ओलीले माधव नेपाललाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने भनेर ढोक्सा थापे। यस्तो अवस्थामा कांग्रेस–माओवादीबाहेक पनि बहुमत पुग्नसक्थ्यो। त्यो थाहा पाउने बित्तिकै प्रचण्डले जवाफी फायरिङ खोलेका थिए।
प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’ मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्।
रविको पत्रकार सम्मेलनमा बजेको घण्टीको आवाजलाई आत्मसमीक्षाको मौका मानियो भने पत्रकारिता क्षेत्र नै लाभान्वित हुनेछ। पर्चाकारिताजस्तो सुनिने जवाफी ‘फायरिङ’मा सीमित रहे आफ्नै लागि घातक हतियार बन्नसक्छ।
नागरिकता पुनः प्राप्त गर्नासाथ दोहोर्याएर गृहसहितको उपप्रधानमन्त्रीमा सपथ गराउन रवि लामिछानेले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ त गरे, प्रधानमन्त्रीले सिधै इन्कार गरी ‘नाकको डाँडीमै फ्लाइङ किक’ हान्दिए।
भारतमा नेपालको सत्ता राजनीतिमा हस्तक्षेप गर्ने समानान्तर दुइटा शक्ति केन्द्र छन्। एउटाको नेतृत्व विदेशसचिव विनयमोहन क्वात्राले गरिरहेका छन् भने अर्काको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्छन्।
पृथ्वीबहादुर शाहको समूहका नाममा २२ वटा कम्पनी अस्तित्वमा देखिएका छन्। तीमध्ये १४ वटा कम्पनीका खातामा चार वर्षमा विदेशबाट करिब ६३ करोड रुपैयाँ भित्रिएको छ।
कांग्रेसको पार्टी सभापतिमा दोस्रो कार्यकाल चलाइरहेका देउवा सत्ताका लागि ‘जे पनि गर्ने’ नेताको रूपमा चिनिन्छन्। तर उनकै हुस्सुपना र हठका कारण अहिले कांग्रेस मैदानको खेलाडीबाट बेञ्चमा 'बेल्गिएको' छ।
कोर मधेशमा कमजोर एमालेलाई मधेश विरोधी ट्याग पनि थियो। प्रतिकूल अवस्थामा पनि ओलीले मधेशलाई काफी प्राथमिकता दिए। तर शेरबहादुर देउवाले न मधेशमा संगठन बनाउन रुची देखाए, न चुनावमा प्राथमिकतामा राखे।
प्रतिनिधिसभामा नातागोताको लामो श्रृङ्खला चल्नुको पछाडि ‘विरासत’को राजनीति मात्र छैन, पुरानो पुस्ताले ओगटिरहन खोज्ने र नयाँ पुस्ताले चुनौती दिने क्रम पनि शुरू भएको छ।
मतदातामा भ्रष्टाचारको नयाँ मानक खडा गरिरहेको सरकारप्रति चरम असन्तुष्टि रहेका बेला सत्ता चाहिँ सामाजिक सञ्जालमा ‘साइबर स्वाँठ’हरू प्रयोग गरेर सत्ताको भक्ति नगर्ने जोकसैलाई दुत्कारिरहेको थियो।
रवि लामिछानेको ‘चुनावी गति’ पछ्याउँदै चितवनबाट सप्तरी पुग्दा उनका ‘क्रेजी फ्यान’ प्रशस्तै भेटिए। प्रशंसकको शुभेच्छा मतमा बदल्ने चुनौतीबीच उनी भन्छन्– प्रतिपक्षीको भूमिकाको डेमो देखाउन चाहन्छु।
शेषनले नैतिक बन्धनमा सीमित आचारसंहितालाई कानूनसरह लागू गराइदिए। आचारसंहिताको उल्लंघन दण्डनीय हुने भयो। चुनाव आचारसंहितालाई भारतमा शेषन संहिता भनिन थालियो।
प्रदीप दाइ सधैँ कांग्रेस पार्टीमा रहनुभयो। बीपीसँग कटु सम्बन्ध हुँदा पनि पार्टी छाड्नु भएन। जीपीले भिटो लाएर ०४८ को चुनावमा टिकटबाटै वञ्चित गर्दा पनि पार्टीसँग मोहभंग भएन।