AnonymousUser

Logout

बलात्कृत बालिकामाथि अनवरत अत्याचार

कल्कीको मुद्दामा अभियुक्त शाही पुर्पक्षका लागि थुनामा जान नपर्ने हो भने अब मिहिनेत/मजदुरी गरी जीविका चलाउने परिवारका कलिला बच्ची बलात्कृत भए न्याय माग्न नगए हुन्छ।

मुद्दाको अन्तिम सुनुवाइ हुने बेला एनसेल किनबेच

नेपालका शीर्ष भनिने नेतामध्ये सिंगापुरमा सतिशलालको पाहुना नभएका बिरलै छन्। उनै सतिशलाललाई एनसेलमा ८० प्रतिशत स्वामित्व राख्ने मलेसियाको आजियाटाले आफ्नो सबै शेयर बेचेपछि फेरि ‘टक अफ द टाउन’ भएका छन्।

सम्भावित साम्प्रदायिक तनावको सन्त्रास

दंगा भड्काउने नियतले सामाजिक सञ्जालमा लामो समयदेखि पोस्टहरू भइरहे पनि सुरक्षा निकायले खासै चासो राखेका छैनन्। बैठकहरूमा सुरक्षा निकाय प्रमुखहरूले सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने बताउने गरेका छन्।

गोदी मिडिया, चरणचुम्बक र चौध भाइबहिना 

नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (बीजेपी) अगुवाइको गठबन्धनले सन् २०१४ मा सत्ता सम्हालेयता त्यहाँ मिडियाबारे हरेक दिनजसो बहस जारी छ। विपक्षीहरू आफूलाई ‘मिडियापीडित’ महसुस गरिरहेका छन्।

ती आशाराम, यी सन्दीप

संघर्ष निकै सकसपूर्ण थियो– पीडितका लागि मात्र होइन, अनुसन्धानकर्मीका लागि पनि। तीन जना गवाहको त हत्या नै भएको थियो, एक जना बेपत्ता। रियल घटनाक्रम रिलभन्दा फरक सुनिँदैनथ्यो। 

अर्थमन्त्री–गभर्नर सम्बन्धमा फेरि पनि दरार 

साउन २८ को काण्डसँगै अर्थ मन्त्रालयको टिम नै गभर्नरसँग चिढिएको छ। अर्थतन्त्रका सूचकहरूमा सुधारसँगै मन्दी छाएको बेला सकिनेजति पनि खुकुलो नभई गभर्नरले राजनीति गरिरहेको निष्कर्षमा उनीहरू पुगेका छन्।

‘महामन्त्रिपरिषद्’को मारमा गृह प्रशासन

सत्ता निकटहरूका अनुसार महामन्त्रिपरिषद् अर्थात् प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर, आरजु र गंगा दाहालको समूह निकै शक्तिशाली छ। यो चौकडी नारायणकाजीलाई बाहिरको बाटो देखाउन प्रयत्नरत छ।

'सुवर्णभूमि' अन्तर्राष्ट्रिय ट्रान्जिट विमानस्थल

तत्कालीन अधिराजकुमार १५ लाख रूपैयाँ ‘पारिश्रमिक’का लागि एक क्विन्टल सुनको भरिया भएका थिए। गत साता भरिया नै पक्राउ परे। नेपाली जति प्रभावशाली भए पनि ‘भरिया मात्रै त होइनन्?’ भन्ने प्रश्न उब्जिएको छ।

मिसन २०८४ः पपुलिजममा प्रतिस्पर्धा

बालेनको लोकप्रियताले रकेटको गति लिइरहँदा उपचुनावताका देखिएको रविको लोकप्रियता थिग्रिँदै गएको सुनिन्छ। कथित सामाजिक सञ्जालले लिफ्टमा माथि उकाल्छ, झार्दा लिफ्ट/भर्‍याङ देख्दैन, खुर्मुर्‍याइदिन्छ।

एनसेल कर विवाद: नागरिक दबाबदेखि अन्तर्राष्ट्रिय निकायसम्म 

ठूला करदाताले २०७३ को वैशाख ५ गते पुनः चिठी लेखेर एनसेलको ड्युडिलिजेन्स अडिट (डीडीए), टेलियासोनेरा र आजियाटाबीच भएको खरिदबिक्री सम्झौता (एसपीए) पेस गर्न भन्यो, जुन एनसेलले आजसम्म पेस गरेको छैन। 

शरणार्थी काण्ड अनुसन्धानः आ–आफ्नै धून, आ–आफ्नै ध्याउन्न

माओवादीका कोही पनि नलपेटिने देखेपछि प्रधानमन्त्री दाहाल अनुसन्धान अघि बढाउन उत्साही भए। कांग्रेस सभापति देउवाको चासो/चिन्ता श्रीमती आरजु राणा देउवा पनि तानिने हो कि भन्नेमै सीमित देखिन्थ्यो।

