AnonymousUser

Logout

तटबन्ध निर्माण गर्दा भ्रष्टाचार, हरिपुरका तत्कालीन उपप्रमुखसहित १० जनाविरुद्ध मुद्दा

लखनदेही खोलामा तटबन्ध निर्माण नै नगरी आर्थिक अनियमितता गरेको पाइएको भन्दै अख्तियारले हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

उपनिर्वाचनका लागि इलाममा २० र बझाङमा १९ दल दर्ता

उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन्।

सुन तस्करी प्रकरणमा पक्राउ परेका जीवन गुरुङलाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरण अनुसन्धानका क्रममा पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ। 

मधेश प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, एमालेका यादव बने भौतिक पूर्वाधारमन्त्री

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका छन्।

नेप्सेमा सामान्य सुधार, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

गुर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सर्वोच्च अदालत परिसरबाट हतियारसहित १ जना पक्राउ

प्रहरीले सर्वोच्च अदालत परिसरबाट हतियारसहित सोमबार एक जनालाई पक्राउ गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस

ऊर्जामन्त्री बस्नेतले नेपाललाई पनि फाइदा हुनसक्ने देखेर अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेर अनुमोदनका लागि संसद्मा पेस गरिएको बताए।

एकीकृत समाजवादी त्यागेका दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन्।

विद्यालयको भवन बनाउँदा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

अख्तियारले ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद कमलादेवी पन्तलाई सभापतिमा चयन गरेको हो।

काठमाडाैँ चक्रपथ स्तरोन्नति छिटो गर्न माग

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले राजमार्ग निर्माण, चलचित्र विधेयक, कृषिलगायत विभिन्न विषयमा बोलेका छन्।

गृहमन्त्रीसहित सूर्यदर्शन सहकारी सञ्चालकहरूमाथि छानबिन होस्: गगन थापा

उनले हजारौँ नागरिकको अर्बौं रुपैयाँ अपचलन गर्नेलाई सरकारले निष्पक्ष अनुसन्धान गर्छ कि गर्दैन भन्दै प्रश्न गरे। 

आगलागीका कारण बन्द भएको कर्णाली पुल खुल्यो

गत सोमबार पुलमा गुडिरहेको लाइटर बोकेको ट्रकमा आगो लागेपछि त्यसले पुलका १४ वटा लट्ठामा केही क्षति पुगेको थियो।

आगलागीका कारण बन्द भएको कर्णाली पुल खुल्यो

गत सोमबार पुलमा गुडिरहेको लाइटर बोकेको ट्रकमा आगो लागेपछि त्यसले पुलका १४ वटा लट्ठामा केही क्षति पुगेको थियो।

म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

आइतबार राति पोखरेबगरबाट छुटेको जिप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भिरमा अड्किएको अवस्थामा फेला परेको हो।

कृष्णबहादुर महरा पक्राउ, रुपन्देहीबाट काठमाडौँ ल्याइँदै

दाङ जान लागेका महरालाई रुपन्देही र कपिलवस्तुको सीमाक्षेत्रबाट बिहान साढे ९ बजे पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। उनलाई भैरहवाबाट काठमाडौँ ल्याउने तयारी छ।

समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौँ महानगरको अपिल

महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको सावाँ र ब्याज समयमै नतिर्ने सदस्यलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ। 

गुम्बा र विहारमा व्यवसाय नगर्न निर्देशन

लुम्बिनी विकास कोषले त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ।

रुसमा पुटिनको सरकार कायमै रहने, राष्ट्रपतिको चुनावमा झण्डै ८८ प्रतिशत मतले विजयी

पुटिनले आफूविरुद्ध सधैँ प्रतीकात्मक उम्मेदवार मात्र उभ्याउने गरेको बताइन्छ। पश्चिमाले यी उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भन्ने गरेका छन्।