AnonymousUser

Logout

‘बजेटले संघीयताको मर्म बुझ्न सकेन, यथास्थितिमा पारित हुन सक्दैन’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरूले त्यसमा समर्थन गर्न नसक्ने बताएका छन्।

नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य, कुशल र आशिफको कीर्तिमानी साझेदारी

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले आईसीसी एक दिवसीय छनोटमा घरेलु टोली जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।

नेप्से ५२.२६ अंकले बढ्दा ४ अर्ब ८६ करोडको कारोबार

आइतबारको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेता र नेताका पत्नीलाई उपचार गर्न विदेश लैजान नमिल्ने व्यवस्था गरौँ : प्रेम सुवाल

नेमकिपा सांसद प्रेम सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न नचाहनेहरूलाई सरकारले कानून निर्माण गरी अनुमति दिनुपर्ने बताएका छन्।

कालीमाटीमा टमाटर फ्याँकेर विरोध जनाएका किसान भन्छन् : ८ रुपैयाँ किलो किनेर ४० मा बेच्नु भएन

गोलभेँडा उत्पादक कृषक वरुणबहादुर रोकाले नेपाली किसानले उत्पादन गरेको गोलभेँडा बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए। 

कुशल भुर्तेल ९९ रनमा आउट

जिम्मबावेमा जारी खेलमा कुशल भुर्तेल ९९ रनमा बोल्ड भएका छन्। उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे।

सुरक्षित छैनन् काठमाडौँका स्विमिङ पुल

एक-एक घन्टामा फेर्नु पर्ने पानी धेरैजसो स्विमिङ पुलमा बिहान एकपटक मात्र फेरिन्छ, अझ कतिले हप्तामा एकपटक शनिबार मात्र फेर्छन्। क्लोरिन र पोटासको मात्रा पनि नमिलाइ राख्दा कपाल तथा छालामा समस्या हुन्छ।

डाेलप्रसाद अर्यालको प्रश्न– सुरक्षाकर्मीलाई जागिर खान मात्र सीमामा खटाइएको हो?

रास्वपा उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले असार १ गते भारतीय प्राविधिकको टोलीले एकतर्फी रूपमा सीमाको भूमि नापजाँच गर्दा नेपालका सुरक्षाकर्मीले सुइँकोसमेत नपाएको भन्दै आपत्ति जनाएका छन्।

टेस्ट राष्ट्र जिम्बावेविरुद्ध कुशल भुर्तेलको अर्धशतक

जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा भुर्तेलले घरेलु टोलीविरुद्ध ६३ बलमा अर्धशतक प्रहार गरेका हुन्।

सरकारले भन्यो– गएरातिको बाढीपहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

पुल बगाएका स्थानमा तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको मन्त्री ज्वालाले बताएका छन्। 

किसानलाई अप्ठ्यारो पर्दा राज्य अभिभावक बन्नुपर्छ: महेश बर्तौला 

कालीमाटी बजारमा गोलभेँडाको उचित मूल्य नपाउँदा किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सांसदको माग

सांसद भट्टराईले ताप्लेजुङ, पाँचथर र संखुवासभा बाढी र पहिरोका कारण भएको क्षतिको वास्तविक अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरे।

ताप्लेजुङ पहिरो: बेपत्ता ४ जनामध्ये १ को शव भेटियो 

वर्षा नरोकिएका कारण खोजी तथा अन्य जोखिममा परेकाको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। 

बाँसबारीमा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण

देवकोटाले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधाको शुरूआत गर्ने श्रेय उनलाई नै जान्छ। 

५ वर्षमा कर्णालीको आन्तरिक आम्दानी २ अर्ब १३ करोड

चालु आवको जेठ मसान्तसम्म ५३ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको कर्णाली सरकारको बजेट वक्तव्यमा उल्लेख छ।

संखुवासभामा बाढी: १ जनाको मृत्यु, १६ सम्पर्कविहीन

बाढीले बगाएकामध्ये अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन–५  खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। 

कोशी र गण्डकी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दक्षिण अफ्रिकी राष्ट्रपति शान्ति अभियानको नेतृत्व गर्दै रुसमा, युद्ध अन्त्यका लागि पहल गर्ने

प्रतिनिधिमण्डलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग १६ महिना लामो द्वन्द्व अर्थात् विनाशकारी आर्थिक प्रभाव, जनधनको क्षति र विश्वव्यापी अस्थिरताको अन्त्यका लागि शान्तिको मार्ग खोज्न अनुरोध गर्नेछ।

पहिरोले ताप्लेजुङमा ४ जना बेपत्ता, दोभान बजार जोखिममा

बाढी र पहिरोका कारण ताप्लेजुङका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध बनेका छन्। तमोर र मैवा नदीमा बाढी आएपछि दोभान बजारका स्थानीय मध्यरातमा नै घर छाडेर सुरक्षित स्थानमा सरेका थिए।

राष्ट्रियताको बहस : नीरजकुमार कामत भर्सेस 'आदिपुरुष'

मिथकीय पात्र सीतामाथि 'नागरिक'को दाबी भइरहँदा र सो दाबी पेश गर्नेलाई राष्ट्रियता र राष्ट्रभक्तिसँग जोडिरहँदा नीरज कामतहरू 'नागरिक' बन्नकै लागि जीवन र मृत्युको अत्यासलाग्दो लडाइँ लडिरहेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।