गुठीचौरमा दिनहुँ आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।
चलचित्र लिम्बू समुदायमा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको 'जारी' प्रथासँग सम्बन्धित छ।
कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्। भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ।
सिमेन्टले बनाइएका सिँढीहरू नेपाली हिँडाइको मौलिकतामा चुनौती बनेका छन्। किनकि, हाम्रो हिँडाइ प्राकृतिक तथा जैविक मार्गमैत्री छ। यस्ता सिँढी घुँडा तथा ढाड दुखाउने कारक हुन्।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा इटहरी–१६ का करण चौधरी, शम्भु चौधरी र अनिमेश चौधरीको मृत्यु भएको छ।
विरोध
लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी शनिबार राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ। माइतीघरमा भेला भई करिब आठ/नौ सय जना पीडितहरू बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले केही समय भाटभटेनी चोकअगाडि बाटोमा बसेर विरोध प्रदर्शन गरेका थिए।
राँगाभैँसीभन्दा गाईगोरुमा लम्पी स्किनको समस्या बढी छ। मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट बिरामी परेका छन्।
साउदीमा सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।
सीमावर्ती नाकाबाट गैरकानूनी रूपमा पशुपक्षी र माछा आयात–निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन्।
यसले अन्ततः 'सामाजिक डार्विनवाद'कै समर्थन गर्छ, जसले शक्तिमा रहेकालाई मात्र स्रोतसाधनको उपभोग गर्ने अधिकार रहेको वकालत गर्छ। किनारामा पुर्याइएका सीमान्त समुदायको हक छिनालिनुलाई जायज ठहर्याउँछ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।
ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिवलाई थुनामुक्त गरेको सर्वोच्चले भाटभटेनीका सञ्चालकसहित अरू प्रतिवादीका रिट र उनीहरूको पक्षमा दिइएका यसअघिका अन्तरिम आदेश खारेज गर्न समातेका कानूनी आधारः
अध्ययन भिसामा रुस गएका गोरखाका २३ वर्षीय रजिन परिवारलाई थाहै नदिई रुसी सेनामा भर्ती भएका थिए। तालिम पूरा नहुँदै युद्धग्रस्त क्षेत्रमा खटाइएको बताएका उनी अहिले सम्पर्कविहीन छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ कार्यक्रमका लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।
सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजालाई पक्राउ गरेको छ।
यी बाह्र-सत्ताइस चिन्ताको भारी बिसाउँदै कुरोग्राफर दुनियाँको यो कुनामा पर्ने सिनामंगलदेखि बालुवाटारको रेकी गर्न हिँड्यो। तपाईंहरू आफ्नै हिसाबले आफ्नो वा साथीभाइको ब्रेक-शु खोतल्दै गर्नुहोला।
सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ।
सुनचाँदी व्यवसायीहरूका अनुसार अहिले अधिकांश व्यापारीहरू कालोबजारीकै सुन किनेर व्यवसाय चलाउन बाध्य छन्। पछिल्लो ११ महिना सुनको वैधानिक आयात एक तिहाईले घटेको भन्सार विभागको तथ्यांकले यसको पुष्टि गर्छ।