AnonymousUser

Logout

काठमाडौँ उपत्यकाबाट ३ दिनमा बाहिरिए एक लाख ५० हजार यात्रु

दशैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। अहिले गोँगबुस्थित नयाँ बसपार्कमा समेत घर जाने यात्रुको भीड लागेको छ।

एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता

एनआरएनएको अध्यक्षमा रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन्। उनलाई बेलायतका विनय अधिकारी र जापानका विष्णु बानियाँले समर्थन गरेका छन्।

प्रधानमन्त्री भन्छन्– लाखौँ प्रवासीहरू मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जीजस्तो भयो

प्रधानमन्त्री दाहालले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य–मान्यताभन्दा पनि भनसुनका आधारमा मतदान गर्ने प्रचलन बढेको टिप्पणी गरे।

दूध किसानको बक्यौता भुक्तानी गर्न दुग्ध संस्थाहरूलाई कृषिमन्त्रीको निर्देशन

मन्त्री भुसालले आन्तरिक उत्पादनमा प्रभाव पर्न नदिन बाहिरबाट दूध आयात गर्न नदिने निर्णय गरिएको बताए।

नेप्से दोहोरो अंकले घटेर १८५१ विन्दुमा सीमित

सोमबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ अंकले ओरालो लागेर ३५५.७४ मा सीमित भएको छ।

अर्थमन्त्री भन्छन्– अर्थतन्त्र लयमा फर्किँदै छ 

अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने, यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ।

बीआरआईको सम्मेलनमा सहभागी हुन गृहमन्त्री चीन प्रस्थान

मंगलबार र बुधबार बेइजिङमा हुने सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफल हुने छ।

सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने रक्षामन्त्रीको दाबी

रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन्।

त्रिकोणात्मक सिरिजमा भीम र आरिफ बाहिर

टी–२० र एक दिवसीय दुवै 'फर्म्याट'मा अहिले केही फेरबदल गर्न लागेको क्यानले जनाएको छ।

दशैँ लागेसँगै बजारमा किनमेल गर्नेहरूकाे भिड (तस्वीरहरू)

व्यापारीहरू भने विगतका वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको बताउँछन्।

‘अफलाइन ड्राइभ’ गर्ने पठाओ र इनड्राइभका ८३ राइडर पक्राउ

विगतका केही आपराधिक घटनामा यस्ता सवारीको संलग्नता देखिएको भन्दै प्रहरीले पछिल्लाे समय निगरानी बढाएको छ। 

सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने

शनिबार र विजया दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सधैँ हवाई उडानको समस्या

सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई। सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ। 

नियमित भएन भारत–नेपाल कार्गो रेल सेवा

कार्गो रेल नियमित रूपमा सञ्चालन हुन सके औद्योगिक क्षेत्रका लागि सहज हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन्। 

महिलाहरूले आफूलाई नदेखून् भनेर ५५ वर्षदेखि एकान्तवासमा

कलिटेक्स जम्विता नाम गरेका ती व्यक्ति जब १६ वर्षका थिए उनलाई महिलाको डरले सताउन थाल्यो। महिलासँग बोल्न खोज्दा उनको बोली फुट्दैनथ्यो। डरले काँप्थे। 

आजदेखि नयाँ नोट साट्न पाइने, एकैपटक साढे १८ हजार दिने राष्ट्रबैंकको तयारी

राष्ट्रबैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।

कंगाेमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु, १६७ बेपत्ता

विशेष गरी कंगो नदीमा अत्यधिक भार र डुंगाहरूको खराब अवस्था अधिकांश दुर्घटनाहरूको कारण हुने गरेको छ।

नर्वेलाई हराउँदै स्पेन युरोकपमा छनोट

पहिलो हाफ बराबरीमा सकिएको खेलमा स्पेनले दोस्रो हाफको शुरूमै गोल गर्‍यो। ४९औँ मिनेटमा स्पेनका गाभीले गोल गर्दै अग्रता दिलाएका थिए।

इजरायलमा निधन भएकामध्ये पाँच नेपालीको शव प्राप्त

प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको दूतावासले जनाएको छ।

सुदूर–पश्चिम तथा कर्णाली प्रदेशमा वर्षाको सम्भावना

सुदूर–पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।