AnonymousUser

Logout

कांग्रेसले खाली गरिदिएको मैदानमा सत्ता ‘दाहिना’ बन्दा सम्भव उपेन्द्रको जित

कलैयाको करणराज होटलमा वैशाख ५ गते बसेको बैठकपछि उपेन्द्र यादवले रणनीति बदले। उनी कांग्रेस मतदाता तान्नेतिर मात्र केन्द्रित भएनन्, प्रधानमन्त्रीदेखि मधेशका मुख्यमन्त्री र मन्त्रीलाई समेत बारा उतारे।

भारतमा उपचाररत् राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार

उनको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साउदीलाई हराउँदै ओमान एसीसी प्रिमियर कपको सेमिफाइनलमा

समूह 'ए'को आफ्नो अन्तिम खेलमा साउदी अरबलाई ३६७ रनको विशाल लक्ष्य दिएको ओमान ७२ रनले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ। यो समूहबाट नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ।

जनतामाथि अपमानको जवाफ

चाहेर पनि जनता अब कांग्रेस, एमाले र माओवादीको किल्ला बन्न जाने छैनन्। समय अघि बढ्यो। जनता अघि बढे। आँधीलाई रोक्न हत्केलाहरू काफी हुने छैनन्। अहिले त घण्टी बज्यो, बाजा बज्न बाँकी छ।

विद्युत प्राधिकरण र भौतिक मन्त्रालयबीचको टसलले तार भूमिगत योजना अलपत्र

मुख्य सडक खन्ने अनुमति नपाउँदा तार भूमिगतको कामले चार वर्षसम्म पनि गति लिन नसकेको विद्युत प्राधिकरणले जनाएको छ। तर, खनेका सडक सहमति बमोजिम प्राधिकरणले नबनाएको भौतिक पूर्वाधार मन्त्रालयको आरोप छ।

सांसदको संख्या घटाउन खिमलाल देवकोटाको माग

देवकोटाले प्रतिनिधिसभामा सदस्य संख्या १६५ र प्रदेशसभाको संख्या ३३० मात्रै कायम गर्न सुझाव दिएका छन्। 

एसीसी प्रिमियर कप : यूएई सेमिफाइनलमा, समूह विजेता बन्न हङकङ र कुवेतको खेल कुर्नुपर्ने

यूएई बहराइनलाई ८ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको विजेता बन्न भने यूएईले हङकङ र कुवेतबीच हुने खेल कुर्नुपर्ने भएको छ।

अचाक्ली महँगीले बिग्रियो दैनिकीः उपभोक्ताको भान्सामा नियन्त्रण, साना व्यापारी पनि मारमा

लगातार मूल्यवृद्धिले सर्वसाधारणलाई अत्यावश्यक सामग्री किन्नै मुस्किल पर्न थालेको छ। बालबच्चालाई विद्यालय भर्ना गर्न नसकेको धेरैको गुनासो छ। व्यापारमा कमी आउँदा साना व्यापारीको लयसमेत बिग्रिएको छ।

‘डाउन सिन्ड्रम’ बार्बी डल बजारमा

खेलौनाले हरेक बालबालिकाको प्रतिनिधित्व गराेस् भन्ने प्रयासस्वरूप ‘डाउन सिन्ड्रम’ बार्बी डल बजारमा ल्याएको कम्पनीले जनाएको छ। 

गाःबहालमा रातो मच्छिन्द्रनाथको रथ हेर्नेको घुइँचो

रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ। हरेक दिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाउने चलन छ।

गठबन्धनले देशलाई गलत दिशातर्फ लगिरहेको छ : ईश्वर पोखरेल 

मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनका कारण मुलुक धराशायी बन्दै गएको बताएका छन्।

युक्रेनको संग्रहालयमा रुसी आक्रमण : २ जनाको मृत्यु, सैनिक ड्रोनको संख्या बढाउँदै युक्रेन

युक्रेनले रुससँगको युद्धका लागि ड्रोन उत्पादन तीव्र पारेको छ। साथै, ड्रोन आयातसम्बन्धी नियमलाई खुकुलो पार्दै यसका पार्टपुर्जा र उपकरणमा लाग्ने करसमेत छुट गरेको बीबीसीले जनाएको छ।

नाका नखुल्दा संखुवासभाको भोटखोलामा खाद्यान्न अभाव

किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँमा खाद्यान्न अभाव भएको हो। नाका नखुल्दा यहाँ चीनबाट खाद्यान्न आयात हुन सकेको छैन।

‘हल्कारा’को विशेष प्रदर्शन वैशाख २४ गते 

विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत ‘हल्कारा’ वैशाख २९ देखि देशभर प्रदर्शन हुँदैछ। यो चलचित्रले द्वन्द्वकालीन समयको कथा बोकेको छ। 

पुरानै लयमा फर्किँदै हेलम्बुको पर्यटन व्यवसाय

भूकम्प र काेराेनाले शून्यमा पुर्‍याएकाे हेलम्बुकाे पर्यटन तंग्रन थालेकाे छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण र काेराेनाकाे जाेखिम कम हुँदै गएकाले यहाँ दैनिक ५० जनाभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, संसदीय सुनुवाइ समिति गठन हुने

दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा

नरेन्द्र मोदी स्टेडियममा २०८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्रै बनायो।

उपनिर्वाचन परिणाम : धेरै हतारोमा छन् नेपाली

केही दिन पहिले स्वर्णिम वाग्लेका लेख संकलित किताब आधाजसो पढेँ। उनको किताब पढेर निराशाबाहेक केही हात लागेन।

बारा–२ मा उपेन्द्र यादव विजयी

यादवले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई पाँच हजार ८१ मतान्तरले पराजित गरेका हुन्।

रुस सोभियत संघको कालखण्डमा भन्दा बढी सहयोग गर्न इच्छुक छ : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुस सोभियत संघको कालखण्डमा भन्दा बढी सहयोग र सम्बन्ध बिस्तार गर्न तयार रहेको बताएका छन्।