आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दिइएको र तत्काल सुनुवाइको माग गरेको बताए।
मन्त्रालयले बिहीबार बेलका जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र सामाजिक सञ्जालसँग सम्बन्धित दुवै बुँदा हटाइ परिपत्र गरिएको जनाइएको छ।
सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेका कारण प्रचारप्रसारका लागि पैसा अभाव भएको भारतीय कांग्रेसका नेताहरूले बताएका छन्।
बयान सकिएसँगै उनलाई पुनः नर्भिक अस्पतालमै भर्ना गरिएको सीआईबीले जानकारी दिएको छ।
राजधानी किभलक्षित रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १७ जना घाइते भएको युक्रेनका सरकारी अधिकारीले जनाएका छन्।
न्युरोलिंकले आफ्नो सफलता देखाउने भिडियो साझा गरेको छ, जसमा एक व्यक्तिले सोचेकै भरमा (हातको प्रयोग नगरेरै) अनलाइन चेस खेलिरहेका छन्।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ।
आयोगले समाजमा कायम विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकलाई अनुरोध गरेको छ।
अख्तियारले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा नेपालबाट ७६ अर्ब रुपैयाँ बराबरको सफ्टवेयर निर्यात भएको उल्लेख गर्दै आगामी पाँच वर्षमा नेपालले पाँच खर्ब रुपैयाँ बराबरको सफ्टवेयर निर्यात गर्नसक्ने दाबी गरे।
आयोगको सदस्यमा काठमाडौँकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुसेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डे नियुक्त भएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
दादुरा–रुवेला संक्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो।
“यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन। यदि चिया प्रांगारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ। यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ।”
मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको मोटरसाइकल बुधबार राति दुर्घटना भएको छ।
प्रतिद्वन्द्वीहरू एनिस र गञ्जरले भने निर्वाचनका क्रममा अनियमितता र धाँधली भएको भएको दाबी गर्दै संवैधानिक अदालतमा उजुरी गर्ने बताएका छन्।
राममनोहर लोहियाका अनुसार जात व्यवस्थामा आधारित समाजमा आफूभन्दा माथि रहेर कसले शोषण गरिरहेको छ भन्दा पनि आफूभन्दा तल कुन जात छ र दलन गर्न पाइएला भन्ने मनोविज्ञानले जबरजस्त काम गरिरहेको हुन्छ।
बुधबार सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यस्तै सिमरा र ओखलढुंगामा समान १० तथा ताप्लेजुङमा ८.५ मिलिमिटर वर्षा भएको छ।
मृत्यु भएका नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन रुस सरकारले मस्कोस्थित नेपाली दूतावासमार्फत आग्रह गरेको थियो।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।