हाल १३ शान्ति मिसनमा ५४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ।
काठमाडौँ– नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६०औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन्।
हेलिकोप्टरबाट राष्ट्रिय झन्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ। टुँडिखेलमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा ब्यान्ड प्रस्तुति हुनेछ। जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ। वर्तमान सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि शुरूआत भएको हो। राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ। सेनामा अनुशासन, चेन अफ कमाण्ड, राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कारका रूपमा रहेको छ। नेपाली सेनाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४४ हजार ९६९ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ। विश्वका शान्ति कायम गर्ने सिलसिलामा ७२ नेपाली शान्ति सैनिकको मृत्यु भइसकेको छ। ६६ सैनिक घाइते भएका छन् ।
विश्वमा हाल खडा भएका १३ शान्ति मिसनमा ५४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ। सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ। सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ।
दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्त्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिक सम्बन्धलाई बलियो बनाउँदै लगेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
