक पाइलट कमल केसीले उडान र अवतरण नियन्त्रण गर्ने बाँयातर्फको सिट उनैलाई छाडिदिएका थिए।

परिवारले आस नमार्दै सरकार हतारियो शोक–बिदा घोषणा गर्न 

आइतबार साँझ क्याप्टेन कमल केसी र को–पाइलट अन्जु खतिवडाको घरमा पुग्दा आफन्तजन उनीहरू सकुशल भेटिने आशामै थिए। सरकारले दिउँसै शोक–बिदा घोषणा गर्दा मर्माहत उनीहरू उत्तिकै आक्रोशित पनि थिए।

फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकाका हव अस्पताललाई आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

यतीको विमान दुर्घटना : प्राधिकरणले उपलब्ध गरायो सम्पर्क नम्बर

प्राधिकरणले विमान दुर्घटनामा परेका यात्रुको परिवारका सदस्य या आफन्तले जानकारीका लागि सम्पर्क गर्नका लागि काठमाडौँ र पोखराका विभिन्न निकाय तथा कर्मचारीको नम्बर उपलब्ध गराएको छ।

प्रधानमन्त्री कप : कर्णालीमाथि मधेशको ८ विकेटको जित

जितसहित समूह बी मा रहेको मधेशले २ खेलबाट २ अंक जोडेको छ। कर्णाली दुवै खेलमा पराजित भएको छ।

अवतरणका लागि अनुकूल अवस्था हुँदाहुँदै किन भयो पोखरामा विमान दुर्घटना? 

अवतरणका लागि सबै परिस्थितिहरू अनुकूल हुँदाहुँदै यती एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई उडानको सुरक्षालाई लिएर बहस सिर्जना भएको छ।