AnonymousUser

Logout

काठमाडौँको भाषाः किन मधेशी समुदायमाथि भइरहेको छ अपमानजनक सम्बोधन?

आधुनिक नेपालको एकीकरणदेखि नै सत्तामा पहाडका मानिसको प्रभुत्व थियो। आफूलाई ‘सुसंस्कृत’ र ‘सभ्य’ ठान्ने पहाडिया शासकले तयार गरेको भाषाकै कारण अझै पनि काठमाडौँमा मधेशीप्रति अपमानजनक सम्बोधन हुने गरेको छ।

‘भीभीआईपी’ सवारी : कानूनबेगर नागरिकमाथि थोपरिएको सास्ती!

कानून कार्यान्वयन गर्नुपर्ने सुरक्षा निकायहरू बिनाकानून नै ‘भीभीआईपी सवारी’का नाममा नागरिकमाथि सास्ती थोपरिरहेका छन्।

‘बालेनविरुद्ध’ सुमन सायमिको आन्दोलन : ‘महानगर पीडित’लाई भर कि चर्चाको भोक!

काठमाडौँ महानगरको कार्यशैलीप्रति असन्तुष्ट स्थानीयको नेतृत्व गर्दै आन्दोलनमा उत्रिएका सुमन सायमि चर्चा मात्र बटुल्न खोज्दैछन् वा ‘पीडित’लाई भर दिएका हुन् भन्नेमा अभियन्ताहरू नै स्पष्ट छैनन्।

अपांगता भएका डिल्लीबहादुर भन्छन्- झुक्याएर ट्रकमा राखे, जबर्जस्ती लिएर गए

फुटपाथमा व्यवसाय गरेर जीवन धानिरहेका डिल्लीबहादुर कार्कीलाई व्हिलचेयरसहित जबर्जस्ती उठाएर महानगर प्रहरीले टेकु पुर्‍याइ चार घन्टा राखेको घटना काठमाडौँ महानगरपालिकाको पछिल्लो विवादास्पद कदम हो।

६ दशकसम्म छाप्रो र ठेलामा चिया बेचेका रामकृष्णलाई जब ‘महानगर लाग्यो’

डिल्लीबजारको चौतारीमा काठमाडौँबाहिरबाट आएकाहरू बास बस्थे। रामकृष्ण शाहीले त्यहीँ चिया पसल चलाए। यसरी नै जीवन धानिरहेको ६ दशकपछि काठमाडौँ महानगरले उनको खानेमेलो नै बन्द गर्न ताकेता गरिरहेको छ।

थाइल्यान्डमा भेटियो पाटनको नक बहीबाट हराएको लिच्छविकालीन मूर्ति, होला फिर्ता?

४६ वर्षअघि पाटनको नक बहीबाट हराएका लिच्छविकालीन दुई बुद्ध मूर्तिमध्ये एउटा मूर्ति थाइल्यान्डमा फेला परेको छ।

हेर्दाहेर्दै ‘इपिडेमिक’ बनिरहेछ मानसिक स्वास्थ्य, तर कसैलाई चासो छैन

काठमाडौँमा प्रेमप्रसाद आचार्यको मृत्युवरणले चर्चा बढाइदिएको मात्र हो। खासमा नेपालीको मानसिक स्वास्थ्य समस्या ‘महामारी’कै तहमा देखापरेको आत्महत्याको चढ्दो ग्राफबाटै छर्लंग हुन्छ।

३२ मध्ये २० वडाध्यक्ष अर्कोतिर, कसको आडमा फुटपाथ व्यवसायीमाथि खनिँदैछन् बालेन?

फुटपाथ र ठेलागाडा व्यापारीलाई हटाउने बालेन शाहको नीतिविपरीत काठमाडौँका ६ वटा वडाका अध्यक्षले समय तोकेर नै व्यापार गर्न दिन थालेका छन्। अन्य १४ वडाका अध्यक्ष पनि वैकल्पिक व्यवस्थाको पक्षमा छन्। 

आफू हिँड्न सक्दैनन्, अरूलाई बाटो देखाउँछन्

शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने हिले भञ्ज्याङमा शिव चिया बेच्छन्। यहाँबाट चिसापानी, धाप ड्याम, हैबुङ, नगरकोट र मुलखर्क जाने फरक–फरक बाटा छन्। पैदलयात्रा गर्ने प्रायले उनलाई बाटो सोधेकै हुन्छन्।

