प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुँदैन। माधव कमरेडको कुरा सुन्दा पनि उहाँ राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएजस्तो मलाई लाग्दैन।
आजका रियलिटी सोजस्तै नाचगान र सांस्कृतिक कार्यक्रमको अनौपचारिक शुरूआत सदियौँ पहिले हाम्रा समुदायले गरेका हुन्।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा कांग्रेसले के गर्छ भन्दा पनि सत्तामा रहेका दलले के गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हो।
'साइबर सुरक्षा', 'डिजिटल सुरक्षा' तथा 'जलवायु सुरक्षा'लगायत नयाँ चुनौतीहरूलाई सम्बोधन गर्ने गरी समयसापेक्ष उपकरण र प्रविधिले सुसज्जित गर्दै सेनाको आकार घटाउन सकिन्छ।
“जुन सहमति भएको थियो, त्यसमा सबै अडिनुपर्छ। तपाईं आफूले चाहिँ विश्वास तोड्दै जाने, माओवादी मात्र त्यसमा उभिनुपर्छ भन्ने कुरा हुन्न।”
शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले ल्याएको नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक नेताहरूको क्षेत्रीय अभिरूचिको उपज भएको टिप्पणी गरेका छन्।
संसद्मा फौजदारी प्रवृत्तिका मान्छेहरूको संख्या निरन्तर बढिरहेको छ। फौजदारी कसुरमा तारिखमा बसेकाहरूले संसद् भरिन लाग्यो भने त्यो चिन्ताको विषय हुन्छ।
“अहिले हामी उत्पादन, रोजगारी, राजस्व परिचालन, पुँजीगत खर्च, सरकारी कोष सन्तुलन, तरलता, ब्याजदरलगायतका समस्यामा छौँ।”
मान्छे जतिसुकै राजनीतिक भए पनि फरक पर्दैन, तर संस्थाप्रतिको दायित्व बुझ्नेचाहिँ हुनुपर्छ। राष्ट्रपति पदमा कानुन र विधि विधान बुझ्ने व्यक्ति हुनुपर्छ।
हाम्रा राजबन्दीहरूलाई रिहाइ गरिनुपर्छ भन्ने नै हाम्रो प्रष्ट लाइन हो। जेलको ढोका खोलिदिएपछि हामी पनि विश्वासको मतको ढोका खोलिदिन्छौँ।
रास्वपा सरकारबाट बाहिरिए पनि गठबन्धनभित्र नै छ। बाहिर जाँदैन। अहिले नै गठबन्धनलाई कुनै खतरा छैन। नयाँ समीकरण बन्छ की भन्ने विषयमा अहिले टिप्पणी गर्नु हुँदैन।
सम्पदाका मूल हकदार स्थानीयवासी भए पनि सांस्कृतिक वस्तुको चोरी पैठारीमा नियन्त्रण र रोक्ने जिम्मेवारी सबैको हो, किनकि सम्पदा सबैको साझा हुन्।
कृषि, उद्योग, घरजग्गा, बैंकिङ, शिक्षा, स्वास्थ्यलगायत १७ वटा सेक्टर छ, यी सबैको लगानी जोडेर नै आर्थिक वृद्धि हुने हो। जब हामीले लगानी नै गर्दैनौँ भने त अर्थतन्त्र संकुचनमा जाने भयो नि।
राष्ट्रपति निर्वाचनमा सत्तापक्षको आफ्नो उम्मेदवार हुन्छ। सत्तापक्षले अगाडि सार्ने उम्मेदवार को हुने भन्ने सन्दर्भमा हाम्रो आन्तरिक समझदारी छ। हामी त्यही आधारमा अगाडि बढ्छौँ।
३९ परिवारलाई घरबारविहीन बनाएर महानगरले त्यो ठाउँमा अहिले शौचालय बनाएको छ। त्यहाँ जात्रापर्व गर्ने मान्छे पनि विस्थापित भए। जनतालाई भएको अन्यायको विषयमा त मेयरले कुरा उठाउनुपर्ने हो नि।
कहीँ पनि राज्यको उपस्थिति नहुँदा ठूला पूँजीपति र दलालहरूका अनेक खालका बदमासीबाट किसान आजित छन्।
'लाली छरी अगाडि छन् फूल फक्रिएकी, के दोष जबकि मेरो रातो मुहार हुन्छ!' यो सेरचाहिँ छुट्न गयो यो गजलमा।
सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
राष्ट्रपति या सभामुख निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा त गर्न सक्छ, तर उपलब्धि हाम्रो हातमा पर्ने निश्चित हो। कांग्रेसले सात दलको भोट चोर्न खोज्दैछ, त्यो सफल हुनेवाला छैन।
संघ खारेज गर्ने प्रकृया त्यति सजिलो छैन, राखेपसँग पर्याप्त आधारहरू हुनुपर्छ। उहाँहरूलाई लाग्यो, संघ खारेज गर्दिनुभयो। विवाद अदालतसम्म पुग्यो। राखेप प्रकृयागतरूपमा नचल्दाको परिणाम हो यो।