AnonymousUser

Logout

सम्पदालाई केले जीवन्त राख्छ?

आममानिसले असनलाई नुनदेखि सुनसम्म पाइने व्यापारिक केन्द्र ‘ओपन डिपार्टमेन्टल स्टोर’को रूपमा बुझ्छन्। असनबासीका लागि आफ्नो बासस्थान र पर्व मनाउने स्थान हो। मीनरत्नका लागि भने क्यामराको ‘अब्जेक्ट’ हो।

पौराणिक र लोककथाहरूलाई चित्रमा उतार्ने भूपेन्द्रमान

स्वस्थानी, दन्त्यकथा र लोककथालाई चित्रमा उतार्ने साँखुका भूपेन्द्रमान बाल्यकालमा चित्रकारिताको सौख राख्थे। जीवनको सातौँ दशकमा सौख पूरा गर्न थालेका उनले गत माघमा साढे ३ लाखको स्वस्थानी चित्रमाला बेचे।

खोला पुरेर प्लटिङः वैधता दिलाउने जोडबलमा नगरपालिका, अख्तियारलाई नै गुमराहमा राख्ने प्रयास

व्यापारीको जग्गा प्लटिङलाई सघाउन आफै खोला पुरेर बाटो बनाउन लागिपरेको गोदावरी नगरपालिकाले अख्तियारलाई पठाएको जवाफमा भने अनौठा र अपत्यारिला दाबी गरेको छ।

झोँछेको सडकमा अफ्रिकाको सेटापा नाच : यस्तो छ प्रेम र कृषिसँग जोडिएको संस्कृति

दक्षिण अफ्रिका र बोत्स्वानाका आदिवासीको सेटापा नाच झोँछेको सडकमा देखाइँदा दर्शकले औधी रुचाए। यो नाच बाली संरक्षण र प्रेमको उत्सवसँग जोडिन्छ। बोत्स्वानाको एक समूह सेटापालाई विश्वभरि पुर्‍याइरहेको छ।

अभिलेखन प्रदर्शनी : भित्तामा सम्पदाका पुस्तक अर्थात् ‘हेरिटेज मिरर’

तारागाउँ म्युजियमको एउटा ठूलो पर्खालको भित्तोमा अनेक पुस्तकका गाता छन्। नेपालको सम्पदा र इतिहासबारे लेखिएका ती पुस्तक सन् १९५० देखि २००० सम्ममा प्रकाशित भएका हुन्। यो भित्तोको नाम हो– हेरिटेज मिरर।

बिछोडिएकी जीवनसंगिनीलाई कवितामा बचाइरहेका जोशी

तीन वर्षअघि जोशीको जीवनबाट कदम छुट्टिइन्। त्यसयता लेखनी नै उनको सहारा भएको छ, जहाँ उनी कदमलाई नै लेख्छन्, देख्छन्, पाउँछन्, संवाद गर्छन् र उनकै स्मृतिमा सयर गर्छन्। 

बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा प्लटिङ प्रकरणः अख्तियारले नगरपालिकालाई काट्यो पत्र

ललितपुरको गोदावरी नगरपालिकाले खोला पुरेर निजी जग्गा प्लटिङलाई सघाउन बाटो निकालेपछि चर्चामा आएको प्रकरणमाथि अख्तियारले चासो देखाउँदै नगरपालिकालाई पत्र काटेको छ।

उपत्यकाका प्राचीन पोखरी ब्युँताउन लागिपरेका स्थानीय सरकार

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नेपाल मण्डलका रैथाने बस्तीमा मासिएका पुराना पोखरीहरू ब्युँतिँदैछन्। पुनर्निर्मित पोखरीको दीर्घकालीन संरक्षण र सम्बर्द्धनमा भने सम्पदाप्रेमीहरू ढुक्क हुन सकेका छैनन्।

खुलामञ्चमा ‘बन्द अभ्यास’ 

सधैँ, सबैका लागि खुला स्थानका रूपमा रहनुपर्ने काठमाडौँको खुलामञ्चमा निरन्तर परिरहेको सत्तासीनहरूको वक्रदृष्टिले देखाउँछ, सार्वजनिक सम्पत्तिमा नागरिकको हक स्थापित गर्न अझै धेरै लड्नुपर्ने छ।

खुलामञ्च : सधैँ निशानामा, सधैँ विवादमा

लिच्छवि कालको इतिहाससँग जोडिने विशाल टुँडिखेल अतिक्रमणका कारण खुम्चिँदै खण्डखण्डमा बाँडिएको छ। पछिल्लो समय टुँडिखेलको एउटा खण्ड खुलामञ्च सर्वसाधारणका लागि बन्द गर्न लागिएको भन्दै विरोध भइरहेको छ।

हिमाल सरसफाइमा शेर्पाको पच्चीसवर्षे आरोहण

अन्य आरोहीले सेताम्मे हिमालका हिउँ र सौन्दर्य देख्दा उनका आँखाले भने तिनै सौन्दर्यमाथि थुप्रिएका फोहोर नियाल्छन्, जसलाई सफा गर्नु उनको आरोहणको मुख्य उद्देश्य हुन्छ।

बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा ‘प्लटिङ’, स्थानीय सरकार नै सहयोगी

ललितपुरको गोदावरीमा व्यापारिक लाभका निम्ति भइरहेको जग्गा ‘प्लटिङ’लाई सघाउन बगिरहेको खोला पुरेर बाटो बनाइएको छ। खोला मास्ने यो कामको अगुवाइ स्थानीय सरकारले नै गरेको छ।

कानून बनेयताको ४ वर्षमा तेजाब आक्रमणका २० घटनाः पीडित अझै असुरक्षित

२०७७ सालमा पहिलो पटक कानून बनेयताको चार वर्षमा तेजाब आक्रमणका २० वटा मुद्दा दर्ता भएका छन्। स्वास्थ्योपचार र सुरक्षामा पीडितहरूको असन्तुष्टि भने अझै बाँकी छ।

टुवेल्थ फेल रिस्टार्टः हार्न नजान्नेहरूको कथा

भर्खरै एनिमल, जवान, पठान, गदर–२ लगायत लडाइँ, मारकाट र बदलाको भावना भरिएका फिल्मबाट अमन भएका दर्शक केही यस्ता फिल्मको पर्खाइमा थिए, जसमा जीवनका वास्तविकता जोडियोस्।

बुंगमतीबाट चार दशकअघि हराएका दुई मूर्ति फर्काइँदै, स्थानीयलाई सुरक्षाकै चिन्ता

बुंगमतीबाट चार दशकअघि हराएका दुई मूर्ति अमेरिकामा भेटिएका छन्। अहिले मूर्ति फिर्ता ल्याउने प्रक्रिया शुरू गरिएको छ। ती मूर्ति पुजेका र अहिलेसम्म देख्दै नदेखेका दुवै पुस्ता मूर्तिको पर्खाइमा छन्।

किलर्स अफ द फ्लावर मुनः आदिवासी जो धनी भएकै कारण मारिए

ओक्लाहोमामा एक्कासि जमिनमुनिबाट तेल निस्कन्छ, अनि ओसेज आदिवासीको जीवनमा कायापलट हुन्छ। आलिसान बंगला, गाडी, नोकरचाकरलगायतले भरिपूर्ण हुन्छन्। यहीँबाट उनीहरूको मृत्युको श्रृंखला पनि शुरू हुन्छ।

डा. केसीका २१ अनशनः माग कस्ता थिए, उपलब्धि के के भए?

२०६९ सालयता डा. केसीले गर्दै आएको सत्याग्रहकै कारण चिकित्सा शिक्षामा शुल्कको दायरा निर्धारण र योग्य विद्यार्थीले सहुलियतपूर्वक एमबीबीएस पढ्न पाउने सुविधा सुनिश्चित भएको छ।

नेपाली समाजले बुझ्नै बाँकी ‘एलजीबीटीक्यूआईए प्लस’को पहिचान

समाजमा महिला र पुरुष मात्र नभई त्यसबाहेकको लैंगिक पहिचान पनि हुने विषय नेपाली समाजमा चर्चा हुन थालेको करिब दुई दशक भयो। 'एलजीबीटीक्यूआईए प्लस' भनेर चिनिने यो समुदायप्रति अझै लाञ्छना र भ्रम बाँकी छन्।

एनिमलः चर्को आलोचनासँगै उच्च आम्दानी 

स्त्रीद्वेषी मानिएका निर्देशक वांगाले एक अन्तर्वार्तामा भनेका थिए– ‘मानिसहरू कबिर सिंहलाई हिंसात्मक सिनेमा भन्दैछन्। योभन्दा हिंसात्मक सिनेमा कस्तो हुन्छ म देखाउँछु।’ उनले एनिमल बनाएर देखाइदिएका छन्।

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो

कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।