AnonymousUser

Logout

ओलम्पिक प्रमुखहरूविरुद्ध रुस आक्रोशित, लगायो ‘नव–नाजीवाद’ को आरोप

सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण शुरू गरेपछि रुस र बेलारुसका खेलाडीहरूले ओलम्पिकका धेरै खेलमा प्रतिबन्धको सामना गर्नुपरेको छ।

गण्डकीमा ‘एक स्थानीय तह, एक खेल मैदान’

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २५ स्थानीय तहमा खेल मैदान निर्माणका लागि अनुदानको प्रक्रिया अगाडि बढाएको छ।

यो वर्षको 'व्यथित काव्य सम्मान' ठाकुर बेलबासे र खेमनाथ दाहाललाई

ठाकुर बेलबासेलाई 'व्यथित काव्य सम्मान' तथा खेमनाथ दाहाललाई 'व्यथित काव्य डायस्पोरा सम्मान' प्रदान गर्ने निर्णय भएको हो।

बाँसबारी जग्गा प्रकरण: विनोद चौधरीमाथि भइरहेको अनुसन्धानबारे सभामुखलाई सीआईबीको पत्र

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको छ। यो पत्रसँगै सीआईबीले सांसद चौधरीलाई पक्राउ गरेर बयान लिन सहज हुने भएको छ।

प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग आईसीसीका अध्यक्षको भेट

चार दिने नेपाल भ्रमणमा रहेका आईसीसीका अध्यक्ष ग्रेग बार्कलीले प्रधानमन्त्री दाहाल र खेलकुदमन्त्री श्रेष्ठसँग बुधबार छुट्टाछुट्टै भेट गरेका छन्।

स्पेनमा रोबोटिक कुकुर बन्यो ट्राफिक प्रहरी

प्रहरी कार्यलाई सहयोग गर्न र निषेधित क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग जस्ता ट्राफिक उल्लंघनहरू पत्ता लगाउन यस कुकुरको डिजाइन गरिएको हो।

सामान्य अंकले घट्यो शेयर बजार, ३ अर्ब ४९ करोडको कारोबार

शेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट देखिएको छ। बुधबार नेप्से ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा कायम भएको हो।

नेपालीलाई रुसले बोलाएर सेनामा भर्ती गरेको होइन: राजदूत

स्वेच्छाले रुसी सेनामा भर्ती भएकाले धेरै नेपाली स्वदेश फर्किने मनस्थितिमा नरहेको भन्दै राजदूत नोभिकोभले सञ्चार माध्यममा आएका समाचारका आधारमा मात्रै धारणा नबनाउनसमेत आग्रह गरेका छन्। 

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री सातै प्रदेशमा पठाइसकेको छ।

मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जन गर्न आवश्यक : उपराष्ट्रपति

उनले मधेशमा रहेका विद्यमान बेथितिहरूप्रति आयोगको ध्यानाकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रूपमा आफ्नो उपस्थिति जनाउनसमेत आग्रह गरे।

नेपालको जलविद्युत् र मल कारखानामा लगानी गर्न रुससँग अर्थमन्त्रीको आग्रह

मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउनसमेत राजदूत नोभिकोभलाई आग्रह गरेका छन्।

चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हबलदारको मृत्यु

प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हबलदार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको छ। 

आयरल्यान्डसँग र भारतमा एसएमएस फ्रेन्डसिप कप खेल्ने नेपालको टोली घोषणा

नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड वोल्भ्ससँग खेल्नेछ। त्यसपछि यही टोली एसएमएस फ्रेन्डसिप कप खेल्न भारत जानेछ।

साइबर सुरक्षा नेपालका लागि नयाँ क्षेत्र हो, सम्भावना छः सजन गौतम

‘स्नातक सकिएपछि नेटवर्किङमा काम गर्न थालेँ। विस्तारै सेक्युरिटीतिर लागेँ। जब फाइनान्स बुझेँ त्यसपछि म राम्रो साइबर सेक्युरिटी एक्सपर्ट भएँ भन्ने लाग्छ। किनभने मैले पैसा र प्रविधिलाई जोड्न सकेँ।’

कच्चा पदार्थ अभावमा बन्द भए कैलालीका १३७ साना उद्योग

कैलालीमा उत्पादनमूलक तीन हजार १९४, कृषि छ हजार ४८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार ६७३ गरी १५ हजार ४३४ उद्योग दर्ता भएका छन्।

म्यानमारको सैन्य नेतृत्वलाई राष्ट्रसंघले भन्यो– क्रूरता अन्त्य गर

पछिल्लो पाँच महिनामा सर्वसाधारणमाथि हवाई आक्रमणका घटना पाँच गुणा बढेका छन्। जसका कारण देशभर २७ लाख मानिस विस्थापित छन्। एक करोड ८६ लाखलाई मानवीय सहायताको खाँचो छ।

मुस्ताङ यात्रा सहज बन्दै: कालीगण्डकी करिडोरमा ५ पुल निर्माण

लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा एक पुल निर्माण भएको हो। पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले बताए। 

ताप्लेजुङको मेरिङदेनमा आगलागी, २ घर जले

मेरिङदेन गाउँपालिका–२ स्थित रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा हर्कबहादुर पालुङवा र सुवास नाल्बुको घर जलेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सहकारीपीडितको माग सम्बोधन गर्न सरकारलाई आयोगको आग्रह

अनशनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको समस्या समाधान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।