तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायमै राखेका छन्।
चितवन–२ मा १ हजार १५५ मतसहित अग्रता लिएका रवि लामिछानेलाई एमालेका रामप्रसाद न्यौपानेले पछ्याइरहेका छन्।
सोमबार २७० वटा कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर ३३ हजार २१३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ७५ करोड १३ लाख ३० हजार ३९३ मा खुम्चिएको छ।
बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता लिएका छन्। उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले यादवले ५७१ मतसहित पछ्याइरहेका छन्।
अमेरिका विश्वकै सबैभन्दा बढी सैन्य खर्च गर्ने मुलुकका रूपमा रहेको छ। सन् २०२२ मा ८७७ बिलियन डलर खर्च गरेको छ।
कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको बताएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकाबाट मतगणना थालिएको छ।
प्रारम्भिक मतपरिणामअनुसार यादवले २२४ मत प्राप्त गरेका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।
संसारका अर्बपतिमध्ये अधिकांश अमेरिका र चीनमा बस्ने गरेको पाइएको छ।
तत्कालीन गठबन्धनमा रहेका माओवादी केन्द्रलगायत दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत लिएका थिए। बहुमतका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्नेमा गिरीले ३३ मत मात्र पाए।
एसीसी प्रिमियर कपअन्तर्गत सोमबारको खेल वर्षाका कारण रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका छन्।
रातो मच्छिन्द्रनाथ
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा शुरू भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएपछि विधिवत् रूपमा मछिन्द्रनाथको जात्रा शुरू भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने छ।
बारामा सर्वदलीय बैठक सकिएको करिब ३ घण्टापछि मतगणना शुरू भएको हो।
कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउने सहमति भएको छ।
सेना र अर्धसैनिकबीचको शक्तिसंघर्ष हिंसात्मक बन्दा खार्तुममा आक्रमण र विस्फोटका घटना बढेका छन्। २० हजारभन्दा बढी महिला तथा बालबालिका देश छाडेर भागेको बताइएको छ।
मूलपानी मैदानमा नेपालले पहिलो पटक ५० ओभरको खेल खेल्दै छ। नेपाल र साउदी अरबबीचको खेल बिहान ९ बजेदेखि माथिल्लो मैदानमा शुरू हुने तय थियो।
कांग्रेसका भट्टराई पाँच हजार तीन मतसहित दोस्रो स्थानमा छन्। एमालेका सर्वेन्द्र खनाल दुई हजार ७९७ मत ल्याएर भट्टराईलाई पछ्याइरहेका छन्।
मतगणना स्थलमा प्रत्येक उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने छन्।
सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ४४ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।
रास्वपाका वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका भट्टराईले तीन हजार २३४ मत ल्याएर फछ्याइरहेका छन्।