नुवाकोटको विदुरमा एकातिर बाढीमा परी सम्पर्कविहीन भएकाका आफन्तहरू ब्यारेकमा राखिएको सूची नियालिरहेका छन् भने अर्कातिर स्थानीयवासी घरभित्र जमेको लेदो पन्छाउन र सरसामान निकाल्न व्यस्त छन्।
अब प्रश्न यस्तो हुनु हुँदैन- चीनले नेपालका लागि के बनाइदिन्छ? अब प्रश्न यस्तो हुनुपर्छ- चीनसँगको सहकार्यपछि नेपाल आफैँ के बनाउन, चलाउन, मर्मत गर्न, वित्त जुटाउन, सुधार गर्न र निर्यात गर्न सक्छ?
जेनजी आन्दोलनको वर्ष दिन नबित्दै अब त पाखा लागे भनेका पात्रहरू नै मैदानमा घुसेर ललकार्ने अवस्थामा पुगिसकेका छन्।
लोकतन्त्रको शक्ति संसद्को आकारमा नभई त्यहाँ उठ्ने प्रश्न र गरिने छलफलको स्वतन्त्रतामा निहित हुन्छ। सांसदहरूले प्रश्न गर्न छोडे संसद् त रहला, यसको लोकतान्त्रिक अर्थ भने हराउँदै जान्छ।
विश्वमै क्यान्सरको उपचारमा प्रभावकारी पुष्टि भएका नयाँ औषधी सरकारले दर्ता नगरिदिँदा तस्करी गरेर ल्याउनु परिरहेको छ। त्यसरी ल्याएको औषधी बिरामीले महँगोमा किन्नु परिरहेको छ भने कहिलेकाहीँ त्यो औषधी गुणस्तरहीन पनि पर्ने गरेको छ।
स्थानीय तहको सेवा प्रवाह र कानून कार्यान्वयनमा सघाउन संविधानले परिकल्पना गरेको नगर प्रहरी धेरैतिर नागरिकमाथि बल प्रयोग र धरपकडको साधन बनेको छ। जनसेवाको यो अवयव कसरी जनताकै चैन खोस्ने कारण बन्दै गयो?