AnonymousUser

Logout

फिफा वरीयतामा नेपालले गर्‍यो सुधार

नयाँ वरीयतामा नेपाल १७४औँ स्थानमा रहेको छ। यसअघि नेपाल १७५औँ स्थानमा रहेको थियो।

पुँजीगत खर्च बढाउन र विकास आयोजनाहरूको निर्माण समयमै सक्न सरकारसँग सांसदहरूको माग

सांसदहरूले चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासमेत पुँजीगत खर्च न्यून भएको भन्दै सरकारले पुँजीगत खर्च बढाएर गुणात्मक विकास निर्माणको काम गर्नुपर्ने बताए।

एनसेललाई सरकारी स्वामित्वमा नल्याउन सेटिङमा कानून फेरिँदै छ : रघुजी पन्त

सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न तयार हुँदै गरेको मस्यौदामा एनसेल सरकारको स्वामित्वमा नआउने ढंगले प्रावधान राख्न लागिएको भन्दै आपत्ति जनाए।

बारा-२: बदलिएको समीकरणमा कसको पल्ला भारी?

मंसिर ४ गतेको परिणाम हेर्ने हो भने चर्चाभन्दा बाहिरका उम्मेदवार फेरि पनि 'गेम चेन्जर' हुने संभावना छ। उक्त चुनावमा तेस्रो, चौँथो र पाँचौँ स्थान पाएका तीन स्वतन्त्र उम्मेदवारले पाएको मत उल्लेखनीय थियो।

२ महिना प्रशिक्षकको जिम्मेवारी सम्हाल्न चेल्सी फर्किए लाम्पार्ड

लाम्पार्डले यसअघि सन् २०१९ देखि २०२१ सम्म चेल्सीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

मौलिक हातेकलालाई प्लास्टिकका सामानले विस्थापित गर्दै

विदेशी कालिगड नेपालमा भित्रिरहँदा नेपाली कालिगड भने बाहिरिएको र त्यसलाई रोक्न बेलैमा पहल गर्नुपर्ने कलाकारहरू बताउँछन्।

मुम्बई सिटीविरुद्ध खेल्न भारत आउलान् त रोनाल्डो?

रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, युभेन्टसका लिजेन्ड रोनाल्डो गत वर्ष अन्त्यमा साउदी अरबको क्लब अल–नासरसँग अनुबन्ध भएका थिए। उनको टोली साउदी प्रोफेसनल लिगमा दोस्रो स्थानमा छ।

ताइवानी राष्ट्रपतिले अमेरिका भ्रमण गरेपछि चीन रुष्ट, सीमामा थाल्यो सैन्य अभ्यास 

ताइवान र अमेरिकाको निकटताले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ। 

दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

२०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चार वटा टावर पुनर्निर्माण गरी बिहीबारबाट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

सुदूरपश्चिममा भारतबाट फर्किएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५५ वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई खोपको ‘बुस्टर डोज’ दिन थालिएको छ।

सरकारको न्यूनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

अर्थतन्त्र सुधार, सुशासन, संक्रमणकालीन न्याय, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सरकारले न्यूनतम साझा कार्यक्रम तयार पारेको छ।

हिमाल आरोहणका बेला मौसम बाधक, आरोहीलाई बाटो बनाउनै चुनौती

यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आइरहेका छन्। तर, हिमाली क्षेत्रमा भइरहेको अस्वाभाविक हिमपातले आरोहणमा चुनौती थपिएको छ।

मोरङको एउटै परीक्षा केन्द्रबाट अर्काको नाममा एसईई दिने ५२ जना पक्राउ

ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङमा डोको बुन्ने प्रतियोगिताको रौनक

घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले आयोजना गरेको डोको बुन्ने प्रतियोगितामा ३८ जना प्रतियोगी सहभागी भए। चोया, खुकुरी र कर्द साथमा लिएर डोको बुनिरहेको दृश्य साँच्चिकै रोचक थियो।

चुहानडाँडा विमानस्थलको काम अघि बढाउन माग 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ फागुन १५ मा चुहानडाँडा पुगेर तीन वर्षभित्र विमानस्थल बन्ने बताएका थिए। तर, साेही दिन दुर्घटनामा उनकाे मृत्यु भयो। त्यसपछि योजना पनि अलपत्र पर्‍यो।

विश्वका प्रत्येक ६ मध्ये १ जनामा बाँझोपन : डब्लुएचओ

बाँझोपनाको दर तुलनात्मक रूपमा मध्य र कम आय भएका मुलुकमा बढी रहेको अध्ययनले देखाएको छ। यद्यपि, यो विश्वभर हरेक देश, क्षेत्र तथा समुदायमा गम्भीर स्वास्थ्य चुनौती बनेको छ।

नेपाली राजनीतिमा 'ट्रोइका फ्याक्टर'

सन् १९३० को दशकमा सोभियत संघमा दमन र आतंकको अभियान चलाएका जोसेफ स्टालिन, व्याचेस्लाभ मोलोतोभ र लाजर कागानोबिचकलाई सामूहिक रूपमा 'ट्रोइका' भनेर चिनिन्थ्यो।

बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा

रियल मड्रिड समग्रमा ४–१ को नतिजासहित काेपा डेल रेकाे उपाधि नजिक पुगेकाे छ।

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि, विज्ञ भन्छन्- कम घातक र बढी संक्रामक छ

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा. हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्ने क्षमता कम भएका मानिस र वृद्धावृद्धलाई बढी समस्या गराउनसक्ने बताए।

राष्ट्रसंघमा काम नगर्न अफगानिस्तानका महिला कर्मचारीलाई तालिवानको निर्देशन

तालिवानले लिखित पत्राचार नगरी मौखिक रूपमा सूचना जारी गर्दै अफगानी महिलाहरूलाई संगठनमा काम नगर्न निर्देशन दिएको राष्ट्र संघले जनाएको छ।