चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भएको छ।
माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्यानको केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित भएका छन्।
१९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हाङजाओमा भेटवार्ता भएको छ।
श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेश पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने शिक्षामन्त्री राईको भनाइ छ।
क्यानको अध्यक्षमा निर्विरोध चयन भएका चतुरबहादुर चन्दले तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसिमले बदल्ने योजनासहित अघि बढ्ने बताएका छन्।
मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सके मात्रै पहिचान कालान्तरसम्म रहिरहने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भनाइ छ।
सरकार र महासंघबीचको सहमतिमा राहत शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए।
सन् १९९७ मा भारतको पन्जाबबाट क्यानडा गएका हरदीप पछि ब्रिटिस कोलम्बियाका सिख नेता बने। ‘खालिस्तान टाइगर फोर्स’सँग सम्बन्ध भएको आरोपमा सन् २०२० मा भारतले उनलाई आतंकवादी घोषणा गरेको थियो।
सोमबार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर एक हजार ९६९.१८ मा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा खरिदबिक्री भएको थियो।
आपसी सद्भाव कायम गरी साझा विकास, खुलापन र एकताको बाटोमा अघि बढ्नुको विकल्प नभएको राष्ट्रपति सीको भनाइ छ।
‘पहिले समाजमा एक जना पात्रमाथि विभेद हुन्थ्यो। अहिले सामाजिक सञ्जालमार्फत विश्वभरि प्रचार हुन्छ। विभेदको नयाँ स्वरूप देख्न सकिन्छ। हामी जति आधुनिकतातिर गइराखेको भए पनि प्रवृत्ति सुधार भएको छैन।’
खड्काले अध्यक्ष चतुरबहादुर चन्द प्यानलबाट उम्मेदवारी दिएका हुन् भने मल्लले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
चन्दको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन्।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन्।
भेटमा आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्सले नेपाल लोकतन्त्रको बाटोमा अघि बढेकाबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रूपमा दुवै मुलुक धनी रहेको उल्लेख गरेका छन्।
बागलुङका निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोला लगायत गाउँ आलु उत्पादनका हिसाबले प्रख्यात मानिन्छन्। तर, उनीहरूको उत्पादनले बजार भने पाउन सकेको छैन।
ड्राफ्टमा परेका खेलाडीलाई तीन ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन क्याटगरीमा विभाजन गरिएको छ। ४१ जना खेलाडीलाई ए क्याटगरीमा राखिएको छ। यसैगरी बीमा ७९ र सीमा ७५ जना खेलाडी परेका छन्।
एउटै विद्यालयमा तीन दशक बढी समय बिताएका आलमले जागिर मात्रै नगरेको, गाउँको शैक्षिक उत्थानमा योगदान दिएको भन्दै धवलागिरि गाउँपालिकाले उनलाई अभिनन्दन गरेको छ।
कालिका मालिका मन्दिरदेखि उत्तरतर्फ बजार क्षेत्रमा शुक्रबार मध्यराती शुरू भएको आगलागी शनिबार बिहानसम्म नियन्त्रणमा आएको छैन।