AnonymousUser

Logout

भारत नवौँ पटक साफ च्याम्पियन

भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो।

विश्वकप छनोट : ६ खेलमा नेपालको २ जित, ४ पराजय

आयरल्यान्डसँग पराजित भएसँगै १० टोली सम्मिलित एक दिवसीय विश्वकप छनोट प्रतियोगिता नेपालले आठौँ स्थानमा रहेर समाप्त गरेको छ।

‘संविधानको मर्म पार्टीहरूले त मानेनन् नै, निर्वाचन आयोगले समेत मानेन’

'कानून बनाउँदा महिलाको सहभागिता संविधानको मौलिक हकको भावनाअनुसार हुनुपर्छ भनेर हामीले पत्र दिएको हो। तर, त्यति गर्दा पनि संवैधानिक आयोगले संविधानको व्यवस्थाअनुसार मस्यौदा तयार गरेन।'

स्कटल्यान्ड एक दिवसीय विश्वकपनजिक

स्कटल्यान्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन मात्रै बनाउन सक्यो।

घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये घनश्याम उपाध्यायलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गर्ने निर्णय गरेको छ।

बेपत्ता छानबिन र सत्य निरूपण आयोगको म्याद पुससम्म थप्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि पुससम्म थप गर्ने निर्णय गरेको छ।

हनुमानढोका परिसरभित्र एम्बुलेन्स र पानी बोक्नेबाहेकका सवारी प्रवेशमा रोक

न्युरोडको जुद्ध शालिकदेखि वसन्तपुर क्षेत्रका सबै ठाउँमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए।

चेल्सी पुनः शीर्ष स्थानमा फर्किनेमा प्रशिक्षक पोचिटिनो आशावादी

चेल्सीसँग रहेको युवा टोलीबाट धेरै आशा राखेको मुख्य प्रशिक्षक पोचिटिनो बताउँछन्। टोलीसँग काम गर्दै जाँदा पुनः चेल्सी शीर्ष स्थानमा पुग्ने उनको भनाइ छ।

ललिता निवास प्रकरण: सर्वोच्चको आदेशविरुद्ध सीआईबीले दियो ‘भ्याकेट’ निवेदन

सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध ‘भ्याकेट’ निवेदन दिएको छ।

१२.७६ अंकले बढेको शेयर बजारमा २ अर्ब ५७ करोडको कारोबार

मंगलबारको कारोबारमा नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० अंकमा कायम भएको छ। नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

स्वर्णिम वाग्लेको प्रश्न– सरकारले राजस्व संकलन लक्ष्य के आधारमा राख्यो?

रास्वपाका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य आधारहीन देखिएको बताएका छन्।

प्रीतम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसदको आपत्ति, सदनबाट स्पष्ट पार्न माग

राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री दाहालले सोमबार कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह ‘धेरैचोटि दिल्ली गएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन्।

अर्थमन्त्रीको दाबी– अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताएका छन्।

परीक्षणको भुमरीमा ट्विटर, मेटाले ‘माइक्रो ब्लगिङ’ साइट ‘थ्रेड्स’ शुरू गर्ने

ट्विटरको विकल्प खोज्दै प्रयोगकर्ता ‘ट्रुथ सोसियल’, ‘मास्टोडोन’लगायत उस्तै प्रकृतिका सञ्जालमा भौँतारिँदै गर्दा मार्क जुकरबर्गले ‘थ्रेड्स’ नामक एप्लिकेसन लन्च गर्ने घोषणा गरेका छन्।

संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति

संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील र स्तरीय बनाउने बारेमा पनि छलफल भएको सभामुख घिमिरेले बताएका छन्।

अर्घाखाँचीको पाणिनीमा पहिरोले पुरिएर ३ जनाको मृत्यु, १ घाइते

मंगलबार बिहान पाँच बजे आएको पहिरोले स्थानीय गंगा रास्कोटीको घर पुरिँदा सुतिरहेका तीन बालबालिकाको मृत्यु भएको छ।

मलेसियालाई पराजित गर्दै नेपालले जित्याे इस्ट जोन कप

नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो।

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, २ घाइते

गोली चलाए लगत्तै बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ। तर, गोली चलाउनुको कारण भने खुलेको छैन।

नरेनको शतकमा नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

नेपालका नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित ११२ रनमा नटआउट रहे। उनले ८२ बलमा शतक पूरा गरेका थिए।