नेतृत्व हत्याउन ‘एक–अर्काविरुद्ध’ प्रहरी उच्चपदस्थ

नक्कली शरणार्थी प्रकरणमा मुद्दाको अभियोजन नहुँदै मिसिलमा संलग्न प्रमाणको डिजिटल कपी बाहिरिएको घटनाले प्रहरीमा नेतृत्वलाई ‘कू’ गर्न खोज्ने यसअघि पनि देखिँदै आएको प्रवृत्ति दोहोरिएको टिप्पणी भइरहेको छ।

दबंग मञ्जुको मनमौजी

२०७४ सालको चुनावअघि समानुपातिक सूचीमा आफ्नो नाम पुछारतिर परेपछि मञ्जुले बालुवाटारमै बबण्डर मच्चाएकी थिइन्। त्यसको पाँच वर्षपछि संसद् छिरेरै छाडेकी उनी नक्कली शरणार्थी प्रकरणले 'चर्चा'मा आइन्।

राज्यप्रायोजित मानवतस्करी उद्योगका एक अभियुक्त

सत्तामा पहुँच हुने स्रोतअनुसार टेकनारायण देउवाका नातेदार भूषणका सहयोगीमार्फत देउवा परिवारमा पहुँच पुर्‍याइ गृहमा पुगेका थिए। यसैले राज्यप्रायोजित मानवतस्करीको जालो कताकता फैलिएको छ अनुमान गर्न सकिन्छ।

थर्मल गन काण्डपछि बनेको व्यावसायिक गुटः रिइन्सुरेन्सदेखि स्टक एक्सचेन्जसम्म हाबी

लकडाउनमा थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ अग्रवाल पक्राउ परेपछि उनी सम्बद्ध शंकर ग्रुपले बनाएको समूह रिइन्सुरेन्सदेखि स्टक एक्सचेन्जसम्म हाबी हुँदा प्रतिस्पर्धी विशाल ग्रुपले ‘हात उठाएको’ छ।

नाजुक अर्थतन्त्र, निरीह बनाइँदै अर्थमन्त्री

अर्थतन्त्र नाजुक देखिँदैगर्दा अर्थमन्त्री डा. महतलाई ‘कास्टिङ’मै निरीह बनाइन लागेको लक्षण देखिँदैछ। बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा टिमै बनाउन व्यवधान खडा गरिएपछि उनी तनावमा देखिन थालेका छन्।

‘टर्निङ पोइन्ट’ बनेको त्यो टेपकाण्ड

‘दाइ, भाउजू, सालो र भतिजको अक्षम गिरोह’ आरोपित कांग्रेसमा हाबी नेतृत्वलाई स्वर्णिमहरू आउन्–जाउन् बालै हो। अझै खुशी नै हुनेछन्। तिनका लागि पद र त्यससँगै पैसा र शक्ति प्राप्त गर्नु जीवनको ध्येय हो।

प्रहरी प्रमुख नियुक्तिका ७ दृश्य : घरदैलो गर्दै, 'देउसी–भैलो' खेल्दै आईजीपी

एमालेसहितको गठबन्धन गरी प्रचण्ड प्रधानमन्त्री भएपछि आईजीपी धीरजप्रताप र उत्तराधिकारी ब्याच एन्ड कम्पनीका अधिकृतहरूले पनि गठबन्धन गरेर सेवा अवधिको वर्तमान प्रावधान खारेजीको लागि देउसी–भैलो थालेका थिए।

राजस्वमा लामो हात : भन्सारमा एउटा, बाहिर निस्किँदा अर्कै

भन्सारमा पामनट घोषणा गरिएको वस्तु बाहिर निस्किँदा सुपारी हुन्छ, चामल घोषण गरिएको वस्तु चिनी हुन्छ। कर्मचारीले तस्करसँग मिलेमतो गरेर खल्ती मोटो बनाउँदा सरकार लक्ष्यअनुसार राजस्व उठाउन सकिरहेको छैन।

रामचन्द्रले रुचि नदेखाएको राष्ट्रपति चुनाव

हारको कालो बादल मात्र मडारिइरहेको चुनावमा उम्मेदवार हुन अरुचि देखाएका रामचन्द्रले १४ वर्षको ‘वनवास’पछि जितका लागि चाँदीको घेरा मात्रै देखिएको चुनावमा उम्मेदवार हुँदै राष्ट्रपतिमा निर्वाचित भएका छन्।