AnonymousUser

Logout

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो

कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।

क्यानभासमा कोरिए जातीय तथा यौनिक उत्पीडन

दलित समुदायले भोग्नु परेका विभेद बग्रेल्ती छन्, दलित समुदायकै यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगेको दोहोरो विभेद अझ कति भयानक होलान्! ललितकला प्रतिष्ठानको चित्रकला प्रदर्शनीमा यिनै विभेद देख्न पाइन्छ।

महिलाप्रति दुर्गा प्रसाईंको असंवेदनशील टिप्पणीः समर्थकको बारम्बार ताली, हुँदैन कारबाही

राजतन्त्र फर्काउने र २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने भन्दै विभिन्न जिल्लाबाट महिलालाई आन्दोलनमा ल्याएका दुर्गा प्रसाईंले महिलाविरुद्ध नै बारम्बार असंवेदनशील टिप्पणी गर्ने गरेका छन्।

प्रसाईंको ‘अभियान’मा आएकाहरू भन्छन्– घरबाट बोलाउन थालिसके

वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहाको आसमा देशका विभिन्न स्थानबाट प्रसाईंको ‘आन्दोलन’मा सहभागी हुन आएकाहरूलाई घरपरिवारबाट फर्किन दबाब आउन थालेको छ।

किन दोहोरिइरहन्छ फिल्म निर्माता र हलवालाको विवाद?

प्रायः नेपाली फिल्म निर्माताहरूले विदेशी फिल्मको तुलनामा हलमा कम ‘शो’ पाएको र शेयर बाँडफाँट असमान भएको गुनासो गर्छन्। तर हलवालाहरू भने अधिकांश नेपाली फिल्मले दर्शक नै तान्न नसक्ने दाबी गर्छन्।

क्यान्टिन सञ्चालन विवादले खगेन्द्र नवजीवन केन्द्रमा झडप र तालाबन्दी

क्यान्टिन बन्द गराउने विषयलाई लिएर उत्पन्न विवादले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय कार्यालयमा तालाबन्दी र झडपको स्थिति सिर्जना भएको छ।

किन अधिक चोरिन्छन् उमामहेश्वरका मूर्ति?

सयौँ वर्ष पुराना उमामहेश्वरका मूर्ति अधिक चोरी भएका, तर कम फर्किएकामा पर्छन्। यी मूर्तिले रसिक दाम्पत्य जीवनको भाव दर्साउँछन्। उमामहेश्वरका मूर्ति कुनै समय राजपरिवार वा उच्च वर्गले घरमा राख्ने गर्थे।

काठमाडौँको ‘कोर’ क्षेत्रका नेवार र मुसलमान: मिलेर मनाउँछन् एकअर्काका चाड

करिब ६०० वर्ष अघिदेखि काठमाडौँ प्रवेश गरेको मानिने मुसलमानहरूको बसोबास असन, इन्द्रचोकदेखि स्वयम्भूसम्म छ। नेवारको जात्रालगायत चाडमा सहभागी हुने उनीहरू आफ्नो चाडमा पनि छिमेकी बोलाउँछन्।

हाँडीगाउँको चोक्टे नारायण जात्रालाई यसकारण भनिन्छ ‘कहीँ नभएको जात्रा’

हाँडीगाउँवासीमाझ प्रचलित विभिन्न किंवदन्तीलाई सार्थक पार्ने जात्राका खट, मैनको फूल, पूजाविधि लगायतका विभिन्न अद्वितीय कारणले ‘चोक्टे नारायण जात्रा’ले  कहीँ नभएको जात्राको उपमा पाएको हो।

आफ्नै सरकारको ‘असहयोग’बीच डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा भिडिरहेका डा. आचार्य

सक्षम र योग्य उम्मेदवार डा. आचार्यको पक्षमा प्रधानमन्त्री नै सार्वजनिक रूपमा एक शब्द नबोली मौन बसेपछि सरकार उदासीन देखिएको टिप्पणी निर्वाचनको अन्तिम घडीसम्म आइपुग्दा पनि भइरहेको छ।

दशैँ नोस्टाल्जिया: त्यो दक्षिणा, यो आशीर्वाद

त्यो बेला पैसा कति जम्मा भयो भन्दा पनि ‘चोकोफन’ खान पुग्ने पैसा भए पुग्थ्यो। हाम्रो लागि दशैँको दक्षिणा त्यति नै हुने गर्थ्यो, त्यसमै रमाइन्थ्यो। 

