गाँजालाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको उनीहरूकाे भनाइ छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दसँगको असहज सम्बन्धकै कारण पारस खड्काले कप्तानबाट राजीनामा दिएर केहीपछि मैदानसमेत छाडेका थिए। अहिले पारस उनै चन्दको सहयोगमा क्यान सचिव भएलगत्तै एक्लो महसुस गर्दैछन्।
सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापत उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।
जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६.७८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन्। उनीहरूले उज्बेकिस्तानका खेलाडीलाई १० सेकेन्डले पछि पारे।
नेपालको संविधानले मासु बजार व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ। तर, धनुषाका स्थानीय तहले यसमा ध्यान दिएका छैनन्। यसले गर्दा सर्वसाधारण गुणस्तरहीन माछामासु खान बाध्य छन्।
नेपालले समूह चरणअन्तर्गत सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा मालदिभ्ससँग खेल्नेछ। समूह चरण पार गरे भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि सन्दीप विरुद्धको मुद्दा स्थगित भएको हो। यसअघि गत सोमबार पनि उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो।
टेबल टेनिस टिम इभेन्टमा नेपालको पुरुष टोली उत्तर कोरिया तथा महिला टोली भारतसँग पराजित भएको छ।
प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।
चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ढोरपाटन क्षेत्रमा मात्र २०० भन्दा बढी किसानले स्याउखेती गर्दै आएका छन्।
हामीले सडकमा अराजकता हुनुपर्छ भनेको पटक्कै होइन। निश्चित समय तोकेर र न्यूनतम शुल्क लिएर सडक व्यवसाय सञ्चालन गर्न दिइनुपर्छ भन्ने माग हो। अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही हो।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।
दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
अमेरिकी सांसद भोजनीले टेक्सासमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र विश्वस्तरमा रहेका नेपालीको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार औपचारिक रूपमा शुरू भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ। प्रतियोगितामा ४५ एशियाली राष्ट्रका १२ हजार खेलाडी सहभागी छन्।
क्यानका नवनिर्वाचित केन्द्रीय सचिव पारस खड्काले क्रिकेटसँग जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो शर्त रहेको उल्लेख गरे।
कर्णाली प्रदेश अस्पतालमा १५० कर्मचारी दरबन्दीको जनशक्तिले ३०० बेडको अस्पताल चलाएका छौँ। तोकिएभन्दा दुई गुणा बढी समय दिएर सेवा गर्नुपरेको छ। त्यही भएर बिरामको काउन्सिलिङ र जाँच गर्न लामो समय हुँदैन।