AnonymousUser

Logout

सर्वोच्चको आदेश आफूविरुद्ध नभएको भन्दै काठमाडौँ जिल्ला अदालतद्वारा समलिंगी विवाह दर्ता अस्वीकार

काठमाडौँ जिल्ला अदालतले सर्वोच्चको अन्तरिम आदेश आफूविरुद्ध नरहे‍को र विवाह गर्ने जोडी पनि महिला पुरुष नभएको भन्दै विवाह दर्ता गर्न अस्वीकार गरेको छ।

प्रधानमन्त्री दाहालको विकास व्यवस्थापन विज्ञमा डा. पपुलर नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास व्यवस्थापन विज्ञका रूपमा डा. पपुलर जेन्टल नियुक्त भएका छन्।

सावित्राको गोलमा हारबाट जोगियो नेपाल

इन्ज्युरी समयमा सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्। अब नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ।

सांसदहरूको प्रश्न : सरकारले सुकुमबासी र भूमिहीनलाई जंगल मासेर जग्गा दिने हो?

सांसदहरूले भुटानी शरणार्थी र बालुवाटार जग्गा काण्डजस्तै सुकुमबासीको नाममा हुकुमबासीले जग्गा पाउने कसरत भइरहेको आशंका गर्दै त्यस्तो भए पछि कर्मचारीहरू पनि फस्न भन्दै सचेत गाएका छन्।

प्रधानमन्त्री कप एनभीए भलिबल : हेल्प नेपाल फाइनलनजिक

हेल्प नेपाल सातौँ संस्करणको प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब लिगको फाइनलनजिक पुगेको छ। 

मन्त्रिपरिषद्ले गर्‍यो खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा तोक्नेसहित १३ निर्णय

सरकारले अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाका लागि काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१०, १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको छ।

यू–१६ लिग : उद्घाटन खेलमा मनाङ र पुलिस भिड्ने

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन्।

अन्तर्राष्ट्रियस्तरका साहसिक खेल आयोजना गरिन्छ : खेलकुदमन्त्री

खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन्।

ललिता निवास प्रकरण: पक्राउ परेका सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ३९ करोडको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

श्रममन्त्री भन्छन्– वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ

श्रममन्त्री शरत‍्सिंह भण्डारीले देशको परिस्थिति, रोजगारीको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देश विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए।

ठगी गर्ने सहकारीलाई कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाएका छौँ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको बताएकी छन्।

डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री ज्वाला

असारे र डोजरे विकासका कारण खेतीयोग्य भूमि पुरिनुका साथै पुल तथा पूर्वाधारमा क्षति पुग्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भनाइ छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक प्रतिवादी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी केशव तुलाधरलाई काठमाडौँको सानोभर्‍याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्षको मृत्युमा गाउँपालिकाले दियो शोक बिदा

रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको बुधबार ‘स्क्रब टाइफस’का कारण मृत्यु भएको थियो।

रोजेको ठाउँमा सरुवा नपाए आत्महत्या गर्छु भन्दै डाक्टरहरू नै धम्क्याउँछन्: स्वास्थ्यमन्त्री 

डाक्टरलाई दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसकिए स्वास्थ्य मन्त्रालयमा सुधार हुने अवस्था नरहेको मन्त्री बस्नेतको भनाइ छ।

आनन्दपुरवासी भन्छन्– अब मजदुरी गर्न भारत जानुपर्दैन 

आनन्दपुरमा पहिले तरकारी उत्पादन हुँदैनथ्यो। बारीमा लगाएको मकैले खान नपुग्ने भएपछि भारत जानुको विकल्प थिएन। तर, अहिले प्रत्येक परिवारले तरकारीखेती थालेका छन्। 

संसद् सचिवालयमा ‘चाइना एड’का विद्युतीय गाडी

चीन सरकारले अनुदानमा दिएका ती विद्युतीय गाडी संसद् सचिवालयले प्रयोग गर्ने बताइएको छ।

साउनदेखि बैंकले आफू अनुकूल निक्षेपको ब्याज तोक्न पाउने

हाल बैंकसँग करिब चार खर्ब लगानीयोग्य रकम (तरलता) रहेको छ भने कर्जा लगानी ठप्प जस्तै छ। सोही कारण बैंकहरू ब्याजदर घटाउनुपर्ने दबाबमा छन्।

राजदूत नियुक्ति छिट्टै हुन्छ: परराष्ट्रमन्त्री

स्थायी नियोग न्यूयोर्क तथा जनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त छ।