२०७४ सालको चुनावमा रेणु दाहाल थोरै भोटले हार्ने देखिएपछि रचिएको ‘मतपत्र च्यात्ने काण्ड’ हुँदा चितवन प्रहरी प्रमुख रहेका थापाको भूमिका शंकास्पद ठानियो, तैपनि एमालेको निशानामा परेनन्। बरु, प्रिय नै रहे।
गृह मन्त्रालयले जोसँग जवाफ नै छैन, त्यसलाई प्रश्न गर्ने मात्रै होइन। बरु आफै जवाफी बन्ने हो।
सञ्जय गान्धीबाट इनाममा एकैचोटि हिन्दूस्तान टाइम्सको सम्पादक र सांसद पद पाएका खुशवन्त सिंहलाई राज्यसभामा पहिलै दिन कम्युनिस्ट सांसद भूपेश गुप्ताले ‘श्रीमती गान्धीको चम्चा’ भनिदिएका थिए।
अबिच्युरी
कुर्ता–पाइजामा अनि काँधमा अड्काइएको झोला कांग्रेसीहरूको पहिचान थियो हाम्रातिर। यसैले कांग्रेसी भन्नासाथ मनमा आउने बिम्ब बासु काकाहरू नै थिए। बीपी, गणेशमानहरूका तस्वीर कहाँ छ्याप्छ्याप्ती हुन्थे र!
एकथरीले डा. रामेशलाई नियुक्त नगर्ने सरकारको आलोचना गरे, परराष्ट्रमन्त्री श्रीमती देउवालाई गाली गरे, छिःछिः दूरदूर नै गरे। अनि, मन नपराउनेहरू रमाए, खुच्चिङ त काखीले मात्रै नपुगेर घुँडा मर्काएर गरे।
ढुंगामाटो हटाएझैँ शहरबाट केही हप्तामै लाखौँ कुकुर हटाउन अदालत आदेश दिन्छ। त्यस्तो आदेश दिने देश/समाजका धेरै मान्छे पशुपंक्षीलाई ढुंगामाटोझैँ नै ठान्छन्।
किड्नी बेच्नेलाई ७५ हजारदेखि डेढ लाख भारु तिर्ने उनले प्रत्यारोपण गरेका बिरामीबाट चार देखि आठ लाख भारु असुल्थे। उनले काठमाडौँमै पनि किड्नी प्रत्यारोपण केन्द्र खोल्ने तयारी गरेको समाचार आएका थिए।
भस्मासुर जमात एनपीएल नै बिथोल्ने ध्याउन्नमा छ, यसका लागि यथाशीघ्र पारसको क्रिकेट सत्ता ढाल्न चाहन्छ। मन्त्री यिनै भस्मासुरहरूको चंगुलमा छन्, यथाशीघ्र छानबिनभन्दा पनि एनपीएल रोक्न लागिपरेका छन्।
भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्षमाथि नैतिकताको प्रश्न उठाउँदा रामकुमारी झाँक्रीलाई चेतावनीयुक्त स्पष्टीकरण सोधेको एकीकृत समाजवादी कारबाहीको निर्णय गर्न भने हच्किइरहेको छ, किन?
अतिरिक्त सचिवको पद सिर्जनामा खासै विवाद छैन। तर त्यो पदको कार्यकाल नै नतोक्नेचाहिँ, त्यसो गर्दा उच्च लाभ पाउने सहसचिवहरूको ‘घरदैलो अभियान’का कारण सम्भव भएको हो।
कुशासनको दुष्चक्रले नागरिक यस्तो उकुसमुकुसमा छ, उसले सोसल मिडिया वा कुनै प्लाटफर्ममा ‘छाडा बोल्यो’ भन्दैमा लामो समय मुद्दामामिलामा लट्काउने हैन कि, सच्चिने मौका दिने हो।
पहिलो १६ दिनमै ३६ जनासँग कुरा गरेछु। एक दिन त उपत्यकाका तीन जिल्लाको फरक लोकेसनमा बिहान ७ बजेदेखि राति पौने ११ बजेसम्ममा ११ जना मान्छे भेटेँ। फेरि डायरीमा भोलिपल्टको योजना बनाउँथेँ।
विमानस्थलमा तीर्थको नेतृत्वमा चलाइएको असुलीधन्दाबारे गृहमन्त्री जानकार थिए भन्ने त अख्तियारले हान्दै गरेको सूचना लिक हुनासाथ तीर्थसहित टिमैलाई त्यहाँबाट सरुवा गर्न चालेको कदमले नै देखाउँछ।
मोदी ‘चायवाला’ र ‘चौकीदार’ भएपछि आफूलाई ‘देवदूत’ र ‘देवावतार’का रूपमा ब्रान्डिङ गराउन अघि सरेका थिए। ओलीचाहिँ ‘राजनेता’ र ‘बा’को ब्रान्डिङपछि ‘झोले’मा झरेका छन्।
राजीनामा गरी १८ वर्षदेखि जारी यो गोरखधन्दामार्फत लाभ उठाएर आदर्शको भजन–कीर्तन गाइरहेका ढोँगीहरूको आवरण उतार्न सघाए लेखक खलनायकबाट एकैचोटि नायकमा अवतरित हुनसक्छन्।
उहिल्यै श्री५/श्री३ का निवासमा हाजिरी जनाएर खुशी पारी जागिर पाउन एउटै दरबार धाए पुग्थ्यो। अनगिन्ती दरबार धाएर पद पाएको व्यक्ति जतिसुकै योग्य भए पनि कम्तीमा उच्च नैतिक चरित्र भएकोचाहिँ भन्न मिल्दैन।
सत्तासाझेदार एमाले–कांग्रेस दुवैको दाबी, दाबीबीच सहमति जुटेको नाममा पैदा भएको (गराइएको) अड्चन र त्योसँगै गिजोलिएको प्रक्रियामा विलम्बले गभर्नर बनेका पौडेलसामु अड्चन र चुनौती असरल्ल छन्।
पद रिक्त हुनु महिना दिनअगावै गभर्नर नियुक्त गर्नुपर्ने भनेर कानूनले नै किटानी गरिदिएको अवस्थामा पनि रिक्त भएकै एक महिना नाघेर हप्ता दिन बित्दासमेत छनोट र नियुक्तिको ‘सस्पेन्स थ्रिलर’ सकिने छाँट छैन।
फेरि किन गरौँ, लाइसेन्स नवीकरण हुनै नसकेको नाथु कुरो? देशमा प्रधानमन्त्री ओलीकै स्याटलाइट–स्पेस हराएको चिन्तादेखि कोशीमा पानीजहाजको बहाव र रसुवातिर चुच्चे रेलको तिव्र गतिसम्मका विलुप्त विषय अनन्त छन्।
पद रिक्त हुनु एकाध महिनै अघिदेखि कतिपयले गभर्नर बक्सिस पाउन घरदैलो शुरू गरेका थिए। यसै पनि लिगलिगे दौड भनिएको गभर्नर दौड म्याराथनजस्तै लामो, थकाउ र कसैकसैका लागि खर्चिलो पनि भइसक्यो।