AnonymousUser

Logout

सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णालीका केहीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिमको एक–दुई स्थान भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।

सर्लाहीको मलंगवामा कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन जना पक्राउ

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले विमानस्थल भन्सारका अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ।

जंगली हात्तीले नष्ट गर्‍यो २० बिघामा लगाइएको धानबाली

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ ७ बजे नै हात्तीको बथान धानखेतमा छिर्ने बिहान मात्रै फर्कने गरेका छन्।

बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

दाङबाट फर्किँदै गरेको बस बाँकेमा दुर्घटना: बर्दियाका ७ जनाको मृत्यु, २९ घाइते

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि  मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा शुक्रबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ।

बजेट अभावले महाकाली पुल निर्माणको अवधि लम्बिँदै

महाकाली पुल योजना कार्यालयका प्रमुख महेन्द्रबहादुर गुरुङले पुल निर्माण कम्पनीलाई बजेट अभावका कारण गरिसकेको कामको समेत रकम भुक्तानी दिन नसकिएको बताए।

निजामती कर्मचारीले सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्नेछ : मुख्यसचिव अर्याल 

संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको पनि उनले बताए।

आरती साह प्रकरण : सरकारलाई मृत घोषित गर्दै ११ जनाले गरे कपाल मुण्डन (तस्वीरसहित)

धर्ना बसेको ८५ दिन पुग्दा पनि घटनाकाे छानबिन गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले विराेधस्वरूप कपाल मुण्डन गरेका हुन्।

सुन तस्करी प्रकरण: सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सफर पक्राउ

साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

निजामती सेवा दिवस: ४० कर्मचारीलाई पुरस्कृत गरिँदै

२०१३ भदौ २२ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउने चलन छ। 

झापाका विभिन्न स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

वर्षा जारी रहेका कारण मेची, विरिङ, निन्दालगायत अन्य साना खोलामा आकस्मिक बाढी आउनसक्ने र होचा भूभागमा डुबानसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।  

अरुण–शिला चौधरीको ‘अपार्टमेन्ट प्रोजेक्ट’ले बिथोलिएको लाजिम्पाटबासीको निद्रा

‘समिट अपार्टमेन्ट’ प्रकरणबाट ललितपुरको बखुण्डोलबासी चार महिनायता बेचैन छन्। काठमाडौँको लाजिम्पाट भित्रका बासिन्दा अर्को त्यस्तै प्रकरण दोहोरिने त्रासमा छन्।

निजामती विधेयक संसद्मा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरका प्रवक्ता नवीन मानन्धरले पुष्टि गरे।

मधेश र कोशीमा हावाहुरीसहित वर्षाको सम्भावना 

कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

एक महिनाभित्र लुम्बिनी गुरुयोजनाका कार्य सम्पन्न गर्न निर्देशन 

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माण कार्यलाई एक महिनाभित्र सक्न निर्देशन दिएका छन्।

उपत्यकाका सुविधाजनक सडकमै ज्यानमारा लापरबाहीः ३ वर्षमा ३१ हजार दुर्घटना, ५४४ को मृत्यु

​​​​​​​काठमाडौँ उपत्यकामा भइरहेको सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमा अधिकांश युवा छन्। ट्राफिक प्रहरीकै तथ्यांकअनुसार तीन वर्षमा १७ देखि ३५ वर्ष उमेर बीचका ३०० जनाको जीवन सडकमै समाप्त भएको छ।