AnonymousUser

Logout

रवि लामिछानेको जित निश्चित, ३५ हजारभन्दा बढी मतको अग्रता 

१७ हजार ६०४ मत गन्न बाँकी हुँदा लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठको सात हजार ९५२ मत छ।

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

दुर्घटनामा  मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, २४ वर्षीय राजकुमार प्रजा र चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको छ।

जति ठानिन्छ त्यति खराब होइन अवसरवाद

जंगलमा अवसर पाए बाघले मृग मार्छ, मृगले पाए जंगल छेउको बारीको मकै भुसुक्कै पार्छ। फुटबलमा रोनाल्डोले अवसर पाए गोल हान्छन्, आर्थिक र अन्य अवसरका लागि टिम समेत बदल्छन्।

गोरखा भूकम्पको ८ वर्ष पूरा, अझै पनि बनेन स्मृति उद्यान

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज बिदा दिएको छ। गोरखा भूकम्पबाट ज्यान गुमाउनेको सम्झनामा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। 

बारा–२ मा उपेन्द्र यादवको अग्रता कयमै

यादव नौ हजार ८७० मतसहित अगाडि छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहा दोस्रो स्थानमा छन्। उनले छ हजार ७७१ मत पाएका छन्। 

चितवनमा रवि लामिछाने ३२ हजारभन्दा बढी मतले अगाडि

लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४५६ मत प्राप्त गरेका छन्। 

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले विजयी भएका हुन्।

जनाउ ‘घण्टी’ नसुन्दा बजेको बिगुल

उपनिर्वाचन अर्थात् संसद्मा जम्माजम्मी ३ सिट यताउता हुने परिघटना। यही एउटा घटना दशकौँ लामो इतिहास बोकेका प्रमुख पार्टीहरूकै जग हल्लाइदिने धक्का कसरी बन्यो?

इन्जिनमा समस्या देखिएको फ्लाइ दुबईको विमान गन्तव्यतिर जाँदै, आपतकालीन अवतरण गरिएन

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले फ्लाइ दुबईको जहाज दुर्घटनाबाट बचेको बताए। विमानले महेन्द्रनगर सीमा पार गरिसकेकाले विमान नर्मल अवस्थामा रहेको आफूहरूले ठानेको उनको भनाइ छ।

अस्ट्रेलियाको सुरक्षा रणनीतिमा फेरबदल : रक्षा बजेट बढाउने, गोलाबारुद स्वदेशमै उत्पादन गर्ने

अस्ट्रेलियाका प्रधानमन्त्रीले सुरक्षा क्षेत्रमा बजेट वृद्धि, स्वदेशी हतियार निर्माण र लामो दूरीसम्म प्रहार गर्ने रकेट प्रणाली, गोलाबारुद निर्माण तथा भण्डारणसम्मका योजना अघि सारेका छन्।

सिंहदरबारको फोहोर १८ दिनपछि उठ्यो

सिंहदरबार लगायतका स्थानको १८ दिनदेखिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न कम्तीमा चार दिन लाग्ने काठमाडौँ महानगरले जनाएको छ।   

नेपालमा उत्पादित सवारी दर्ता गर्न नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा लगिँदै

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ लाई संशोधन गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषद्मा पेस गर्ने भएको छ।

रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरू

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ। 

लोकतन्त्रका १७ वर्ष : नेताले हामीलाई अभियुक्त बनाए

आजका नेताहरूमध्ये हिजो कसैले बन्दुक बोक्नुभयो, कोही आन्दोलन गरेका कारण जेल बस्नुभयो। तर, देश बनाउनका लागि जुन भिजन र मिसन चाहिन्छ, उहाँहरूमा त्यो थिएन।

‘ए’ डिभिजन लिग : एपीएफसँग खुमलटार पराजित

जितसँगै एपीएफले १२ खेलबाट १७ अंक जोडेको छ। पाँचौँ स्थानमा रहेको एपीएफले ५ जित, २ बराबरी र ५ हार बेहोरेको छ।

तनहुँ उपनिर्वाचनले दिएका सात राजनीतिक सन्देश

तनहुँको नतिजाले नेपालको राजनीतिमा धरातलीय रूपमा नै परिवर्तन भइरहेको संकेत दिएको छ जसले लोकतन्त्र र राजनीतिलाई लामो समय प्रभावित गर्ने छ। के हुन् त, स्वर्णिमको विजयोन्मुख नतिजाका सन्देश?

संसदीय समिति गठनमा दलहरूबीच सहमति, संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित गरिने

तीनवटा समितिको सभापति एमालेले लिने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

बलियो प्रतिद्वन्द्वी फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

नेपालले फिलिपिन्ससँग आगामी जेठ ३२ मा मैत्रीपूर्ण खेल खेल्ने छ। यो खेल फिफा डेअन्तर्गत खेल्न लागिएको एन्फाका प्रवक्ता सुरेश शाह जानकारी दिए।

तनहुँ–१ को नयाँ रुझान : जसले मतदाताको मनस्थिति बदल्यो

मंसिर ४ को निर्वाचनका विजेता कांग्रेस र उपविजेता एमालेको ‘धरातल’ पाँच महिनामै गर्ल्यामगुर्लुम पार्ने अवस्था तनहुँ–१ मा के कारणले निम्तियो?

चितवन– २ मा अग्रता बढाउँदै रवि लामिछाने

रवि लामिछानले १ हजार ४९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले १ हजार १३३ मतसहित पछ्याइरहेका छन्।