AnonymousUser

Logout

दरबारमार्गमा लिफ्टको काम गर्दैगर्दा खसेर २ मजदुरको मृत्यु

दरबारमार्गमा निर्माणाधीन एउटा भवनको लिफ्टमा काम गर्दैगर्दा चौथो तलाबाट खसेर दुई कामदारको मृत्यु भएको छ।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

नागार्जुनका निलम्बित मेयर मोहन बस्नेतलाई घुस लेनदेन मुद्दामा ८ वर्ष कैद

विशेष अदालतले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस लेनदेन मुद्दामा आठ वर्ष तीन महिना कैद सजाय सुनाएको छ।

धनगढीमा २ हजार घरमा पानी पस्यो, ८ जनाको उद्धार

आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीमा २ हजारभन्दा बढी घरमा पानी पसेको छ भने डुबानमा फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ।

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।

सर्वोच्चमा सिफारिस न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ सकियो

न्यायाधीशका प्रस्तावित तीन र न्याय परिषद्का एक गरी चारै जनाको सुनुवाइ सकिएको छ। समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्णय अर्को बैठकबाट हुनेछ।

भत्किएको पुल १ वर्षदेखि अलपत्र, जोखिमपूर्ण यात्रा गर्न बाध्य धरान हरियालीका स्थानीय

धरान उपमहानगरपालिका–८ मा रहेको हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण नहुँदा स्थानीय बासिन्दा दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

निरन्तरको वर्षाले कञ्चनपुरको कृष्णपुरमा एक परिवार विस्थापित

डुबानका कारण पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ।

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच छलफल

शहरी विकास मन्त्रालयमा आज भएको छलफलमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो।

लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न

गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन्।

अमेरिका सपनाले निम्त्याएको बसाइँसराइः रुकुमबाट धमाधम शहरतिर

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन।

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

आइतबार पनि मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

पर्सामा लागुऔषधका ११४ मुद्दा दर्ता

पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ।

पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

टेरामक्स प्रकरण: पूर्वमन्त्री मोहन बस्नेतसँग २५ लाख धरौटी माग

टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

भुटान–भारतलाई प्रश्न— कहाँ छन् लोकनाथ?

१० वर्ष अघिसम्म झापाको बेलडाँगी शरणार्थी शिविरका बासिन्दा थिए– लोकनाथ आचार्य। उनलाई सिलिगुढी हुँदै भुटान लगिएको प्रमाण सामुमा छ। तर, आज उनी जीवित छन् कि छैनन्, थाहापत्तो छैन। 

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

बागलुङमा पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

पहिरोले बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको दुई वटा भवनका चार कक्षाकोठामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

सुनसरीमा मोटरसाइकल दुर्घटना: बाबुछोरासहित ३ जनाको मृत्यु, २ घाइते

कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

पर्वतमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्।