डेढ दशकअघि भत्काइन्थ्यो, अहिले धमाधम ठड्याइँदै पृथ्वीनारायणका शालिक

धुलिखेलस्थित देवीस्थान पार्कमा २०७७ फागुन २९ गते १७ फिट अग्लो पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक तयार भयो। यसलाई अहिलेसम्म बनेकामध्ये पृथ्वीनारायणको सबैभन्दा अग्लो शालिक मानिएको छ।

पृथ्वी जयन्तीमा बिदा : १६ वर्षअघि सिटौलाको पहलमा खारेज, प्रचण्डले फेरि ब्युँताए

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पहलमा पुस २७ को सार्वजनिक बिदा २०६३ सालदेखि खारेज भएको थियो। २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः दिएको बिदा २०७५ बाट केपी ओलीले हटाएका थिए।

६ पुस्तादेखि सत्तलमा बसेको परिवारलाई महानगरको पत्र– अब नहटे कानूनी कारबाही

पटको सत्तल पुनर्निर्माण गर्न भन्दै ललितपुर महानगर-१६ ले ६ पुस्तादेखि त्यहाँ बस्दै आएका गोविन्द दर्शनधारीको परिवारलाई बासस्थान छाड्न पत्र पठाएको छ। तर, संस्कृतिविद्हरूले यसरी हटाउन नमिल्ने बताएका छन्।

स्तम्भ बनाउने होड : ‘कुरूप’ बाघदेखि रूख काटेर कंक्रिटको जुनारसम्म

सुर्खेतमा बनाइएको 'कलाविहीन' बाघको मूर्तिबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। तर, यस्ता कलाविहीन मूर्ति बनाउन देशका धेरै स्थानीय तहमा होड नै भइरहेको छ।

मूर्ति चोरहरूको ‘उपहार’ : ५३ वर्षदेखि शरीरमा गोली

५३ वर्षअघि साँखुस्थित बज्रयोगिनीको लोकेश्वर मूर्ति चोरिनबाट जोगाउँदा दुई जनाको ज्यान गयो। सूर्यमानको शरीरमा गोली दागियो। तर, सरकारले पक्राउ परेका चोरसमेत सार्वजनिक गरेन।

जेल सजाय हुने कसुरमा मुछिएका पाण्डेलाई ‘महानगर गौरव’ पदक, कसको आडले लिँदैछन् कानून हातमा?

नगर प्रहरीमा कार्यरत महिला कर्मचारीलाई सुत्केरी अवस्थामा मानसिक यातना दिएको आरोपमा मुछिएका काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई महानगरले उजुरी आएपछि पनि पदक दिएको खुलेको छ।

ह्विल अन द बस : धार्मिक र सामाजिक व्यवस्थामाथि प्रहार

साथीहरूले बनाएको काठको बसका लागि भ्यालले घरको फलामबाट दुई वटा पाङ्ग्रा बनाउँछन्। बाँकी पाङ्ग्राका लागि शिक्षकको घरको त्रिशूल र विद्यालयको घण्टी चोर्छन्। जातीय विभेद र गरिबीको कथा यहाँबाट शुरू हुन्छ।

मिथ्या मिथक : के पूर्वकुमारीले विवाह गर्न मिल्दैन? 

धेरै पूर्वकुमारीले विवाह गरेर आफू अनुकूलको जीवन बिताइरहेका छन्। तर कुमारीबारे चलेका अनेक मिथक र फिल्मले गलत सन्देश दिँदा विवाहबारे भ्रम फैलिएको अध्येताहरू बताउँछन्।

टुकुचाको सुरुङ पुरातात्विक भएको प्रमाणित, दण्डित होलान् बालेन र काठमाडौँ महानगर?

पुरातत्व विभागले तयार पारेको प्रतिवेदनमा टुकुचामाथि बनेको सुरुङ पुरातात्विक महत्त्वको भएको भन्दै यो खण्डित हुनुमा काठमाडौँ महानगर नै जिम्मेवार भएको उल्लेख छ।

फुटपाथ व्यवसायीप्रति किन असहिष्णु बन्दैछ काठमाडौँ महानगर?

शहर सुन्दर बनाउने भन्दै काठमाडौँ महानगरपालिकाले सडक र फुटपाथमा गरिखाने वर्गप्रति देखाइरहेको व्यवहारले शहर कसका लागि भन्ने प्रश्न जन्माएको छ।

मिथ्या मिथक : के पूर्वकुमारीले विवाह गर्न मिल्दैन? 

धेरै पूर्वकुमारीले विवाह गरेर आफू अनुकूलको जीवन बिताइरहेका छन्। तर कुमारीबारे चलेका अनेक मिथक र फिल्मले गलत सन्देश दिँदा विवाहबारे भ्रम फैलिएको अध्येताहरू बताउँछन्।