AnonymousUser

Logout

सोमबार बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो,  दुइतर्फी आवागमन

सोमबार बिहान इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा पुनः पहिरो खसेपछि अवरुद्ध सडक खुलेको छ। पहिरोसँगै खसेको ढुंगा लागेर घाइते भएका ट्रकका चालकको उपचार भइरहेको छ।

स्टकहोममा कुरान जलाइएपछि मुस्लिम राष्ट्रहरू रुष्ट, स्वीडेन सरकारले भन्यो–स्लामोफोबिक कार्य

धेरै वर्षअघि भागेर स्वीडेन आएकी ३७ वर्षीय इराकी साल्वान मोमिकाले कुरानका पाना च्यातेर केही पेज जलाएकी थिइन्। यो घटनापछि इरानलगायत केही देशमा स्वीडेनविरोधी प्रदर्शन भएका छन्।

जंगली हात्तीले कुल्चिँदा झापामा भारतीय नागरिकको मृत्यु

झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय पुरुषलाई हात्तीले कुल्चेर मारेको थियो। यो वर्ष झापामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको छ।

सोमबार बिहानको पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

आइतबार झण्डै १८ घन्टा अवरुद्ध भएर खुलेको नारायणगढ–मुग्लिन सडक सोमबार बिहानबाट पुन: अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरोले एउटा ट्रक नै पल्टाएको छ।

यूएईले ‘अन्यायपूर्ण तरिका’ले जेलमा राखेका आलोचकलाई रिहा गर्नुपर्छ : एम्नेस्टी

एम्नेस्टीले ‘अन्यायपूर्ण तरिका’ले थुनामा राखिएका ६० जना नागरिकलाई तत्काल रिहा नगरे कोप–२८ को बैठक ‘दमनले कलंकित’ हुने चेतावनी दिएको छ।

विश्वकप क्रिकेट छनोटको प्ले अफमा नेपालसँग यूएई पराजित

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आइतबार भएको प्लेअफ खेलमा यूएईलाई पराजित गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणको अनुसन्धानका लागि आइतबार तीन जनालाई नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

सोमबार देशभरका अदालतमा कानून व्यवसायीले बहस नगर्ने

नेपाल बार एसोसिएसनले अदालतको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गर्नुपर्ने लगायत ६ बुँदे माग राखेको छ।

श्रीलंका एक दिवसीय विश्वकपमा छनोट

‘सुपर सिक्स’को खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गर्दै श्रीलंका विश्वकपमा छनोट भएको छ।

बजेट संशोधनको माग गर्दै प्रतिपक्षद्वारा बागमती प्रदेशसभा अवरुद्ध

बागमती प्रदेशसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध पारेका छन्। उनीहरूले बजेट संशोधन नगरेसम्म संसद् अवरुद्ध पार्ने चेतावनी दिएका छन्।

अर्थमन्त्री भन्छन्– केही वस्तु तथा सेवामाथिको कर गरिबलाई होइन, हुनेखानेलाई हो

सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरूले भने पनि मन्त्री महतले वर्तमान अवस्था हेरी सन्तुलन कायम गरेर बजेट ल्याएको तर्क गरेका छन्।

नेप्सेमा उच्च अंकको गिरावट

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.७० अंकले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ।

सर्वोच्चको फैसला- सभा, जुलुस र विरोध प्रदर्शन गर्ने स्थान तोक्न मिल्दैन

जिल्ला प्रशासनले करिब साढे ५ वर्षअघि सूचना प्रकाशन गरेर 'अर्को आदेश नभएसम्मको लागि' माइतीघर मण्डल, शीतल निवास, बालुवाटारलगायत स्थलमा प्रदर्शनका लागि लगाएको रोकलाई सर्वोच्चले गैरकानूनी ठहर गरेको छ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्ने विषयमा हेलचेक्र्याइँ गरेको छैन: कानूनमन्त्री

कानूनमन्त्री धनराज गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने विषयमा सरकारले ठूलोसानो, दायाँबायाँ केही पनि नहेर्ने दाबी गरेका छन्।

जुम्लाको विद्यालयलाई सहयोग जुटाएका १८ वर्षीय शुभम, जसले जितायो ‘द डायना अवार्ड’

काठमाडौँ ढुंगेधाराका शुभमले तीन वर्षअघि नेपालका लागि स्वीस राजदूतसँग डिनरको अवसर पाएका थिए। राजदूतको व्यस्तताले त्यो अवसरको बदला च्यारिटीका लागि पैसा दिइयो, जसबाट उनको सामाजिक कार्य शुरू भएको थियो।

ललिता निवासको जग्गा खाली गराउन काठमाडौँ महानगरको ७ दिने ‘अल्टिमेटम’

काठमाडौँ महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा खाली गराउन सातदिने ‘अल्टिमेटम’ दिएको छ।

चिनियाँ पक्षले गृहमन्त्रीलाई सोध्यो– बीआरआईबाट कस्तो लाभ लिने तयारी छ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआईमा २०७० मै सम्झौता गरेकाले मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने विषयमा चीनले चासो राखेको बताए।

विश्वकप छनोट:  प्रारम्भिक टोलीमा ३० खेलाडी, दीपक र पुजन परेनन्

मुख्य प्रशिक्षक एनिसले ३० खेलाडीलाई समेटेर प्रारम्भिक टोली घोषणा गरेका छन्। टोलीको बन्द प्रशिक्षण साउन १६ गतेदेखि हुनेछ।

प्रयोगकर्ताको ट्विट हेर्ने ‘लिमिट’मा मस्कको अस्थायी प्रतिबन्ध

मस्कले डाटा स्क्रेपिङ र ट्विटरको सिस्टममा देखिएका हस्तक्षेपलाई नियन्त्रण गर्न अस्थायी सीमा तोकिएको बताएका छन्।