काठमाडौँमा सिकेको सीप लिएर सेवा गर्न गाउँ फर्केका थिए ङावाङ। त्यसलगत्तै जंगलमा घाँस काट्न चढेको रूखबाट लडे। पुराना सपना त्यहीँ बिथोलिए पनि उनले नयाँ सपनाको उडान पछ्याए।
सगरमाथाको क्याम्प–४ भन्दा माथि १५–२० वर्षदेखिका शवहरू असरल्लै देखेपछि पटकपटक रिदरको मथिङ्गल हल्लिएको थियो। सन् २००१ मा त आफैँले एउटा शव तल झार्नुपर्दा आफ्नो भविष्य सम्झेर चिन्तित भएका थिए।
घण्टाघरलाई पुरानै अवस्थामा फर्काएर घडी चलाउने कुरामा अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकार कसैले पनि चासो देखाएका छैनन्।
सामान्यतः राति अरूको सुत्ने बेला हुँदा भद्रकुमारी घले उठ्छिन्। त्यसपछि शुरू हुन्छ लेखन यात्रा। उनको कलम रातभरि चलिरहन्छ। जब उज्यालोका किरण झर्छन् र मान्छेहरू कल्याङमल्याङ गर्छन्, उनको कलम बन्द हुन्छ।
काभ्रेको रोशीमा पर्ने सानोपोटा गाउँ नै खरानी भएको १६ दिन बितिसक्दा अधिकांश पीडितले टहरोसमेत बनाउन सकेका छैनन्। राहतमा आएका सामग्री पनि राख्ने ठाउँ नभएको उनीहरूको गुनासो छ।
२०७२ सालको विनाशकारी भूकम्पले हल्लाएर पनि ढाल्न नसकेका अग्ला घरहरू अर्को भूकम्प आउँदा नढलून् भनेर होचो पारिएका थिए। तर यसपालि वनबाट सल्केको डढेलोले पहिले जोगिएका १५ घर एकैछिनमा सिध्यायो।
हेर्दा सुन्दर देखिने दृश्यको कुरूप यथार्थले प्रकृतिबाट मानव जीवनलाई अलग्याएको भन्दै प्रकृतिप्रेमी अभियन्ताहरूले आपत्ति जनाएका छन्।
काठमाडौँका मुख्य सडकमा सवारी विपरीत लेनतर्फ जान बनाइएका ‘युटर्न’ प्रायः जेब्राक्रससँगै हुने गरेका छन्। कतिपय ठाउँमा सवारीचालकले लापरबाहीपूर्वक जेब्राक्रसबाटै सवारी मोड्ने गरेको देखिन्छ।
चट्याङ पर्नुअघि वायुमण्डलको हावा र बादलको अवस्थाबारे सूचना लिन तीन ठाउँ सुर्खेत, पाल्पा र उदयपुरमा ‘राडार’ राखिएको छ। चट्याङ परेको बेला घरबाहिर हुनेहरू बढी असुरक्षित हुन्छन्।
राहदानी विभागमा अहिले ‘प्रि–इनरोल’ आवेदन गरेर पासपोर्ट निकाल्नेसम्मका सम्पूर्ण प्रक्रिया एकै दिनमा सक्ने गरी सेवा प्रवाहको प्रणालीलाई व्यवस्थित गरिएको छ।
अहिले आमनागरिकमा दुर्व्यवहारका घटना हुनासाथ प्रहरीलाई खबर गर्ने र सूचना दिने बानीको विकास भएको छ।
नेपालले दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता खेल्न थालेको १० वर्ष भइसकेको छ। तर यही वर्ष भारतविरुद्ध शतक प्रहार गर्दै ओपनर ब्याटर विनिता पुन नेपालको तर्फबाट पहिलो शतक बनाउने खेलाडी भइन्।
विद्यार्थीलाई पाठ घोक्न लगाउने र जस्ताको तस्तै भन्न नजाने शारीरिक यातना दिने विद्यालय पनि छन्। अनुशासनका नाममा विद्यार्थीमाथि काठमाडौँका विद्यालयहरूले पनि शारीरिक र मानसिक यातना दिने गरेका छन्।
कृषिबाट आत्मनिर्भर बन्न अघि सरेका किसानको उत्साहमा पानी खन्याइदिने कारण बनेको छ कृषि उपजको बजार अभाव। स्थानीय सरकार आइसकेपछि यस्तो नियतिबाट बाहिर निस्कन नसकेका प्युठानका किसानको कथाः
कुखुरा फार्मको कामले दिनभर थाकेको ज्यानलाई आराम दिनुको सट्टा रात्रिभोजका 'क्याटरिङ'हरूमा खटिएर शंकरले प्रतिभोज ७० भारु पाउँथे। त्यसरी जोडेको पैसा पढाइमा लगानी गर्ने सपनालाई उनले कहिल्यै मर्न दिएनन्।
बालज्योति स्कुलमा कतैबाट आएको सहयोग कसलाई आवश्यक छ भनेर विद्यार्थीहरू स्वयंले मूल्यांकन गरी वितरण गर्छन्। प्रयोगात्मक शिक्षण, विद्यार्थीकेन्द्रित सिकाइलगायत कारण विद्यार्थीले विद्यालय छाड्दैनन्।
दक्षिण एशियाली देशहरूमा दुर्घटनाको मृत्युदर र मृत्युसंख्या धेरै भएको तथ्यांकले देखाएको छ। दुर्घटना न्यूनीकरण गर्न डब्ल्यूएचओले बनाएका उत्कृष्ट पाँच नियम पालना नगर्ने ५४ देशहरूमा नेपाल पनि पर्छ।
बजारमै २५० रुपैयाँ पर्ने कपडा गाउँ पुर्याएपछि पनि कसरी १५० रुपैयाँमा आउँछ भनेर सोध्दा उनले भने– ‘धेरै नाफा खाएर के गर्नु, ३०–४० रुपैयाँ फाइदा राखेर दिन्छु।’
मीनभवन आसपास सिभिल अस्पताल, नेपाल कमर्स क्याम्पसलगायत सरकारी र निजी संस्थाका कार्यालय छन्। यो प्रायः व्यस्त हुने सडक हो। तर सडक पार गर्ने समय पर्याप्त नहुँदा दुर्घटनाको जोखिम बढेको छ।
आशालाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो।