सरकारसँग सहमति भएसँगै आन्दोलनरत चिकित्सकहरूले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन्।
घटनापछि हत्यामा प्रयोग भएको खुकुरी साथमै लिएर भागेको र सीसीटीभी फुटेजको सहयोगमा आरोपित भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
माओवादीका पूर्वलडाकु नरवीर भन्छन्– ‘व्यवस्था परिवर्तनका निम्ति पार्टीका कमान्डरको आदेशमा ज्यानको बलि दिन तयार भएँ। जिउभरि बमका छर्रा र गोली छन्। यसरी कति दिन बाँच्न सकिएला र?’
सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
सञ्चारमन्त्री रेखा शर्माले चिकित्सकमाथि आक्रमण गर्नेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्ने बताएकी छिन्।
लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट ल्याइएको गाँजा ‘डेलिभरी’ गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका छ।
उनीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अहिले कानून पनि ‘आपराधिकतालाई उन्मुक्ति दिने बन्न थालेको’, त्यसले सशंकित र खिन्न बनाएको उल्लेख छ।
सरकारले आफ्ना जायज मागप्रति बेवास्ता गरेको भन्दै आरतीको माइती पक्षले आम नागरिकलाई न्यायका लागि आवाज उठाइदिन अपिल गरेका छन्।
चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
भारतको केइसी इन्टरनेसनलले दमौलीबाट भरतपुरसम्म ३६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ। जसअन्तर्गत ६९ टावरको जग हाल्ने कार्य सकिएको छ।
सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्ने सहकारीलाई व्यवस्थापन खर्च उपलब्ध गराउन लागिएको हो।
सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
हेटौँडामा चिकित्सकमाथि कुटपिट गर्नेविरुद्ध कारबाहीको प्रक्रिया नथालिएको भन्दै चिकित्सक संघले आइतबार देशभर स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्नेसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ
मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ।
तीनकुने हत्या प्रकरणको अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।
धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन नसक्दा भएको पाइएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतको भनाइ छ। शनिबारको तीनकुनेको घटना पनि रिसिइबीले भएको हुनसक्ने उनले बताए।
गैह्रीगाउँको दिव्य सः मिलमा सुरक्षा गार्ड रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौँ उपत्यकामा भने बिहानैदेखि घाम लागिरहेको छ।
उक्त क्षेत्रलाई अब धार्मिक पर्यटन र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने महानगरले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपाल बाल संगठनको हालसम्म हिनामिना भएको सम्पत्ति जसरी पनि सरकारले फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन्।