AnonymousUser

Logout

महिला विश्वकप : अर्जेन्टिनामाथि इटलीको जित

इटलीका लागि वैकल्पिक खेलाडी किस्टियाना गिरेलीले निर्णायक गोल गरिन्।

पशुपति सहकारी समस्याग्रस्त घोषणा

सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ। पशुपतिसहित हालसम्म समस्याग्रस्त सहकारीको संख्या १३ पुगेको छ।

ललिता निवास प्रकरण : दुई जना नक्कली मोही पक्राउ

नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। 

कन्सुलर विभागमा प्रहरी चारित्रिक प्रमाणपत्रका सबै काम अब अनलाइनबाट हुने

विभागमा देखिँदै आएको भिडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन अनलाइन सेवा जरुरी रहेको मन्त्रालयले जनाएको छ।

विरोध

किताब जलाएर विरोध

लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ। अनेरास्ववियू क्रान्तिकारीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो। सो क्रममा प्रदर्शनकारीले लेखक राम एकवाल दासको किताब जलाएका थ‍िए।

अपरिचित काठमाडौँमा 'फुड डेलिभरी' गर्दा विशालले खेपेको सास्ती (भिडियो कथा)

ठाउँ नचिनेकाले शुरूशुरूमा काम गर्न धेरै अलमल भयो। गुगल म्यापबारे थाहा नभएकोले पनि सहज रूपमा काम गर्न सकेनन्। कतिपटक म्याप हेर्न नजान्दा ग्राहकबाट गाली खानुपर्‍यो। राति खुट्टा दुखेर निदाउन पनि सकेनन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्याचिन र सभामुख घिमिरेबीच भेट

सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिकलगायत सहयोग आदानप्रदान विषयमा छलफल भएको सभामुखको घिमिरेको सचिवालयले जनाएको छ।

बजेटले तस्करीबारे सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सुन समातियोः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमा तस्करीबारे सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकै कारण १०० किलो सुन बरामद भएको दाबी गरेका छन्।

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीनजना घाइते

पहिरोले घर पुरिँदा बैतडीको पुर्चौडी नगरपालिका–२  भैरू टोलका दुई जनाको मृत्यु भएको छ। त्यही घरमा सुतेका अरू तीन जना घाइते छन्।

कांग्रेस केन्द्रीय समिति बैठक: खाँणको पक्षमा संस्थापन तर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यहरू

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीहरू महेन्द्र यादव, महालक्ष्मी उपाध्याय परराष्ट्रमन्त्री एनपी साउदलगायत देउवा पक्षका केन्द्रीय सदस्यले बालकृष्ण खाँणको पक्षमा आवाज उठाएका छन्।

नेपाल भ्रमणमा आएका चिनियाँ उच्च नेता भेटघाटमा व्यस्त, प्रधानमन्त्रीसँग भर्चुअल संवाद

तीन दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य युआन जियाजुन आतबार दिनभर भेटघाटमा व्यस्त भए। उनले सोमबार पनि राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।

के बिल्किस र मणिपुरका अपराधीमा धेरै फरक छैन?

मणिपुरका महिलाहरूको एउटा 'अपराध' यो पनि हो कि उनीहरू आफ्नो नागरिकताबारे सचेत छन्, उनीहरू वर्षौंसम्म धर्नामा बस्छन्, आवश्यक पर्दा सेनाविरुद्ध समेत प्रदर्शन गर्छन्।

पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सोमबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

अफगानिस्तानमा बाढीका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो, ४० जना बेपत्ता

अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन्।

लगातार दोस्रोपटक पाकिस्तानलाई इमर्जिङ कप

भारतलाई १२८ रनले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रोपटक एसीसी इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको छ।

मौद्रिक नीति: वित्तीय स्थायित्वलाई प्राथमिकता, कर्जा विस्तार नियन्त्रणको निरन्तरता

शेयर बजार र घरजग्गा व्यवसाय शिथिल भएर आर्थिक गतिविधि नै सुस्त भएका बेला राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विगतभन्दा शेयर बजारप्रति केही लचिलो भएको सन्देश दिन खोजेको छ।

सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।

जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक : सुनिल केसी

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले चालु पुँजी कर्जा, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको बताएका छन्।

सुन प्रकरण : भन्सार कर्मचारीसहित ६ जना पक्राउ

सुन तस्करी प्रकरणमा आइतबार सरकारी कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरेको छ। योसँगै अहिलेसम्म १६ जना पक्राउ परेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

ललिता निवास प्रकरण : नापी विभागका तत्कालीन कर्मचारी पक्राउ

ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए।