AnonymousUser

Logout

सवारी दुर्घटनाबाट खोसिँदै छ युवाको जीवन र सपना

विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि संसारका १३ लाख मानिसको जीवन सवारी दुर्घटनामै सकिन्छ जसको ९३ प्रतिशत नेपालजस्तै देशका नागरिक हुन्। ज्यान गुमाउनेमध्ये २५ वर्षमुनिका पुरुषको संख्या ७३ प्रतिशत छ।

तिहारमा यस्तो देखियो काठमाडौँका सडक [तस्वीरहरू]

सामान्य अवस्थामा सवारी जाम भइरहने बल्खु, कोटेश्वर, चावहिल, सानेपा, ग्वार्को, गौशाला, कलंकी लगायतका क्षेत्रमा  भाइटीकाको अघिल्लो दिन मंगलबार ट्राफिक चाप न्यून देखिन्थ्यो।

भुंग्रोले खाएका खुट्टा सग्लाझैँ भएपछि आत्मबल टेकेर उभिएका सन्तोष (भिडियोसहित)

घिस्रिएरै स्कुल आउजाउ गरिरहेका उनलाई कृत्रिम खुट्टाले ठमठम हिँडेको दिन दोस्रो जन्म पाएको महसुस भयो। पहिले भारी लाग्ने शरीरलाई नयाँ खुट्टाले हलुकासँग हिँडाएपछि केही न केही काम थाल्ने उत्साह थपियो।

एउटा धर्मशाला जसले खुट्टा गुमाएर घिस्रिन बाध्य भएका हजारौँलाई हिँडाइरहेको छ  (भिडियो कथा)

गौशालामा रहेको मारवाडी सेवा समितिको धर्मशालाले खुट्टा नहुनेहरूका लागि कृत्रिम खुट्टा निःशुल्क वितरण गर्दे आएको छ। २०५९ सालदेखि हालसम्म करिब ६ हजार जनाले यो सेवा लिइसकेका छन्।

स्वयम्भूको शोभा र यात्रुको सुरक्षालाई चुनौती बन्दै सडकछेउमा प्रहरीले थुपारेका बेवारिसे सवारी (भिडियो कथा)

भत्किएको प्रहरी बिटअगाडि अलपत्र छाडिएका व्यक्तिगत सवारीसाधनहरू असुरक्षित अवस्थामा छन्। ती साधनको कारण पैदलयात्रु र सवारीसाधन दुवैका लागि सडकयात्रा पनि जोखिमपूर्ण बनेको छ।

सवारीचालक अनुमतिपत्र लिँदा गर्नुपर्ने स्वास्थ्य जाँचमाथि प्रश्नैप्रश्न, सम्बोधन कहिले?

यातायात कार्यालयहरूले सवारीचालक अनुमतिपत्र दिँदा गर्ने स्वास्थ्य जाँच विश्वसनीय नभएको सेवाग्राहीको गुनासो छ। कार्यालयको कामकारबाही र डाक्टरको परीक्षण शैलीबारे उठ्ने प्रश्नहरूको सम्बोधन हुन सकेको छैन।

काठमाडौँको नमूना सामुदायिक विद्यालय, जहाँ छन् ‘स्मार्ट’ शिक्षक र विद्यार्थी (भिडियो कथा)

ज्ञानोदय माविले २०५२ सालदेखि एसएलसीमा शतप्रतिशत नतिजा ल्याउन थालेको थियो। यो परम्परा एसईईमा पनि कायम छ। व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिएको विद्यालयका कक्षाकोठा आधुनिक प्रविधियुक्त छन्।

तीन दिनमा दिन सकिने स्मार्ट लाइसेन्स लिन एक–डेढ वर्ष किन कुर्न लगाउँछ सरकार?

वैदेशिक रोजगारीमा जानेलाई यातायात व्यवस्था विभागले ‘इमर्जेन्सी’का नाममा तीन दिनमै स्मार्ट लाइसेन्स दिने गरेको छ। तर सर्वसाधारणले नियमित प्रक्रिया पूरा गर्दा एकदेखि डेढ वर्षमा मात्र लाइसेन्स पाउँछन्।

शहरिया ग्राहकलाई रैथाने उत्पादनतर्फ आकर्षित गर्ने कृषि हाटबजार [भिडियो]

रैथाने बाली प्रवर्द्धन तथा बिक्री वितरण गर्दै आएको रैथाने एग्री प्रडक्टस नेपालले कृषिजन्य रैथाने सामग्री खरिदबिक्री तथा अवलोकनका लागि दरबारमार्गमा सञ्चालन गरेको कृषि हाटबजारमा ग्राहकको आकर्षण बढेको छ।

अपरिचित काठमाडौँमा 'फुड डेलिभरी' गर्दा विशालले खेपेको सास्ती (भिडियो कथा)

ठाउँ नचिनेकाले शुरूशुरूमा काम गर्न धेरै अलमल भयो। गुगल म्यापबारे थाहा नभएकोले पनि सहज रूपमा काम गर्न सकेनन्। कतिपटक म्याप हेर्न नजान्दा ग्राहकबाट गाली खानुपर्‍यो। राति खुट्टा दुखेर निदाउन पनि सकेनन्।

दुई दशक पुराना गाडी पत्रु गराउन व्यवसायीको अटेरी, विज्ञ भन्छन्– दुर्घटनाको जोखिम बढ्यो

२० वर्ष पुराना सवारीसाधन पत्रु गराउनुपर्ने बागमती सरकारको सूचनाविरुद्ध यातायात व्यवसायीहरू अदालत गएका छन्। वैज्ञानिक मापदण्ड तोकेर त्यसमा नपर्ने गाडी मात्र पत्रु गराउनुपर्ने उनीहरूको माग छ।

रामप्रसादको संग्रहालयमा लोकबाजाको कथा

काङलिङ त्यस्तो परम्परागत बाजा हो, जुन मान्छेको नलीहाडबाट बनेको विश्वास गरिन्छ। संग्रहालयमा यो बाजा कहाँबाट ल्याइयो भनेर रामप्रसाद खुलाउन चाहँदैनन्। काङलिङ अब लोप हुन थालेको छ।

राहदानीमा बिचौलियाको रजगज : विभाग गए एक महिना, बाहिर पैसा तिरे तीन दिनमै

राहदानी विभागको अनलाइन फारम साइबरहरूबाट भरेको एक महिनापछि बल्ल प्रक्रिया थाल्ने पालो आउँछ। यही झन्झटिलो प्रणालीको फाइदा उठाएर बिचौलियाले राहदानी बनाउने सेवाग्राहीलाई फन्दामा पार्ने गरेका छन्।

भुइँमान्छेलाई लागेन चुनाव

देशभर लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव चलिरहँदा भुइँमान्छेमा भने उत्साह देखिएन। यसको कारकका रूपमा खासगरी विगतमा नेताहरूले गरेका बाचा पूरा नहुनु देखिन्छ।

काठमाडौँका उम्मेदवारसँग एक दिन : पुरानासँग मतदाताको गुनासै गुनासो, नयाँसँग आशा

काठमाडौँका विभिन्न क्षेत्रमा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त हुँदा पुरानाप्रति मतदाता रुष्ट देखिएका छन् भने नयाँ उम्मेदवारप्रति आशा देखाइरहेका छन्।

सरकारी शिक्षकको दलिल– ट्रेड युनियनमा रहेकाले प्रचार गर्न किन नपाउने?

निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफमा अधिकांशले ‘टालटुले जवाफ’ दिने गरे पनि एक प्राध्यापकले निर्वाचन प्रचार गर्न पाउनुपर्ने माग गरेका छन्।

दशैंको रौनकमा कोरोनापछि डेंगीको प्रहार

धार्मिक, सामाजिक र सांस्कृतिकरूपले नेपाली हिन्दू धर्मावलम्बीका लागि दशैँको विशेष महत्व छ।