जमरा नलगाई दशैँ मनाउने खोकनावासीको सांस्कृतिक उत्सवः सिकाली जात्रा

खोकनामा मानिससरह धारामा नुहाउँदै गरेका हाँस, रुद्रायणी मन्दिरको भागमा छाडिएका बाख्रा र तिनका पाठापाठीलाई पनि त्यहाँ चढाएका प्रसाद खान भ्याईनभ्याई हुन्छ। मन्दिर परिसर धूपबत्तीको बास्ना र रापले भरिन्छ।

महिलाको फिस्टुला उपचारले फेरिएको कर्णाली

देवीदेवताको श्रापका कारण दिसापिसाब चुहिएको सामाजिक मान्यताले फिस्टुलाका बिरामी अपहेलित र तिरस्कृत हुन्थे। कतिपय बिरामीले मानसिक सन्तुलन नै गुमाउँथे। अहिले एउटा अस्पतालका कारण कर्णालीको कथा फेरिएको छ।

बेलायतकी डा. शेर्ली हेवुडले कर्णालीलाई दिएका २० वर्ष

नेपालमा स्वास्थ्य सेवाकै लागि बेलायती नागरिक शेर्ली हेवुड चिकित्सक बनेकी थिइन्। २० वर्षअघि नेपाल आएकी डा. शेर्लीको कारण कर्णालीका महिलाको लागि ‘निको नहुने रोग’ बनेको फिस्टुलाको उपचार सामान्य भएको छ।

डब्ल्यूएचओको चुनावमा डा. शम्भु आचार्यलाई जिताउन नेपालको ‘लबिइङ’ कमजोर भएको हो?

बंगलादेशकी प्रधानमन्त्री वाजेद हरेकजसो अन्तर्राष्ट्रिय ‘फोरम’मा उम्मेदवार बनेकी आफ्नी छोरी साइमासँग देखिइरहँदा नेपाल सरकारले भने डा. आचार्यको पक्षमा खास ‘लबिइङ’ नगरेको गुनासो सुनिन थालेको छ। 

बालेनलाई स्थापित गर्नेहरू नै किन उत्रिए विरोधमा?

चुनावताका बालेनका सहयोगी ईः राष्ट्रिय सभागृहअगाडि उभिएर उनैसँग जवाफ मागिरहेका छन्। युट्युबर विनायक कुइँकेल विरोधका भिडियो बनाइरहेका छन्। बालेन भने पूर्व सहयोगीविरुद्ध सामाजिक सञ्जाल तताउँदैछन्।

लिच्छविकालीन हाँडीगाउँ झल्काउने अबको हाँडीगाउँ

लिच्छविकालको राजधानी मानिएको हाँडीगाउँ अहिले फेरिइसकेको छ। तर अझै लिच्छविकालीन सम्पदा र कतिपय अवशेष देख्न पाइन्छ। अब वडा कार्यालयले ती प्राचीन सम्पदा ब्युँताउने गरी बनाउँदै गरेको गुरुयोजना कस्तो छ?

डब्लूएचओ क्षेत्रीय निर्देशकका उम्मेदवार डा. शम्भु आचार्य: ३० वर्षदेखि स्वास्थ्य व्यवस्थापनका सारथि

डब्लूएचओ दक्षिणपूर्वी एशिया निर्देशकका लागि हुने निर्वाचनमा नेपालका डा. शम्भु आचार्यसँगै बंगलादेशकी सायमा वाजिद प्रतिस्पर्धामा छन्। को हुन् डब्लूएचओ दक्षिणपूर्वको उच्च पदमा पुग्न चाहिरहेका डा. आचार्य?

६ पुस्तादेखि कपाली परिवार बसिरहेको सत्तल जब खाली गराइयो

पाटनको पतक्व टोलस्थित हरिशंकर मन्दिरसँगैको सत्तलमा ६ पुस्तादेखि कपाली परिवार बसिरहेको थियो। सत्तल जीर्ण बनेपछि उनीहरू डेरामा सरेर त्यहाँ घरायसी सामग्री मात्र राखिएको थियो।

बिर्सिन थालियो भूकम्पको धक्का, महानगरमै बढ्दैछ मापदण्ड मिचेर घरको तला थप्ने प्रवृत्ति

ललितपुर महानगरपालिकाभित्र बनेका ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यस्ता भवनको सवालमा उजुरी परेपछि मात्र छानबिन शुरू हुने गरेको छ।