वीर, प्रसूतिलगायत सरकारी अस्पतालमा सेवाग्राहीका लागि पार्किङ त छैन नै, सडकमा समेत काठमाडौँ महानगरले सेवाग्राहीसँग शुल्क असुल्छ। पाटनमा पार्किङको व्यवस्था भए पनि अस्पतालले नै सेवाग्राहीसँग शुल्क लिन्छ।
कुनै गुनासो भए जथाभावी वक्तव्यबाजी नगरेर तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी गराउन प्रशासनले अनुराेध गरेकाे छ।
मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
करिब एक हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ।
प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजु बहिनी बगेका हुन्।
कोशी प्रदेशका विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरुको खोजीमा परिचालित हुन अहिले ६ जना मात्रै गोताखोर छन्।
गएकाे साउन २८ गते कालीगण्डकीमा आएकाे बाढीले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीले सार्वजनिक गरेकाे वेबसाइटमा सनाखत हुन नसकेका ७४ शव र हराएका ५ हजार ७७६ जनाको विवरण राखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर रहेको छ।
ललितपुर महानगरपालिकाभित्र बनेका ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यस्ता भवनको सवालमा उजुरी परेपछि मात्र छानबिन शुरू हुने गरेको छ।
बैठकले कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संस्थागत विकास र जिम्मेवारीलगायत विषयबारे आगामी बैठकमा जानकारी लिने पनि निर्णय गरेको छ।
कृषिमन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी पशुमा लगाउने व्यवस्था गरिएको बताए।
सरकारले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ।
नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको जिप आइतबार बिहान दुर्घटनामा परेको हो।
राप्ती नदी बस्तीमा पस्ने डरले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका एक दर्जन बस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन्। त्यहाँ नदीले दिनहुँ जसो कटान गरिरहेको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापाको उपचारका क्रममा मृत्यु भएको हो।
यो सडकमुनिबाट ह्युम पाइपमा कुलो बग्छ। वर्षात्का बेला सुनाकोठी, ढोलाहिटी हुँदै आउने भलसमेत कुलोमा मिसिँदा पाइपले बहाव थेग्न नसकेको पानी जोडले बाहिर निस्किन्छ।
आइतबार बिहान आठ बजेतिर बसले जिप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
शनिबार राति सुनकोसी गाउँपालिकाअन्तर्गत लामोसाँघु–जिरी सडकखण्डको पाँच किलो नजिकै दुर्घटना भएको हो।
केरुङबाट अवैध रूपमा १ किलो सुन नेपाल भित्र्याउँदै लाग्दा गोसाईंकुण्ड गाउँपालिका–३ बृद्धिम की पाछेमु तामाङ प्रकाउ परेकी हुन्।