नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १८९ रन बनाउँदै अलआउट भयो।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको छ।
स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक रूपमा खेल्दै आएका इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।
पीसीबीले बुधबार सार्वजनिक गरेको ड्राफ्टमा सोमपाल र अर्जुनसँगै विकेटकिपर तथा ब्याटर सुवास खकुरेल र अलराउन्डर मोहम्मद आदिल आलम (आदिल अन्सारी) परेका छन्।
प्रतिबन्ध फुकुवासँगै क्युवामा महिलाहरूलाई कुस्ती, भारोत्तोलन, कराते, तेक्वान्दो र जुडोमा भाग लिन अनुमति दिइने छ।
आफ्नाे टोली विश्वकपबाट बाहिरएसँगै मेक्सिकाे, बेल्जियम र दक्षिण कोरियाका मुख्य प्रशिक्षकले राजीनामा दिएका छन्। याेसँगै स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले के गर्छन् भन्ने चर्चा हुन थालेकाे छ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत् त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलीले बुधबार तेस्राे खेल खेल्दैछ।
लुसेल रंगशालामा मंगलबार सम्पन्न अन्तिम प्रि-क्वार्टरफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ गोलले हराउँदै अन्तिम आठमा मोरक्कोसँगको भेट पक्का गरेको छ।
अफ्रिकी राष्ट्र मोरक्को स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गर्दै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बियरहोफले रसिया र कतार विश्वकपमा जर्मन पुरुष राष्ट्रिय टोलीको प्रदर्शन सन्तोषजनक नरहेको स्वीकार गर्दै समर्थकसँग माफीसमेत मागेका छन्।
स्पेनमै जन्मिएका हाकिमी स्पेनविरुद्ध आफ्नो ‘करियर’को दोस्रो खेल खेल्दैछन्। उनी पहिलोपटक रसिया विश्वकपमा स्पेनविरुद्ध मैदान उत्रिएका थिए।
ब्राजिल कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति दक्षिण कोरियालाई ४-१ गोलअन्तरले हराउँदै क्राेएसियासँगकाे भेट पक्का गरेकाे हाे।
पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै साविक उपविजेता क्रोएसिया कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा पुगेको छ।
‘जायन्ट किलर’को रूपमा उदाएको जापानले चारपटकको विश्वविजेता जर्मनी र एकपटकको विजेता स्पेनलाई २-१ गोल अन्तरले हराएर मनोबल उच्च बनाएको छ।
क्यानका अनुसार खनाललाई म्याच रेफ्री विनय कुमारले १ 'डिमेरिट पोइन्ट'सहित म्याच फीको २५ प्रतिशत जरिबाना तोकेका छन्।
कीर्तिपुर मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो। लुम्बिनीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेट गुमाउँदै २१ ओभरमा पूरा गरेको थियो।
स्टेडियम ९७४ मा सोमबार दक्षिण कोरियाविरुद्ध जित निकाल्दै ब्राजिल कीर्तिमानी छैटौँ विश्वकपको उपाधि होड कायम राख्न चाहन्छ। काेरिया भने ब्राजिललाई राेक्ने लक्ष्यमा छ।
कतारमा जारी विश्वकप फुटबलकाे प्रि-क्वार्टरफाइनल अन्तर्गत् साेमबार दक्षिण कोरियाविरुद्धकाे खेलबाट ब्राजिलका स्टार फरवार्ड नेयमार मैदान फर्किने भएका छन्।
कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पूर्व विजेताहरू इङ्ल्यान्ड र फ्रान्स भिड्ने भएका छन्।
साविक विजेता फ्रान्स पाेल्यान्डलाई ३–१ गाेलअन्तरले पराजित गर्दै कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।